वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य घटाइ दिएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकांक्षी लक्ष्य दिए पनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन् । विभागले आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलन गर्ने लक्ष्य रु २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजारले घटाइदिएको हो ।विभागले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०८०/८१ मा रु दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले
मड्रिड । विश्वको सबैभन्दा वृद्धा व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मङ्गलबार ११७ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ । गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो । ‘मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो’, उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । ‘हामीमा उहाँको सम्झना सधै रहनेछ ।’ क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’ मा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यास
इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज (बुधबार) बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भ
इटहरी । संखुवासभा प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–२ स्याबुन बस्ने अन्दाजी वर्ष ४० का भिषण जिमी रहेका छन्।जिमीले पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित नागरिक आरोग्य केन्द्रमा वैध (स्वास्थ्य चौथो तह) को रुपमा कार्यरत एक स्वास्थ्यकर्मीलाई भदौ २ गते अश्लिल गालिगलोज तथा हातपात गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय वाना, संखुवासभाबाट खटिएको प्रहरी टोलीले उनलाई भदौ ३ गते नियन्त्रणमा लिएर उनीमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान भइरहेको जनाएको छ।
इटहरी । विराटनगरको बाल सुधारगृहबाट दुई जना बालक फरार भएका छन्।कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका दुई बालक फरार भएको मोरङका डीएसपी एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।दुवै बालक १६ वर्ष उमेरका रहेका उनले जानकारी दिए। उनीहरू मंगलबार दिउँसो ३ बजेतिर तार नाघेर भागेका हुन्।अदालतले कोसी गाउँपालिकाका बालकलाई १२ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। बराहक्षेत्र नगरपालिका–११ घर भएका बालकलाई जबर्जस्ती करणी मुद्दामा अदालतले गत असार २८ गते पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको थियो।
सर्लाही । सर्लाहीको ईश्वपुरमा हायस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको बा.प्र-०६-००१ ज ००६६ नम्बरको हायस ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलमा सोमबार दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठका अनुसार तीव्र गतिको हायस आफैँ अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो। हायसमा चालकसहित १२ जना सवार थिए। घाइते सबै खतरामुक्त छन्।दुर्घटनामा घाइते भएका गोडैता नगरपालिका-९ बकैनिया निवासी २८ वर्षीय सरोज कुमार चौधरी, २४ वर्षीय शुशिल कुमार चौधरी, २३ वर्षीय चुनचुन महतो, २६ वर्षीय रामजी
सोलुखुम्बु । थामेखोलामा आएको बाढीले कारण थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पुर्याउँदा झण्डै एक हजार घरपरिवार प्रभावित भएका छन् । गत शुक्रबार खुम्बु पासाङल्हामू गाउँपालिका–५ थामेमा आएको बाढीले गाउँसहित नौ सय ३० किलोवाट क्षमताको उक्त परियोजनाको बाँधमा क्षति पुर्याएको थियो । जसका कारण वडा नं ४ खुम्जुङ, खुन्दे तथा वडा नं ५ नाम्चे र थामेका गरी नौ सय ६० घरभन्दा बढी घरपरिवार प्रभावित भएको खुम्बु विजुली कम्पनीका प्रबन्धक सोनाम दोर्जी शेर्पाले जानकारी दिए । गाउँपालिका वडा नं ५ का अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले बाढीका कारण जलविद्युत् परियोजनामा क्षति पुगेको उल्लेख गर्दै सञ्च
सुर्खेत । सुर्खेतबाट नेपालगञ्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको ज्यान गएको छ ।सोमबार सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।कार्कीलाई दुर्घटनालगत्तै उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो ।उनको उपचारका क्रममा करिब राति २ बजे निधन भएको प्रहरीको भनाइ छ । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचत भएका थिए । उपा
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भारत भ्रमणमा रहेकी उनले सोमबार बेलुकी नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गरेकी हुन् ।भेटवार्ताको क्रममा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन् ।भेटवार्तामा रहेका एक परराष्ट्रका अधिकारीका अनुसार मन्त्री राणाले प्रधानमन्त्री मोदीलाई निमन्त्रणा हस्तान्तरण गरेकी थ
इटहरी । सरकारले ‘टिकटक’ माथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई १० महिनाअघि लगाएको टिकटकमाथिको प्रतिबन्ध केपी शर्मा ओली नेतृत्वको सरकारले हटाउने गृहकार्य अगाडि बढाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री ओलीले चासो र निर्देशनमा टिकटकमाथिको प्रतिबन्ध हटाउनका लागि प्रक्रिया अगाडि बढाइएको स्रोत बताउँछ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग प्रतिबन्ध हटाउने विषयमा छलफल थालेका छन् । सञ्चार मन्त्रालयले निर्णय गरेर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेपछि त्यसबारे आवश्यक