All Posts By इटहरी खबर संवाददाता

    Showing १,५२१-१,५३० of ३,०८७ items.
  • आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

    इटहरी । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतम बताउँछन् ।सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • २९४ पटक पढिएको
  • ममता काफ्ले प्रकरण: घरभित्र बाथरुम र कार्पेटमा रगत देखिएको फोटो सार्वजनिक

    एजेन्सी । अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली महिला ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन्, जसले उनको बेपत्तामा श्रीमान् नरेश भट्टको संलग्नता भएको आशंकालाई बल पुर्‍याएको छ।मनसास पार्क प्रहरीले नरेश भट्टलाई ममताको बेपत्तामा संलग्न भएको आरोपमा थुनामा राखेको छ। अदालतमा भएको सुनवाइका क्रममा अभियोजन पक्षले प्रस्तुत गरेका तस्वीरहरुमा भट्टको घरभित्र कार्पेट र बाथरुममा रगतका टाटाहरु देखिएको छ। ममता १५ साउनमा सम्पर्कविहीन भएकी थिइन् र घरमा भारी मात्रामा रगत फेला परेपछि ७ भदौमा नरेशलाई पक्राउ गरिएको थियो।अदालतमा अभियोजन पक्षले नरेशले श्रीमतीको मृत्युपछि कत

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ४११ पटक पढिएको
  • कोशी प्रदेशमा अब ट्रायल पासलगत्तै अस्थायी लाइसेन्स

    इटहरी । कोशी प्रदेशमा सवारी चालकलाई अस्थायी लाइसेन्स (अनुमति पत्र) वितरण गर्ने प्रक्रिया सुरु भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ट्रायल पास गरेका व्यक्तिहरूलाई एक वर्षको लागि अस्थायी लाइसेन्स दिने निर्णय गरेको छ। यो निर्णय यातायात व्यवस्था विभागले ट्रायल पास गरेका व्यक्तिहरूलाई स्मार्टकार्ड (लाइसेन्स) दिन ढिलाइ भएकाले गरिएको हो।अस्थायी लाइसेन्स वितरणको प्रक्रिया यातायात कार्यालय विराटनगरबाट सुरु भएको छ, जहाँ क्यूआर कोडसहितको अस्थायी कार्डहरू छापेर वितरण गरिँदैछ। विराटनगरमा परीक्षण पश्चात यो प्रक्रिया अन्य कार्यालयहरूमा पनि लागू गरिनेछ।विभागले गत वैशाखमा अस्थायी लाइसेन्स वितरणका लागि

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • २८० पटक पढिएको
  • तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

    सङ्खुवासभा । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिनेछ । “यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ”, तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भन्नुभयो । प्रभावित स्थानीयलाई करिब रु. एक अर्ब ४० करोड रकम मुआब्जा वितरण ग

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • २६९ पटक पढिएको
  • प्रकाशले घरमै पाए नागरिकता

    भोजपुर । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत ३५ वर्षपछि परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ ‘काले’ ले नागरिकता पाएका छन् । भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।गोरखाको चुमभ्यालीबाट काठमाडौँ हुँदै भोजपुर पुगेका प्रकाशको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाई र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञ

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • २९९ पटक पढिएको
  • नेप्से परिसूचकमा ५३ अंकको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो

    इटहरी । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । आज तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह तीन दशमलव ४४, होटल तथा पर्यटन दुई दशमलव ९८ र बैंकिङ दुई

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ४४९ पटक पढिएको
  • मुकुल ढकालले दिए रास्वपामा पुनरावेदन निवेदन

    काठमाडौँ । डा. मुकुन्द ढकालले आफूमाथि गरिएको कारवाहीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुनरावेदनको निवेदन दिएका छन् ।ढकालले आफूलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिएका हुन् । उनले आफूलाई पार्टीले हटाउने निर्णय गरेको ३५ औं दिन मात्र सोसम्बन्धी पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएका छन् ।उनले आफ्नो निवेदनमा पार्टी सभापतिविरुद्ध बोलेकै भरमा आफूमाथि कारवाही गरिनु निरंकुश शैली भएको उल्लेख गरेका छन् । उनले पार्टी सभापतिमाथि सहकारी रकम ठगी, पासपोर्ट दुरुपयोग जस्ता आरोप लागेको र आफूले सोको विरोध गरेको निवेदनमा उल्लेख

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • २७२ पटक पढिएको
  • तोलामा ६ सयले घट्यो सुनको मूल्य, चाँदीको कति?

    इटहरी । सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ६ सय र चाँदी २५ रुपैयाँले सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार योसँगै सुन तोलाको १ लाख ५२ हजार ३ सय र चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ। शुक्रबार सुन १ लाख ५२ हजार ९ सय र चाँदी १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५०३ अमेरिकी डलर र चाँदी २८.८६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ। 

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • २८४ पटक पढिएको
  • सुतेकै ठाउँमा गोमनले डस्दा युवतीको मृत्यु

    सिरहा ।  सिरहामा सर्पले डस्दा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका–३ की २० वर्षीया सरिताकुमारी सदा छिन् । गए राति सुतेका बेला १२ बजेतिर उनलाई गोमन सर्पले डसेको थियो ।सर्पले डसेपछि उपचारमा नलगी झाँक्रीकोमा लगिएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितालाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ३४३ पटक पढिएको
  • कैलालीकाे अत्तरियामा रोकिराखेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा युवकको गयो ज्यान

    धनगढी । कैलालीको अत्तरियामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । गए राति सवा १ बजे कैलालीको गोदावरी नगरपालिका–१ धनगढी सडकस्थित पाठक पेट्रोल पम्प नजिक रोकिराखेको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ भन्सार रोडका २९ वर्षीय कैलाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।दुर्घटनामा गम्भीर घाइते भएका  कैलाशलाई उपचारका लागि उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।मोटरसाइकल प

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ३१८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल