बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी परिन् । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उनको निधन भयो । श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन । यस्तै लक्षणबाट संक्रमित भएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो, यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि यतिबेला श्यामलाल विक्षिप्त हुन पुगेका छन् ।पाँच दिनको अवधिमा बुहारी उषा, भाउजु शान्ति र नातिनी नन्दनीको निधन भएपछि उनी अहिले घरको बाहिरै टोलाएर बस्ने गर्छन । ‘सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्यो,
काठमाडौँ । अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तङ्गंगहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पारेका छन् । अनुसन्धानमा पृथ्वीको बाहिरी कोरमा औंठीको आकार रहेको पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन् ।वैज्ञानिकहरुका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा पहिलो पटक औंठीको आकारको क्षेत्र देखिएको छ । यो क्षेत्र हाम्रो ग्रहको चुम्बकीय क्षेत्रको गतिशीलताको बारेमा नयाँ रहस्य प्रकट गर्दै, पृथ्वीको तरल कोर भित्र अवस्थित छ ।अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) का वैज्ञानिकहरूले यसलाई डोनट अर्थात् गोलो आकारको रूपमा वर्णन गरेका छन् । वैज्ञानिकहरूका अनुसार पृथ्वीको तरल कोरभित्रको संरचना तल्लो अक्षा
काठमाडौं । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्दैनन् । छाँया सेन्टरको नजिकै बस्ने उनी निदाउन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनः सञ्चालनमा आएको छ । सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो । रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन् । बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्
बाँके । शरीरमा पानीको कमी भएकाले एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका तीन बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए । ‘मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो’, फोकल पर्सन श्रेष्ठले भने । नरैनापुर गाउँपालिका स्वास्थ
इटहरी । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज (मंगलबार) पहिलो अभ्यास खेल खेल्दै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एक दिवसीय खेल अन्तर्गत पहिलो खेल आज हुँदैछ । यो खेल आज बिहान १०ः १५ बजेदेखि शुरु हुँदैछ ।नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग–२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । नेपालले पहिलो खेल आज सेप्टेम्बर ३ मा, दोस्रो खेल सेप्टेम्बर ४ मा र तेस्रो खेल सेप्टेम्बर ६ मा खेल्ने भएको छ । श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ ।जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खना
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–२ मनकामनामा रहेको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रका रुपमा विकास हुँदै गएको छ । बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पूजापाठ गराए बोल्छन् भन्ने धार्मिक विश्वास रहँदै आएकाले पछिल्लो समय बक्रेश्वर मन्दिर भक्तजनको रोजाइमा पर्न थालेको हो ।‘वाक्य नफुटेका धेरै बालबालिकालाई धेरैजसो अभिभावकले यहाँ ल्याउने गर्नुहुन्छ’, मन्दिरका पुजारी फडिन्द्रबहादुर लामिछानेले भने, ‘यहाँ ल्याएर दर्शनगरी पूजापाठ गराएपछि धेरै बालबालिकाको बोली फुट्ने गरेकाले अभिभावकले पनि विश्वास गर्नु हुन्छ ।’ बोल्न नसक्ने बालबालिकाको बोली फुट्ने धार्मिक विश्वासका कारण बक्रेश्वर मन
इटहरी । रोजगारीका लागि मलेसिया गएका एक नेपाली युवकको हत्या भएको छ । सिराहाका रुपेश यादवको छुरा (चक्कु) प्रहारबाट हत्या भएको हो । उनकै साथी मिलन गुरुङले गए राति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए । साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
एजेन्सी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उल्लंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो । अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको बिबिसीले उल्लेख गरेको छ ।सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्नेबारेमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ । साथै भेनेजुएला यस प्रकरणमा कानुनी कारवाही गर्न स्वतन्त्र
इटहरी । सत्तारूढ नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज (मंगलबार) बस्दैछ । दिउँसो १ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा पोलिट्ब्युरो बैठक बस्ने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।सरकारको नेतृत्व सम्हालेपछि पहिलो पटक बस्न लागेको एमाले पोलिट्ब्युरो वैठक बुधबारसम्म चल्ने छ । पोलिट्ब्युरोमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान समेटिएको उनले जानकारी
खाँदबारी । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको छ । २०८१ भदौ १३ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयको केन्द्रीय कार्यालयको टुङ्गो लगाएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको हो । आयुर्वेद योग, ध्यान तथा वैकल्पिक चिकित्सा र जडीबुटीको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले स्थापना गर्न लागेको विश्वविद्यालयको ऐन पारित भएको दुई वर्षमा समेत सञ्चालनमा आउन सकेको छैन ।सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्ति य