All Posts By इटहरी खबर संवाददाता

    Showing १,५८१-१,५९० of ३,०८७ items.
  • संसदीय समितिमा आज बयान दिँदै रवि लामिछाने

    काठमाडौं । सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग आज (शुक्रबार) बयान लिने भएको छ । लामिछानेलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाइएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिले जनाएको छ । सूर्यदर्शन, सानोपाइलालगायत सहकारी संस्थामा सर्वसाधारणले राखेको रकम गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको सन्दर्भमा सोधपुछका लागि समितिले लामिछानेलाई बोलाएको हो ।समितिले आरोपितसँग बयान लिने क्रम अन्तिम चरणम

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • ४१९ पटक पढिएको
  • आजकाे माैसम : काेशी प्रदेशका केहि जिल्लामा मध्यम वर्षा , यी प्रदेशमा हुदैछ भारि वर्षा

    इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशातर्फ अवस्थित रहेको छ ।हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज (शुक्रबार) दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • २९३ पटक पढिएको
  • झापामा ‘क्लास वर्क’ नगरेको भन्दै बिद्यार्थीमाथी पाइपले निर्घात कुटपिट

    झापा । झापा जिल्लाको शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयमा एक शिक्षकद्वारा छात्रामाथि भएको निर्मम कुटपिटको घटना सार्वजनिक भएको छ। कक्षा ६ मा अध्ययनरत अन्जलि गुरुङलाई नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले कुटपिट गरेका हुन्। घटनाको कारण अन्जलिको कम्मरमाथि तीनवटा गहिरा घाउ बनेका छन्, जसको अहिले बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ।यो घटना त्यतिबेला भएको थियो जब कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। शिक्षक निरौलाले सबै विद्यार्थीलाई 'क्लास वर्क' गर्न भनेका थिए, तर अन्जलिले उक्त कार्य गर्न अस्वीकार गरिन्। जब शिक्षकले सोधेका थिए कि किन काम गरिनौ, उनले ‘आउ

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ४१२ पटक पढिएको
  • डोलेश्वरमा दर्शनार्थीको भीड, सूर्यविनायकमा सार्वजनिक बिदा

    भक्तपुर । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि भीड लागेको छ । मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला छन् ।सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुला गर्ने र डोलेश्वरको शिलामा पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।मन्दिरमा बिहान ४ बजेदेखि चारवटै ढोका खुला गरेर दर्शनको व्यवस्था गरेको र बिहानैदेखि दर्शनार्थीको भीड लागेको बताउदै उहाँले डोलेश्वर मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • १८१ पटक पढिएको
  • झापाकाे मेची पुलबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

    झापा । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने दुई जनालाई मेची पुलबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–११ बस्ने २४ वर्षीय निलजंग बस्नेत र उर्लाबारी नगरपालिका–२का २४ वर्षीय खुमराज भण्डारी रहेका छन् ।मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका बस्नेतलाई शङ्का लागेर चेकजाँच गरेको थियो । त्यस क्रममा उनको साथबाट प्लास्टिकसहित ३ ग्राम २३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।त्यस्तै मेची पुलमै प्लास्टिकसहित ५ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित भण्डारी

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ४०० पटक पढिएको
  • परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

    काठमाडौं । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् ।भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी छन्। भेटका क्रममा नेपाल भारत सम्बन्ध, व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत बहुआयामिक द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • २३३ पटक पढिएको
  • धनुषामा ३७७ उद्योग बन्द, नौ हजारभन्दा बढी कामदार बेरोजगार

    जनकपुरधाम । धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन्।गत आवमा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिए। उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिब नौ हजारभन्दा बढी कामदार बेरोजगार भएका छन्।कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ एक हजार १२ उद्योग दर्ता, दुई हजार ५९ उद्योग नविकरण, पुँजीवृद्धितर्फ एक सय ६४, नामसारीतर्फ १९, ठाउँसारीतर्फ २४, शाखा थप १३, प्रतिलिपी दुई सय २५, नामपरिर्वतन ६९ तथा आयात एवम् निर्याततर्फ ५४ व्यवसाय रहेका छन्। त्यसैगरी उद्योगतर्फ दर्ता आठ सय प

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • २३२ पटक पढिएको
  • साफ यू–२० च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल आज बंगलादेशसँग भिड्दै

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा आज (बिहीबार) नेपाल र बंगलादेशबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आजको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेल खेल्न लागेको नेपाल दोस्रो जितको खोजीमा रहने छ ।नेपालले आजको खेल जितेमा समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ । यसअघि उदघाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले पराजित गरेको थियो । बंगलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ‘ए’ को विजेता बन्ने छ । नेपालको लागि भने समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्नेछ । 

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ४२८ पटक पढिएको
  • सिधा कुराको ‘फेक अडियो’ प्रकरणका अभियुक्त राजकुमार तिमल्सिना पक्राउ

    काठमाडौं । सिधा कुराले प्रशारण गरेको फेक अडियो बनाएको आरोप लागेका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार साँझ काठमाडौंबाटै पक्राउ गरेको एसपी अंगुर जीसीले जानकारी दिए । तिमल्सिनाले बनाएको अडियोलाई सिधा कुरा अनलाइनले प्रशारण गरेको थियो । सो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ असार १३ गते विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरविरुद्धको अपराध गरेको अभियोगमा तिमल्सिनासहित तीन जनालाई प्रतिवादी बनाएर १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । त्यसमध्ये तिमल्सिनासहित फेक

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • २५६ पटक पढिएको
  • रोनाल्डोले खोले युट्युब च्यानल, ११ घण्टामै ९.७४ मिलियन सब्स्क्राइबर

    एजेन्सी । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो युट्युबमा आएका छन् । रोनाल्डोले बुधबार आफ्नो नयाँ युट्युब च्यानल UR Cristiano सार्वजनिक गर्दै युट्युबमा आएका हुन् । सामाजिक सञ्जालमा विश्वमै सबैभन्दा बढी फलोअर भएका रोनाल्डो अहिलेसम्म युट्युबमा आधिकारिक रूपमा आएका थिएनन् । युट्युबमा उनले केही भिडियो समेत शेयर गरेका छन् ।उनले युट्युब च्यानलमार्फत आफ्नोबारे थप जानकारी हासिल गर्न सकिने बताएका छन् । युट्युब च्यानल खोलेको ११ घण्टामै ९.७४ मिलियनले रोनाल्डोको च्यानललाई सब्सक्राइब गरेका छन् । रोनाल्डोको सामाजिक सञ्जाल एक्समा ११२.५ मिलियन, फेसबुकमा १७० मिलियन तथा इन्स्टाग्राममा ६३६ मिलिय

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ३५५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल