सल्यान । सल्यानमा चट्याङ लागेर एक विद्यालयका प्रधानाध्यापकको ज्यान गएको छ । कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दलबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल खत्रीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो साँझ ५ बजे चट्याङ लागेर कार्कीको मुत्यु भएको हो । सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो गएका कार्कीलाई चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषण
इटहरी । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज (मंगलबार) दिउँसो देशभर बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।आज राति देशभर बदली रही कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै
इटहरी । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज (सोमबार) साविक विजेता भारत र बंगलादेश भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ। भारत समूह ‘बी’ को विजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेको हो। च्याम्पियनसिपमा भारत अपराजित छ। बंगलादेश भने समूह ‘ए’ को उपविजेता टोलीको रुपमा सेमिफाइनल खेल्न लागेको हो। समूह चरणमा बंगलादेश नेपालसँग पराजित भएको थियो। यो खेलको विजेताले उपाधिका लागि घरेलु टोली नेपालको सामना गर्नेछ। नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
पाँचथर । पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कदै गरेका किशोरको मृत्यु भएको छ । तुम्बेवा गाउँपालिका–२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आइतबार ३ः१० बजे विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । इन्द्राणी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत किशोर वडा–३ सहिद पार्क छेउ पुग्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । मृतकसँगै घर फर्कदै गरेका उनका दाजु १७ वर्षका लभसन तिम्सिना भने घाइते भएका छन् । बेहोस भएका लभसनलाई स्वास्थ्य चौकी मौवामा
पाल्पा । पाल्पाको तानसेन–रानीमहल सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पाल्पाको तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा भएको कार दुर्घटनामा भारतीय नागरिक उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पाठकलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।तानसेनबाट रानीमहलतर्फ जाँदै गर्दा भारतीय नम्बर प्लेटको यूपी १४ डीएन १०४ नम्बरको कार आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्याल
एजेन्सी । इङलिस प्रिमियर लिग अन्तर्गत चेल्सीले वोल्भ्सविरुद्ध शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले वोल्भ्सलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।चेल्सीको जितमा नोनी माडुएकेले ह्याट्रिक गरेका थिए भने निकोलस ज्याक्सन, कोल पाल्मर र जोआओ फेलिक्सले एक–एक गोल गरेका थिए । एटलेटिको म्याड्रिडबाट चेल्सीमा परमानेन्ट रुपमा आएपछि खेलेको पहिलो खेलमा फेलिक्सले गोल गर्दै आफ्नो सानदार सुरुवात गरेका छन् ।त्यस्तै वोल्भ्सका लागि माथेउस चुन्हा र जोर्गेन लार्सेनले एक–एक गोल गरेका थिए । यो जितपछि यस सिजनको पहिलो खेलमा हार बेहोरेको चेल्सीको २ खेलमा ३ अंक भएको छ भने वोल्भ्सले लगातार दोस्रो खेलमा हार
इटहरी । आज २०८१ साल भदौ १० गते सोमबार तदनुसार सन् २०२४ अगष्ट २६ तारिख । भद्र कृष्ण पक्षको सप्तमी तिथि । श्रीकृष्ण जन्माष्टमी व्रत । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदै छन् ।श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराई दिन्छन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल
इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।आज (सोमबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना
एजेन्सी । जब विश्व स्वास्थ्य एम पक्स (मंकीपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्यो, तब विश्वभर एउटा प्रश्न सोधियो । के मंकीपक्स नयाँ कोरोना हो ? वैज्ञानिक र स्वास्थ्य विज्ञहरूको जवाफ छ–होइन, त्यस्तो होइन । तर यसको विषयमा आम मानिसको चिन्ता भने जायज छ ।डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) युरोपका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगेले भने, ‘एमपोक्स नयाँ कोरोना होइन । आम जनताको लागि जोखिम कम छ । हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने थाहा छ,’ उनी भन्छन् । कोरोना र एमपोक्स दुवै रोग भाइरसबाट हुने गर्दछ । तर दुवैको लक्षण एकदमै फरक छ र फैलाउने तरिका पनि फरक छ । दुई रोगमा समानता भन्दा धेरै भिन्
बङ्गलादेश । बङ्गलादेशमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ४५ लाख मानिसहरू प्रभावित भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयले शुक्रबार जनाएको छ ।‘ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स’का अनुसार बङ्गलादेश प्रकोप र जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका देशमध्ये एक हो । करिब सत्र करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशका सयौं नदीमा पछिल्लो समयमा बारम्बार बाढी आएको छ ।विपद् मन्त्रालयको शुक्रबारको बुलेटिनमा प्रभावित तथा मृतकको पुष्टि गरेको हो । बुलेटिनअनुसार लगभग एक लाख ९० हजार प्रभावितहरूलाई आपतकालीन राहत शिविरमा राखिएको छ । बङ्गलादेशका ६४ जिल्ल