All Posts By इटहरी खबर संवाददाता

    Showing १,६११-१,६२० of ३,०८७ items.
  • दुर्व्यवहार हुन थालेपछि युवतीले हानिन् चिर्पट, घटनास्थलमै बिते दिलबहादुर

    रुकुम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या गरेको आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही वडाको कलटाकुरा बस्ने एकै घरका तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ६१ वर्षीय मोहवीर खत्री, उनका कान्छो छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ वर्षीया मिनाकुमारी बुढाथोकी केसी रहेका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बुढाको आइतबार राति १० बजेतिर मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक शाहीको ने

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • २१४ पटक पढिएको
  • नेपाल प्रिमियर लिग यो पटक ‘क्यान’ आफैले आयोजना गर्दै, लोगो सार्वजनिक

    इटहरी । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरिएको छ । क्यानले आज (सोमबार) साँझ होटल सोल्टीमा लोगो सार्वजनिक गरेको हो । खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरेका हुन् ।लिगको मिति समेत सार्वजनिक गरिएको छ । क्यानले आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको छ । क्यानको महत्वाकांक्षी परियोजनाको रुपमा प्रतियोगिता आफै आयोजना गर्न लागेको हो । यसअघि क्यानले दुई वर्षअघि नेपाल टी–२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो । तर सो लिग विवादित बन

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • ३२९ पटक पढिएको
  • दिल्लीमा देउवाको दौडधुप : ‘बाहरी सन्स’मा सपिङ, प्रधानमन्त्री मोदी र जयशंकरसँग ‘मुलाकात’

    काठमाडौं ।  परराष्ट्रमन्त्री आरजु राणा  देउवा यतिबेला भारतको औपचारिक ५  दिने भ्रमणमा छिन् । परराष्ट्रमन्त्रीको रुपमा देउवाको यो पहिलो विदेश भ्रमण हो । भारतका विदेशमन्त्री जयशंकरको निमन्त्रणामा दिल्ली गएकी राणाले आइतबार नयाँ दिल्लीको खान मार्केटमा रहेको चर्चित पुस्तक पसल ‘बाहरी सन्स’ पुगेर पुस्तक सपिङ गरेकी छिन् ।  खाना मर्केटमा रहेको  ‘बाहरी सन्स’ चर्चित पुस्तक पसल मानिन्छ । उनले आइतबार त्यही ‘बाहरी सन्स’ पुगेर पुस्तक किनेकी हुन् ।  परराष्ट्रमन्त्री राणाले नयाँ र पुराना पुस्तकहरू किनेको दूतावासका अधिकारीले जनाएका छन् । राणाकै आग्रह अनुसार दूतावासका अधिकारीहरु

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • १०५ पटक पढिएको
  • आज देशभर गाईजात्रा मनाइँदै, काठमाडौं उपत्यका लगायत ठाउ ठाउमा सार्वजनिक बिदा

    इटहरी । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि ८ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । सोहि अनुरुप आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने चलन रहेको छ । साथै परिक्रमामा सहभागि श्रद्धालुद्वारा गाईलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन रहेको छ ।प्रताप मल्लको पालादेखि सुरुभएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • २५६ पटक पढिएको
  • चार प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

    इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (मंगलबार) दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थ

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • १७९ पटक पढिएको
  • आज सोमबार, भगवान शिवको विशेष दिन

    इटहरी । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ ।सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • ४१८ पटक पढिएको
  • साफ यू–२० च्याम्पियनसिपः आज भारत र भुटान भिड्दै

    इटहरी । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आज सोमबार भारत र भुटान भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। समूह बी मा रहेको भारत र भुटानले खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछन्। यी टोलीसँगै समू बी मा मालदिभ्स पनि छ।आइतबार भएको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपको सुरुवात गरेको छ।समूह ए मा नेपाल र श्रीलंकासँगै बंगलादेश छ। समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • २०८ पटक पढिएको
  • खोटाङमा झाडापखालाबाट ४ वर्षीय बालकको मृत्यु

    खाेटाङ । झाडापखालाका कारण खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ।  तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आज साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो।अस्पताल प्रमुख डा। रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताए। बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो।भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिए। बिरामीलाई घरैमा रा

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • २९० पटक पढिएको
  • चितवनमा मोटरसाइकल दुर्घटना , प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

    चितवन । चितवनको खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ६३७ नम्बरको मोटरसाइकल आज विहान दुर्घटना हुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए ।गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । मोटरसाइकल दुर्घटनाका विषयमा थप अनुसन्धान

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • २५६ पटक पढिएको
  • लामीडाँडा विमानस्थलमा नियमित उडान अझै अनिश्चित

    खोटाङ । खोटाङको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार लगानीमा सो विमानस्थल कालोपत्र गरिएको थियो । तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले परीक्षण उडानको उद्घाटन गरेका हुन् ।समिट एयरको नाइन एन–एएम्जी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता भट्टराईले लामीडाँडा विमानस्थलमा नियमित उडान भराउनका लागि प्राधिकरणसँग छलफल भइरहेको बताएका थिए । तर, विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एक पटक पनि विमान उडान तथा अवतरण भएको

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • ३१८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल