काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास चपली पुगेका छन् । अहिले भण्डारी र ओलीबीच विभिन्न विषयमा छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समयमा विकसित पार्टीको राजनीतिक स्थिति र अहिले देशले भोगिरहेको विपद्को पीडाबारे छलफल भइरहेको स्रोतले बताएका छ । पछिल्लो समय नेकपा एमालेको सार्वजनिक कार्यक्रमहरूमा भण्डारीको पूर्व राष्ट्रपति भण्डारीको उपस्थिति बाक्लिँदै गएको छ ।