इटहरी - तिहारको अवसर पारेर इटहरीमा टीभीएसको विशेष सवारी मेला आयोजना गरिएको छ । जगदम्बा मोटर्सको आधिकारिक विक्रेता पारस अटोमोबाइल्सले ‘अचम्मैको महाएक्सचेञ्ज’ नाम दिएर सञ्चालन गरेको मेला कात्तिक १६ देखि सुरु भइ कात्तिक २३ गतेसम्म चल्नेछ ।
इटहरीको राजस्व ढाटमा सञ्चालन भइरहेको मेलामा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद, पुराना सवारीसाधनको सट्टापट्टा र परीक्षण सवारीको सुविधा उपलब्ध रहेको आयोजकले जनाएको छ ।
मेलाका अवसरमा टीभीएसका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन् । यसका साथै विभिन्न योजनाअन्तर्गत ‘गोल्डेन की’ जित्ने र शतप्रतिशतसम्म नगद फिर्ता पाउने अवसरसमेत रहेको छ ।

मेलामा पुराना सवारीसाधन सट्टापट्टा गर्ने सुविधा पनि उपलब्ध छ । ग्राहकले आफूले प्रयोग गर्दै आएको जुनसुकै ब्रान्डका मोटरसाइकल वा स्कुटर टीभीएसका नयाँ सवारीसाधनसँग साट्न सक्नेछन् । पुराना सवारीसाधनको उचित मूल्याङ्कन गरी सट्टापट्टा प्रक्रिया सहज बनाइएको आयोजकले जनाएको छ ।
नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि मेलास्थलमै किस्ताबन्दीमा खरिद गर्ने सुविधा पनि उपलब्ध गराइएको छ । नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा आवश्यक प्रक्रिया अघि बढाउन सकिने व्यवस्था रहेको बताइएको छ ।
स्कुटर खरिद गर्ने ग्राहकले निःशुल्क अतिरिक्त सामग्री पाउनुका साथै चिठ्ठा कार्यक्रममा सहभागी हुने अवसर पाउनेछन् । दैनिक चिठ्ठामार्फत एक जना ग्राहकले पाँच वर्षसम्म निःशुल्क मर्मतसम्भार सेवा प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी, विद्युतीय स्कुटर खरिदमा १० हजार रुपैयाँसम्म नगद छुट उपलब्ध हुनेछ । साप्ताहिक चिठ्ठामार्फत एक जना ग्राहकले २.५ ग्रामको सुनको सिक्का जित्न सक्ने व्यवस्था पनि गरिएको छ ।
मेलामा ग्राहकले टीभीएसका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर परीक्षण गरेर हेर्न सक्नेछन् । आफ्नो आवश्यकता र रुचिअनुसार सवारीसाधन छनोट गर्न सहज होस् भन्ने उद्देश्यले परीक्षण सवारीको व्यवस्था गरिएको हो । परीक्षण सवारीमा सहभागी हुने ग्राहकका लागि उपहारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामार्फत ग्राहकले नयाँ सवारीसाधन खरिदसँगै पुरानो सवारीसाधन साट्ने तथा विभिन्न छुट र उपहार योजनाको लाभ लिन सक्नेछन् ।















