इटहरी । एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन् । रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्ष चुनिएकी हुन् । राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी मत गणनमा अधिकांश पदमा अध्यक्ष माधवकुमार नेपाल निटक निर्वाचित भएका छन् । नेपालइतरबाट उपाध्यक्षमा भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् । मत गणनाको परिणाम रुजु गरेर सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीतर्फको मत गणना सकिएको छ । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । त्यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ साह निर्वाचित भएका छन् । राईसँग रामकुमारी झाँक्री प्रतिस्पर्धामा थिइन् । साहसँग रामचन्द्र झा प्रतिस्पर्धामा थिए ।निर्वाचन समितिले दिएको जानकारीअनुसार खुला उपाध्यक्षमा गंगालाल तुलाधर, भानुभक्त जोशी, जगन्नाथ खतिवडा प्रकाश ज्वाला निर्वाचित भएका छन् । ज्वाला र जोशीबाहेक सबै अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् । उपाध्यक्षमा नेपाल पक्षका डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।उपमहा
इटहरी । धरानमा गत आर्थिक वर्षमा लागूऔषधको कारोबार गर्ने एक सय ९३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार गत आव २०८०/८१ एक सय ७६ पुरुष र १७ महिला गरी एक सय ९३ जना लागुऔषध कारोबारमा सङ्लग्न भएको आरोपमा पक्राउ परेका हुन् ।प्रहरी निरीक्षक भीमराज राईले चालु आव २०८१/८२ को साउन महिनामा मात्रै १० वटा मुद्दामा १६ पुरुष र एक महिलालाई पक्राउ गरिएको जानकारी दिनुभयो । यसरी पक्राउ पर्नेमध्ये अधिकांश युवापुस्ता रहेका उहाँले बताउनुभयो । गत आवमा आफ्नो कार्यालयमा लागुऔषधका एक सय दुई मुद्दा दर्ता भएका राईले बताउनुभयो ।आर्थिक वर्ष २०७८/८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र
खाेटाङ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत–२१ गते उद्घाटन गर्नुभएको थियो ।तत्कालीन नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले विसं २०७६ असार–१ मा शिलान्यास गर्नुभएको प्राङ्गारिक मल तथा बायोग्यास प्लान्ट अर्थमन्त्रालयको विशेष अनुदानवापत रु तीन करोड ३२ लाख तथा नगरपालिकाको रु एक करोड ५६ लाख लगानीमा स्थापना गरिएको हो ।रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियानमा स्वतःस्फूर्त लागेका नगरवासी आफ्नै ठ
सिरहा । जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर) बाट दुई वर्षअघि अवकाश भएयता लहान नगरपालिका–१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहेका छन् । अध्ययन र अनुभवको क्षेत्र फरक भए पनि कृषि कर्म मनमा शान्ति दिने अस्त्र भएको उनले सुनाए । उमेरले छ दशक पूरा गरेका उनको लोभलाग्दो व्यावसायिक फलफूल खेती देख्दा धेरैले प्रशंसा गर्ने गरेका छन् ।उनले लहान बजारबाट १० किलोमितर उत्तरतर्फ चुरेको काखमा अवस्थित करिब चार बिघा आफ्नै जमिनमा ‘कालिका कृषि फर्म’ दर्ता गरी ड्रागन फ्रुट, आँप, लिची, कागती, अम्बा, स्याउ, मेवालगायत फलफूल खेती गरिरहेका छन् । त्यसबाहेक चारवटा माछा पोखरी पनि छन् । विसं
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सलहेस यूथ क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि जितेको हो । सगरमाथा युथ क्लबलाई उपाधिका लागि खेलको तीन मिनेटमै विजय भुजेलले गरेको गोल नै निर्णायक बन्यो ।विजेता मोरङले नगद रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टिमलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायतले पुरस्कार वितरण गरे । उपविजेता सलहेस युथ क्लब सिरहाले नगद रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उक्त पुरस्कार कोशी प्रदेश
एजेन्सी । आमाले आफ्ना सन्तानका लागि आफ्नै ज्यान दिन तयार हुन्छन् । तर संसार यस्तो मात्र छैन । ज्यान दिने आमाले कहिलेकाही आफ्नै सन्तानको ज्यान लिएका घटनाहरु पनि छन् । यस्तै घटना भारतमा घटेको छ । विवाहेत्तर सम्बन्धका कारण एक महिलाले आफ्नै तीन वर्षीय छोरीको निर्मम हत्या गरेको घटना बाहिर आएको छ ।भारतको बिहार राज्यको मुजफ्फरपुरमा भएको उक्त घटनाबारे प्रहरीले हालै तथ्य उजागर गरेको हो । प्रहरीले हत्या आरोपमा मृतक बालिकाकी आमा काजललाई पक्राउ गरेको छ । बिहीबार बिहान बालिकाको शव एउटा बन्द सुटकेसभित्र भेटिएको थियो । प्रहरीले उक्त शव मनोजकुमार र काजलकी छोरीको भएको पत्ता लगायो । मनोजकुमारसँग सोधपुछ गर्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुने जनाइएको छ ।यसअघिको बैठकमा उनलाई स्पष्टीकरणको अन्तिम मौका दिइएको थियो । त्यसअघि पनि उनलाई स्पष्टीकरण सोधिइसकेको छ । पार्टीको प्रतिवेदन मिडियामा चुहाएको, पार्टी हितविरूद्ध गतिविधि गरेको भन्दै उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको छ ।उनलाई अब रास्वपाका साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न लागिएको हो । यस्तै आज बस्ने बैठकले
काठमाडौं । महाधिवेशन सकिएको करिब दुई महिनापछि नेकपा एकीकृत समाजवादीले आज (मंगलबार) पदाधिकारी छान्न चुनाव गर्दैछ । आइतबारबाट काठमाडौंमा सुरू भएको पार्टीको प्रथम पूर्ण बैठक बैठकले पदाधिकारी छान्न लागेको हो ।त्यसका लागि आज (मंगलबार) चुनाव हुँदैछ । सोमबार निकालिएको निर्वाचन तालिकाअनुसार आज बिहान ७ बजेबाट मनोनयन पत्र वितरण हुनेछ । बिहान साढे सात बजेबाट उम्मेदवारी दर्ता सुरू गर्ने कार्यसूची छ । साढे आठ बजेसम्म उम्मेदवारी दर्ता, त्यसपछि प्रारम्भिक सूची सार्वजनिक, त्यसपछि दाबी विरोध र १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।गत असार १६ देखि २० गतेसम्म काठम
कास्की । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरे पनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ । ‘पु