इटहरी । नेपाली बजारमा आज पनि सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।