All Posts By इटहरी खबर संवाददाता

    Showing १,३६१-१,३७० of ३,०८७ items.
  • गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरबदल

    काठमाडौ –  गृह मन्त्रालयले ३६ जना कर्मचारीहरूको सरुवा गर्दै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको फेरबदल गरेको छ। मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको सूची अनुसार रामेछाप, डोल्पा, बझाङ, बाजुरा लगायतका जिल्लामा नयाँ प्रजिअहरू नियुक्त भएका छन्।उपसचिव राजु प्रसाद पौडेल रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्। यससँगै, डोल्पाको प्रजिअमा रोम बहादुर महत, बझाङमा ओम प्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्याल सरुवा भएका छन्।यसैगरी, मातृका आचार्यलाई मनाङको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ। कमल प्रसाद पाण्डे मुगु, रुद्र प्रसाद न्यौपाने रुकुम पूर्व, र नवराज जैसी दैलेखको प

    • प्रकाशित मितिः असोज २, २०८१
    • २०४ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुईतिहाइ मतसहित विश्वासको मत प्राप्त

    विराटनगर, भोजराज घिमिरे – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार प्रदेशसभामा दुईतिहाइ बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभामा भएको मतदान प्रक्रियामा कार्कीको पक्षमा ६६ मत खसेको थियो भने विपक्षमा १५ मत परेको थियो।मतदानमा प्रमुख दलहरूको भूमिकामतदान प्रक्रियामा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यहरू सहभागी भएनन् भने नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि मतदानमा भाग लिएनन्। प्रदेशसभामा ८३ जना सदस्यहरूको उपस्थिति रहेको थियो।पुनः विश्वासको मत लिनुको कारणमुख्यमन्त्री कार्कीले यसअघि वैशाख ३१ गते विश्वासको मत लिएका थिए। तर, नेकपा (माओ

    • प्रकाशित मितिः असोज २, २०८१
    • १८१ पटक पढिएको
  • पृथक अवधारणा सहित लुयान मिसेस पुर्वान्चल २०२४ आयोजना हुने भएको छ

    इटहरी - कोशी प्रदेशलाई  लक्षित गर्दै महिला सशक्तिकरणको अवधारणा सहित मिसेस पुर्वान्चल २०२४ ( टुगेदर फर वोमेन इम्पावोरमेंट) नामक प्रतियोगिता आयोजना हुने भएको छ।प्लानेट मल्टिमेडिया इन्टर्नेशनलको आयोजना अनि नेक्स्ट लेभल मिडियाको सहकार्यमा हुन लागेको लुयान मिसेस पुर्वान्चल २०२४ को सम्पूर्ण तयारी सकेर सहभागिताको लागि फारम खुल्ला गरिएको छ। दिनहु जसो नेपाल भरि प्रसस्तै आयोजना हुने यस खालको प्रतियोगितामा एउटा भिन्न र पृथक कार्यक्रम बनाउने उदेश्यका साथ् आयोजना गर्न लागिएको यस कार्यक्रम निकै लामो समयको तयारी पछि सहभागिताको लागि फारम खुल्ला गरिएको हो।  बृहत रुपमा आयोजना हुन लागेको यस कार्यक

    • प्रकाशित मितिः असोज २, २०८१
    • ३९३ पटक पढिएको
  • पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताएका छन् । संविधान दिवसको सन्दर्भमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयन गर्दै अघि बढ्ने बेला पछि फर्किने सोच र तर्कलाई संविधान निर्माणकर्ता र संविधानले नै स्वीकार नगर्ने बताएका हुन् ।‘संविधानप्रतिको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार, परिमार्जन स्वभाविक प्रक्रिया हो । तर ती प्रक्रियाहरु प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातिर हु

    • प्रकाशित मितिः असोज २, २०८१
    • २९३ पटक पढिएको
  • रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि

    बिराटनगर । ‘मिस्टर काठमाडौं’ को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको छ । उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।राईले पाँच दिनअघि मात्र ७५ किलो तौलमाथि समूहमा मिस्टर काठमाडौं उपाधि जितेका थिए ।टिम म्यानेजरसहित होटलमा बस्दै आएका राईलाई हृदयघात भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । मोरङका राईको मृत्यु भएपछि परिवारलाई खबर गरिएको छ । मोरङबाट उनका आफन्त काठमाडौं आएका छन् ।

    • प्रकाशित मितिः असोज २, २०८१
    • २३७ पटक पढिएको
  • ताेलामा ३ सय रूपैयाले घटयाे सुनकाे मुल्य , चाँदिकाे कति ?

    इटहरी । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा ३ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १८९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः असोज २, २०८१
    • २८१ पटक पढिएको
  • बर्दियामा घरभित्रै पसेर एक महिलाको हत्या

    बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–५ तर्कापुरमा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा ३९ वर्षीया मीना थारु रेहकी छन् ।गए राति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका–११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु) ले मीनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालले जानकारी दिएका छन् । उनले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए ।उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले बारबर्दिया नगरपालिका–५ को सिटीबरेली क्षेत्रबाट पक्

    • प्रकाशित मितिः असोज २, २०८१
    • २२५ पटक पढिएको
  • भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौंसम्म

    भोजपुर । पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ । खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडाै‌सम्म पनि उत्तिकै छ । अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए । उनले भने, ‘अहिले प्रतिकेजी दुई सय ५० देखि  तीन सयका दरले खुर्सानी बिक्री हुँदै आएको छ । &nbs

    • प्रकाशित मितिः असोज २, २०८१
    • ३२४ पटक पढिएको
  • कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत लिने भएका छन् ।  असोज २ बुधबार अपराह्न १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका छन् ।माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिन लागेका हुन् । माओवादीले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । केन्द्रमा एमाले– कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो ।अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले–कांग्रेसको सरकार रहेको छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एम

    • प्रकाशित मितिः असोज २, २०८१
    • २५१ पटक पढिएको
  • इटहरीमा सुरु भयो विद्युतिय नगर बस ! आज र भोलि निशुल्क

     इटहरी । इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई आज देखि ४ वटा विद्युतिय नगर बस सुरु गरेको छ । सुरुवाती चरण भन्दै आज र भोलि निशुल्क सन्चालन गरेको हो । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आज नगर बसमा चडेर बिभिन्न वडाहरुको अवलोकन गरे ।पत्रकार सम्मेलन गर्दै नगर बस सञ्चालनमा आउने जानकारी दिए। विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने भन्दै सर्वसाधरण उत्साहित भएको बताए । ग्रामिण भेगमा बस्ने जनतालाई शहर सँग जोड्ने उदेश्यले बस सन्चालनमा ल्याएको वताए । तिस बर्ष देखिको इटहरीको सपना आफुले पुरा गरेको मेयर पौडेलको भनाई थियो | नगर बसलाई ठाँउ ठाँउमा सर्वसाधरणहर

    • प्रकाशित मितिः असोज २, २०८१
    • ३३३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल