All Posts By इटहरी खबर संवाददाता

    Showing १,५३१-१,५४० of ३,०८७ items.
  • रुख र बिजुलीको पोल ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज (आइतबार) बिहान रुख र बिजुलीको पोल ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए । आइतबार बिहान सवा ८ बजेतिर भरतपुर महानगरपालिका–१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको हो । सालको रुख ढलेपछि अवरुद्ध बनेको नारायणघाट–मुग्लिन सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ३४६ पटक पढिएको
  • चितवनकाे माडीमा अति भारी वर्षा : अधिकांस भु भाग जलमग्न

    चितवन ।  चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा माडी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको र यो क्रम जारी रहने अनुमान गरिएको छ ।यस परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदी तटीय क्षेत्र र निचा भू–भागमा बस्ने नागरिकहरूलाई दिउँसो २ बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । ‘कल्याणपुर वर्षा मापन केन्द्रका अनुसार माडी क्षेत्रमा अझै भारी वर्षाको सम्भावना छ’, यादवले भने । ‘खास गर

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ३२३ पटक पढिएको
  • पूर्वी नाकाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात

    झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ ।नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो । चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् रु पाँच करोड ३१ लाख ९७ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको थियो । भारतले बङ्लादेशमा खुदो  निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजे

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ३४८ पटक पढिएको
  • नगर प्रमुख तुम्वापोद्वारा ‘शिक्षासँग सिप कार्यक्रम’को उद्घाटन

    पथरी :मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले ‘शिक्षासँग सिप कार्यक्रम’को उद्घाटन गर्नुभएको छ । आज वडा नं. ८ को आयोजनामा बुद्ध माविमा भएको ‘शिक्षासँग सिप कार्यक्रम’को प्रमुख तुम्वापोले व्यानर पढेर उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका तुम्वापोले यस कार्यक्रमले विद्यार्थीहरूलाई बेसिक मात्रामा भएपनि ज्ञान प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘नगर र वडाले शिक्षासँग सिप कार्यक्रम लिएर आएको छ । यसलाई सार्थक तुल्याउन शिक्षक साथीहरू र अभिभावकहरूले चासोका साथ लाग्न अनुरोध गर्दछु ।’वडा नं. ८ का अध्यक्ष नविन कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • ३९८ पटक पढिएको
  • कोशी सरकारबाट बाहिरिएको एक महिनापछि माओवादीले फिर्ता लियो समर्थन

    इटहरी । कोशी प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेस आज (शुक्रबार) देखि सत्तापक्षमा र नेकपा माओवादी केन्द्र विपक्षमा बस्ने भएका छन् ।  प्रदेश सभा सचिव गोपाल पराजुलीका अनुसार कांग्रेसले एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारलाई समर्थन गरेको पत्र सचिवालयमा दर्ता गराएको छ ।त्यस्तै, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको पराजुलीले जानकारी दिए । केन्द्रमा कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा रहेका माओवादी मन्त्रीहरूले गएको साउन ११ मा पदबाट राजीनामा दिएका थिए । यतिन्जेलसम्म समर्थन भने कायमै राखेको माओवादीले पत्र लेखे

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • २८३ पटक पढिएको
  • झापामा भिडियो कल गरेर छिमेकी महिला र पुरुषले फाले ज्यान

    झापा । झापाको अर्जुनधारामा भिडियो कल गरेर छिमेकी महिला–पुरुषले ज्यान फालेका छन् । झापा अर्जुनधाराकी एक महिलाले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेरको तीन घण्टा पछि छिमेकी पुरुषले पनि आत्महत्या गरेका हुन् ।अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ वर्षकी नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेपछि आत्महत्या गरेकी थिइन् । पुजा कोठामा सलको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । त्यसको केही समयपछि ढुङ्ग

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • २९८ पटक पढिएको
  • कोशी प्रदेश सभाको बैठक आज बस्दै

    इटहरी । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोशी प्रदेशसभाको बैठक स्थगन भएको थियो ।

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • ३३० पटक पढिएको
  • सुनसरीमा माछा मारिरहेका २ जनालाई चट्याङ लाग्यो

    इटहरी । सुनसरीको कोसी गाउँपालिका–४ मा बिहीबार साँझ चट्याङ लागेर दुईजना घाइते भएका छन्।स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ चट्याङ लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। स्थानीय खोलामा माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका हुन्। घाइतेमध्ये अक्रमको अवस्था गम्भीर छ। घाइते दुवैको स्थानीय असपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • २९९ पटक पढिएको
  • पशुपतिनाथको महास्नानघर भासियो, जीर्णोद्वार गरिँदै

    काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनर्निर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ ।आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले जीर्णोद्वार सम्पन्न गरी महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो । सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महास्नानघर भासिएपछि चालु आर्थिक वर्षमा पुनर्निर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशी

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • २६२ पटक पढिएको
  • पाँचथर विष्फोट अपडेट : घाइते दाजु–बहिनीको मृत्यु, एक जनाको उपचार हुँदै

    पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा विष्फोटमा घाइते थप एक बालकको ज्यान गएको छ । विष्फोटमा परी गम्भीर घाइते दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए । घाइते भए लगत्तै पाँचथर अस्पताल पुर्‍याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राति १ वजे बी एन्ड

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • २६९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल