खाेटाङ । विद्यार्थीलाई खोला तरेर विद्यालय जान समस्या भएको भन्दै खोटाङको साकेला गाउँपालिका-३ खिदिमाका स्थानीयले श्रमदानमार्फत काठेपुल निर्माण गरेका छन्। खिदिमास्थित मखमले र तावाभञ्ज्याङका ४२ जना स्थानीयले लगातार चार दिन श्रमदान गरेर बोराखोलामा करिब १२ मिटर लम्बाइको काठेपुल निर्माण गरेका हुन्। साविकको बोरा टोलबाट मखमले जोड्ने बोराखोलामा करिब रु दुई लाख ४५ हजार लाग्ने काठेपुल निर्माण गरी आजदेखि सञ्चालनमा ल्याइएको टोल विकास समितिका अध्यक्ष नैनबहादुर खत्रीले जानकारी दिए। बर्षातको समयमा खोलामा आउने बाढीले विद्यार्थी तथा स्थानीयलाई आवत-जावतमा हुँदै आएको समस्या समाधानका लागि श्रमदानमार
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् । मंगलबार साँझ लोलङ तरकारी बजार नजिकैबाट खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
एजेन्सी । बंगलादेशले टेष्ट सिरिजमा पाकिस्तानलाई २–० ले पराजित गरेको छ । यसपछि बंगलादेश विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा पुगेको छ । विश्व टेस्ट च्याम्पियनसिपमा हाल पहिलो नम्बरमा भारत, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा न्यूजिल्याण्ड रहेको छ ।शीर्ष स्थानमा रहेको भारत ६८.५२ प्रतिशत अंकसहित शीर्ष स्थानमा छ अस्ट्रेलियाको ६२.५ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै न्यूजील्याण्ड ५० प्रतिशतसहित तेस्रो र बंगलादेश ४५. ८३ प्रतिशतसहित चौथो स्थानमा रहेको छ । बंगलादेशले पाकिस्तानलाई २ खेलको सिरिजमा २–० ले पराजित गरेको थियो । पहिलो टेस्ट १० विकेटले जितेको बंगलादेशले दोस्रो टेस्ट ६ विके
झापा । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।जसमध्ये बजेट अभावमा क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी र सिकलसेन एनिमियालगायतका पाँच सय जना विरामीलाई रु एक लाखका दरले आर्थिक सहायता वितरण गरेको उनले जानकारी दिए । ‘निवेदन धेरै परेको थियो, बजेट थोरै थियो’, उनले भने, ‘सुरुमा निवेदन द
काठमाडौं । अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ । यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौँ महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ । सम्झौतामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईं र काठमाडौँ–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले मङ्गलबार हस्ताक्षर गरे । कार्यकारी निर्देशक गोसाईका अनुसार सम्झौतामा काठमाडौँ–१२ मा मोतियाबिन्दु छनोट शिविर, सार्वजानिक विद्यालयमा आँखा जाँच तथा उपचार कार्यक्रम तथा वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीकाका लागि आँखा उपचार सम्बन्धी प्राथमिक प्रशिक्षण कार्यक्
काठमाडौं । पेरिसमा आयोजित पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरु तथा प्रशिक्षकहरुको सम्मान स्वरुप एनसेलले पलेशालाई १० लाख रुपैयाँ र अन्य सहभागी पारा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई पनि थप कुल १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको
एजेन्सी । अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनमा नेपाली छात्रा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बब्बीसिंह शाहलाई मंगलबार अदालत पेस गरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार पनि अदालतले अभियुक्त ५१ वर्षीय शाहलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। मुनाको हत्या भएको केही दिनपछि पक्राउ पर्दा पनि शाहले रगतका दाग लागेका कपडा नै लगाएको मंगलबार अदालती सुनुवाइका क्रममा अभियोजकहरूले बताए।मुनालाई शरीरमा तीनपटक र टाउकोको पछाडि एकपटक गोली हानेको अभियोजकहरूले अदालतसमक्ष बताए। यही अगस्ट २६ तारिख साँझ पाण्डे आफ्नै अपार्टमेन्टको ओछ्यानमै गोली लागेको अवस्थामा मृत भेटिइएकी थ
काठमाडौं । पारालिम्पिक्समा ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलमा ओर्ले लगत्तै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो ।र्याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो । यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गरेका हुन् । फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रत
इटहरी । एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्तीमा नाम निकाल्न सफल भएका दुई जना विद्यार्थीहरुलाई विश्व आर्दश कलेज इटहरीले एक कार्यक्रम विच सम्मान गरेको छ ।एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्ती प्राप्त गर्न सफल प्रश्ना पराजुलीले छौठौ स्थान र अभिनाश सुबेदीले २१६ स्थान ल्याउन सफल विद्यार्थीलाई कलेजले सम्मान गरेको हो ।विश्वआर्दश कलेजले एक कार्यक्रमको आयोजना गरी एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्ती प्राप्त गर्न सफल पराजुली र सुबेदी सहित अभिभावकलाई पनी सम्मान गरेको छ ।विश्व आदर्श कलेजमा अध्यारत प्रश्ना पराजुलीले नेपाल मेडिकल काउनसिलबाट लिएको एम.बिबि एस परिक्षामा नेपालम गे्
बागमती । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हेटौंडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेला परेकी थिइन् । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो । खाँलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनीहरू भदौ १० गते अपरान्ह ४ बजेतिर समिर खानसहित न्यौपाने होटलमा कोठा लिएर बसेका थिए । समिर बेलुका ८ बजे नै कोठाको ढोकाको भ