इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
इटहरी । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज (सोमबार) देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदैछ ।आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल बताए ।मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रि
इटहरी । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज (सोमबार) देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्रधारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिम
संखुवासभा । कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले छ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो ।उक्त परियोजनाअन्तर्गत सङ्खुवासभाका १० र भोेजपुरका छ स्थानीय तहमा कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिनुभयो । अलैँची सुपर जोनतर्फ २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोनतर्फ छ सय ८७ हेक्टरमा कार्यक्रम लागु गरिएको उहाँले बताउनुभयो ।सुपर जोन क्षेत्रमा अलैँची र सुन्तला उत्पादन बढाउन यो वर्ष सिँचा
झापा । गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताउनुभयो ।उहाँका अनुसार राजमार्गमा ढलेको रुखहरु राति नै जेसीबी लगाएर पन्छाइएको छ । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२३च
जनकपुर । साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मधेसको मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ । साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारीले मिथिला क्षेत्रमा केही दिन पहिलेदेखि नै राखी गीत गुञ्जिरहेका छन् ।‘आबन हे सखी, आयल साउनक पूर्णिमा,भैयाके अबैय याद हे,भैया नई ऐलौं, निष्ठुर भेला,निरस भगेल हमर पावन हे !’(यता आउ हे सखी, अब साउनको पूर्णिमा आउँदैछ, त्यसैले दाजुभाइको सम्झना आइरहेछ । तर दाजुभाइ भने आउने सोधखबर गर्दैनन्, पर्व मेरा लागि निरस हुने भयो) मिथिलामा अहिले सुनिने धेरैजसो गीत राखी केन्द्रित छन् ।‘आयल साउनक सुदिन यौ भैया,राखीमें जरुर अबै यौ,राखीक पावेन अलै यौं भैया,कोनाक गेली बिसैर यौ !’
झापा । वैदेशिक रोजगारीका लागि छ वर्षअघि ओमान पुगेकी मेचीनगर नगरपालिका–१० की ४५ वर्षीया बिनादेवी कुवर डेढ वर्षदेखि त्यहीको एक अस्पतालमा अचेत अवस्थामा रहेकि छिन ।राजधानी मस्कटबाट एक हजार किलोमिटर टाढा सलाहस्थित सुल्तान काबुस अस्पतालमा उनी डेढ वर्षदेखि अचेत अवस्थामा रहेको छोरा सञ्जय कवरले बताए ।“आमा ओमानको अस्पतालमा बेहोस अवस्थामा हुनुहुन्छ भनेर खबर पाएका छौँ”, छोरा सञ्जय कवरले भने “नेपाल ल्याउन रु १३ लाख खर्च लाग्छ रे । हामीले त्यत्रो पैसा कहाँबाट जुटाउनु ?” उनले आमालाई नेपाल ल्याउन सहयोगका लागि अपिल समेत गरेका छन ।विपन्न परिवारकी विनादेवी कवर २०७५ सालमा भारतको बाटो भएर घरेलु कामदारका लागि ओमान
इटहरी । ‘भ्वाइस किड्स’ सिजन–३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार अबेर सकिएको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् । विजेतालाई हिमालय टीभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेललगायतले पुरस्कार प्रदान गरे ।जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । प्रमोदको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्
काठमाडाैं । विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन्। लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि भने पोखराकी बालकाशी गुरुङले जितिन्। समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटर उचाइमा अवस्थित लेवथाङमा आयोजना गरिएको यस प्रतियोगिता विश्वकै उच्च स्थानको गल्फ प्रतियोगिता भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले दाबी गरे। गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य विजयी विष्टले नौ होलको खेलमा तीन अन्डर हान्दै २१ स्कोर बटुले।
इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।यतिबेला (आइतबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणदेखि पूर्णतया बदली रहने छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदु