All Posts By इटहरी खबर संवाददाता

    Showing १,५११-१,५२० of ३,०८७ items.
  • मौन स्नान गरी मनाइयो सोमबारे औँसी

    काठमाडौँ । सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रहिआएको छ । भाद्र कृष्ण औँसी आज सोमबार परेको हो । सोमबार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँसी पर्ने गरेको बताउँछन् । सोमबारे औँसी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने तथा अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको उनले बताए ।औँसी तिथि श

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • ३०९ पटक पढिएको
  • वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर

    वीरगञ्ज ।  देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातमा उलेख्य वृद्धि भएको छ। सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ। गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ। सो अवधिमा मोटरसाइकलको आयात शत प्रतिशतले बढेको छ।गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट ४६ करोड ७७ लाखका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए। चालु आवको साउनमा भने ९४ करोड ४८ लाखका सात हजार एक सय ५० थान मोटरसाइकल आयात भएका थिए।वीरगञ्ज भन्सार

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • २४२ पटक पढिएको
  • हेटौँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय सुवेदीको मृत्यु

    मकवानपुर । मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।  हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको हो।मृत्यु हुनेमा हेटौँडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।डीएसपी भण्डारीका अनुसार सोमबार (आज) बिहान हेटौँडाबाट मनहरीतर्फ जाँदै गर्दा सुवेदीले चलाएको  बा प्र ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ ख २०८६ नम्बरको ट्रकले ठक्कर दिएको हो।नवलपरासीबाट झापाका लागि सिमेन्ट लोड गरी गुडेको उक्त

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • ३३० पटक पढिएको
  • दुग्ध विकास संस्थानलाई शर्तसहित अर्थको ६० करोड ऋण

    काठमाडौं । अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ । चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत एक करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेस गर्न सहमति दिइएको हो । यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि स

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • २२९ पटक पढिएको
  • सन्दीपविरुद्ध सर्वोच्चमा मुद्दा पुनरावेदनको तयारी

    इटहरी । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्दामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो ।जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाई दिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिइन् । महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला–२६ ले दिएको न

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • १९३ पटक पढिएको
  • एकीकृत समाजवादीले गठन गर्‍यो उपनिर्वाचन परिचालन कमिटी

    इटहरी । नेकपा एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ । स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी गठन गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिए। उपनिर्वाचन लक्षित उक्त कमिटीमा पार्टीका उपाध्यक्ष, उपमहासचिव र सचिव सदस्य छन्।कोसी प्रदेशको संयोजकमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेसको संयोजकमा धर्मनाथप्रसाद साह, बागमतीको संयोजकमा डा. गङ्गालाल लुलाधर, गण्डकीको संयोजकमा पार्टी सचिव श्रीनाथ बराल, लुम्बिनीको संयोजकमा उपमहासचिव मेटमणि चौधरी, कर्णा

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • २८९ पटक पढिएको
  • बाँकेमा झाडापखालाबाट ४ जनाको मृत्यु, १२ जना बिरामी

    बाँके । बाँकेको नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु भएको छ। बिगत केही दिनदेखि फैलिएको झाडापखालाबाट नरैनापुर- ३ मा चार जनाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले जानकारी दिइन्। चार जनाकाे आइतबार मृत्यु भएकाे हाे।‘गाउँमा झाडापखाला फैलिएपछि हिजो चार जनाको मृत्यु भयो,’ उपाध्यक्ष श्रीवास्तवले नेपालखबरसँग भनिन्, ‘त्यो गाउँमा झाडापखालाबाट १२ जना बिरामी छन्।’  नरैनापुर भारतसँग सीमा जोडिएको गाउँपालिका हो। नरैनापुर- ३ को गेगली गाउँमा झाडापखाला फैलिएको हो।झाडापखालाबाट हरिराम पासीकी श्रीमती २५ वर्षीया रुसा पासी र उनकी छोरी डेढ वर्षीया नन्दनी, सोही ठाउँका मोहन

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • २६३ पटक पढिएको
  • भदौंमै पाक्न थाल्यो मुस्ताङको स्याउ

    मुस्ताङ । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ ।  ‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो’, ७९ वर्षीय हिराचनले भने, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।’ घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् ।  तापक्रम वृद्धि र मौसम परिवर्तनक

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • ३१७ पटक पढिएको
  • अमेरिकामा फेरि एक नेपाली युवक मृत भेटिए

    काठमाडौं । अमेरिकामा एक नेपाली युवक मृत्त भेटिएका छन् । नेपालको पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्ड बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार मृत भेटिएका हुन् । उनी आफ्नै अपार्टमेन्टमा मृत फेला परेको अमेरिकाबाट पत्रकार राजेश खत्रीले जानकारी दिएका छन् ।सन २०१५ मा अमेरिका गएका प्रधान झण्डै १० वर्षपछि नेपाल फर्कने तयारीमा थिए ।  प्रधान २७ अगष्टका दिन दिउँसो २ बजे काम सकेर कोठामा फर्किएका थिए । उनको मृत्युको कारण खुलिसकेको छैन । मृत्युको कारण पत्ता लागेपछि मात्रै शव नेपाल पठाइने भएको छ । प्रधानका श्रीमती, एक छोरा र एक छोरीसहितको परिवार नेपालमा छ । 

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • २४६ पटक पढिएको
  • गण्डकीमा एमालेले टुङ्गो लगायो चार मन्त्री

    पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुङ्गो लगाएको छ । संसदीय दलका नेता खगराज अधिकारीले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार भेटेपछि मन्त्री बन्ने सांसदको नाम टुङ्गो लागेको हो ।नवलपुरकी पद्मा जिसी श्रेष्ठ, पर्वतका मित्रलाल बस्याल, कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्णप्रसाद पाठक मन्त्री बन्ने पक्कापक्की भएको स्रोतले जानकारी दिएको छ । सम्भावित मन्त्रीलाई शपथका लागि तयार रहन भनेर खबर गरिसकिएको छ । आजै १ बजे शपथ गर्ने कुरा आएको एक मन्त्रीको स्वकीय सचिवले जानकारी दिए । प्रदेश प्रमुखको निवासमा आज १ बजे नवनियुक्त मन्त्रीलाई शपथ गराउने

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • २०२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल