काठमाडौँ ।काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आज (असोज १६) लाई स्थगन गरिएको छ। अब बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ। असोज १० गते उद्घाटन भएको सम्मेलन उमेरहदका विषयमा अल्झिएर लम्बिइरहेको हो।संगठनमा रहन पाउने उमेरहद ३२ वा त्यो भन्दा कम तोक्ने वा उमेरहद नै नराख्ने भन्ने विषयमा विवाद भइरहेको हो। विवाद नटुंगिएपछि त्यसको समाधान गर्ने जिम्मेवारी उपमहासचिव शक्ति बस्नेतले पाएका थिए। बस्नेतले मंगलबार रातिसम
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यही असोज १८ गते चितवनमा सार्वजनिक सुनुवाइ गर्ने भएका छन्।आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरता दिन असोज १८ गते आफ्नो तेस्रो सार्वजनिक सुनवाइ गर्न इच्छाकामना, चितवन जाने उनले जानकारी गराएका छन्। ‘सबै मतदातालाई आफ्ना प्रश्नसहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु’, उनले भनेका छन्, ‘साथै, जनसरोकारको विषयमा गरिएको र राज्य/समाजका सबै सरोकारवाला सहभागी हुने भएकाले यो कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ।’पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई
हुम्ला । हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका–३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा शाही रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरूको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए । उनका अनुसार उनीहरूसँगै गएका अर्का स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् ।बुधबार (आज) बिहान दसैंका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उन
ताप्लेजुङ । विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उनले यही असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ । हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै नि
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीयस्थल किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । आन्तरिक पर्यटक आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग निर्माण पनि थालिएकोे छ । किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी, सिंहदेवीस्थानको विकास गर्दै एकीकृत पर्यटकीय क्षेत्र निर्माणको अवरधारणाअनुसार काम भइरहेको छ । त्यसनिम्ति विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम थालिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ७७ लाखको लागतमा भौतिक संरचनाको विकास गरिएको वडाध्यक्ष नवराज माङ्गपाहाङ्गले बताए । पर्यटकलाई लक्षित गरेर किरातेश्वरमा पदमार्ग, किराती चु
धनुषा । हालैको बाढी–पहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपंक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको छ । अन्न भण्डारका रूपमा परिचित मधेसका धानखेत डुबेका छन् । बाला लागेको धान डुब्दा किसान चिन्तित छन् । माछा पोखरी डुब्दा करोडौंको क्षति भएको कृषि विज्ञहरूले बताएका छन् ।कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मनसुनजन्य विपद्बाट सिर्जित परिस्थितिका सन्दर्भमा छलफल गरी छिटोभन्दा छिटो कृषि क्षेत्रको क्षतिका तथ्याङ्क सङ्कलन गरी आगामी रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिएपछि सातै प्रदेशबाट क्षतिको वि
काठमाडाैं । शुक्रबार दिउँसोदेखि पर्न थालेको झरी राति झन बढ्यो । कतवन हुँदै बग्ने ठोस्ने खोलाको गडगडाहट चर्किंदै गयो । मुसलधारे पानी रोकिने कुनै छेकछन्द थिएन । मध्यराततिर पानी अझ बढेपछि ललितपुरको महांकाल गाउँपालिका–२ मानिखेल बेंसीका बासिन्दा आत्तिन थाले । बिजुली अवरुद्ध, फोन लाग्न छोड्यो । ठोस्ने खोलाको बाढी पनि बढ्यो ।राति १ बजेतिर डुकुमान स्याङ्तानको घरभन्दा पचास मिटर तल रहेका ७ घरमा बाढी पस्न थाल्यो । सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर डुकुमान छिमेकीहरूको उद्धार गर्न तल झरे । ती घरका मानिसलाई सुरक्षित स्थानमा ल्याइसकेका मात्र के थिए, डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरो
एजेन्सी । इरानले इजरायलमा मिसाइल हमला गरेपछि कच्चा तेलको मूल्य बढेको छ । यो हमलापछि मध्यपूर्वमा थप द्वन्द्वको डर बढेको छ । इरान र इजरायलको युद्ध चर्किएमा तेल आपूर्ति पनि प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।ब्रेन्ट कच्चा तेलको मूल्यको लागि अन्तर्राष्ट्रिय बेन्चमार्क हो । मंगलबारदेखि आजसम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ प्रतिशतले बढिसकेको छ । अहिले कच्चा तेलको मूल्य प्रति ब्यारेल ७४.४० डलर पुगेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।अमेरिकी ऊर्जा सूचना प्रशासनकाअनुसार इरान विश्वको सातौं ठूलो तेल उत्पादक देश हो । यो तेल उत्पादक देशहरूको समूह ओपेक (तेल निर्यात गर्ने देशहरूको संगठन
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास चपली पुगेका छन् । अहिले भण्डारी र ओलीबीच विभिन्न विषयमा छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ ।पछिल्लो समयमा विकसित पार्टीको राजनीतिक स्थिति र अहिले देशले भोगिरहेको विपद्को पीडाबारे छलफल भइरहेको स्रोतले बताएका छ । पछिल्लो समय नेकपा एमालेको सार्वजनिक कार्यक्रमहरूमा भण्डारीको पूर्व राष्ट्रपति भण्डारीको उपस्थिति बाक्लिँदै गएको छ ।
बुटवल । निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक आज (बुधबार) बिहानदेखि खुलेको छ । गए राति मर्मतका लागि सडक बन्द गरिएको थियो । मर्मतपछि सडक पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । रातको समयमा रोकिएका सवारी साधनको चापका कारण मर्मत भएको स्थानमा अहिले एकतर्फी रूपमा सवारी साधनलाई आवतजावत गराउँदै आइएको र चाप कम भएपछि दुईतर्फी सञ्चालन हुने उनले जानकारी दिए । सडक पूर्णरूपमा मर्मत हुन नसकेकाले दिउँसोको समयमा सवारी साधन सञ्चालन गर्दै सडक छेउबाट मर्मतको काम हुने जनाइएको छ । पानी परेमा भने कुनै प