All Posts By इटहरी खबर संवाददाता

    Showing १,६३१-१,६४० of ३,०८७ items.
  • साफ यू–२० च्याम्पियनसिप आजदेखि : उदघाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आज (आइतबार) देखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।यसअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो । एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रूपैयाँ टिकट दर तोकिएको छ ।च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन् । सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र श्रीलंका रहेका छन्

    • प्रकाशित मितिः भदौ २, २०८१
    • ४०६ पटक पढिएको
  • रक्षाबन्धन : शासन सत्तामा बस्ने सतर्क हुनुपर्छ, सर्वसाधारणले समय हेर्न पर्दैन

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्नसक्ने जनाएको छ । शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ ।समितिले विज्ञप्ति निकालेर भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यस दिन दिउँसो १ः३१ बजेसम्म भद्रा परेको जनाएको छ । यो वर्ष भद्रा परेकाले रक्षाबन्धन गर्न नहुने चर्चाबीच समितिले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको हो । समितिले शुक्रबार विज्ञप्तिअनुसार भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला छ । घण्टा मिनेट अनुसार त्यसदिन दिउँसो १ बजेसम्म भद्रा परेको छ ।यसलाई लिए

    • प्रकाशित मितिः भदौ १, २०८१
    • ३७६ पटक पढिएको
  • खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी, उद्धारमा सेना र प्रहरी

    सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्य चौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर

    • प्रकाशित मितिः भदौ १, २०८१
    • ४६८ पटक पढिएको
  • क्यानडा अध्ययन गर्न जानेलाई दूतावासले दियाे सात सुझाव : डेरा र रोजगारी पाउन मुस्किल

    काठमाडौँ ।  क्यानडाको ओटावास्थित नेपाली राजदूतावासले नेपालबाट अध्ययनका लागि क्यानडा जाने विद्यार्थी र अभिभावकका लागि सात सुझाव दिएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडाको नयाँ नीतिनियम तथा त्यहाँ रहँदा नेपाली विद्यार्थीहरूले पालना गर्नुपर्ने विभिन्न नियमहरूबारे पनि जानकारी गराएको हो ।निकट भविष्यमै नयाँ शैक्षिक सत्रको सुरुवात हुन लागेकोले अध्ययनका लागि जान चाहेको कलेज, विश्वविद्यालयहरूको राम्रो अनुसन्धान गरेर मात्रै आवश्यक प्रक्रिया चाल्न आग्रह गरिएको छ । यस्तो छ दूतावासको ७ बुँदे सुझाव१. विद्यार्थीहरूका लागि यस दूतावासबाट यस अघि२०८१ वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना र

    • प्रकाशित मितिः भदौ १, २०८१
    • १९६ पटक पढिएको
  • अमेरिकाले नेपाललाई हेलिकोप्टर दिने

    काठमाडाैं । संयुक्त राज्य अमेरिकाले विपद प्रतिकार्यका लागि नेपाली सेनालाई हेलिकोप्टर खरिदमा सहयोग गर्ने भएको छ । अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई हेलिकोप्टर खरिदका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताएको नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा गएका बेला नेपाली सेनाले दुई वटा हेलिकोप्टर खरिदका लागि सहयोग गर्न आग्रह गरेको थियो । यस पटक उपविदेश मन्त्रीको भ्रमणका बेला त्यो प्रस्तावमा अमेरिका सहमत भएको उनले बताएका हुन् । सैनिक स्रोतका अनुसार, अमेरिकाले वैदेशिक सहायता शीर्षकमा यो सहयोग

    • प्रकाशित मितिः भदौ १, २०८१
    • २०० पटक पढिएको
  • शिवशिखर सहकारीका पूर्व अध्यक्ष शर्माको २२ अर्ब सम्पति ‘अवैध’

    काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष केदारनाथ शर्माको २२ अर्ब रुपैयाँ सम्पत्ति अवैध पाइएको छ । उनको सम्पतिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण मुद्दा जिल्ला अदालत भक्तपुरमा पुगेको छ । जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले दुई महिना बढी अभियोजन अध्ययन गरी आज (शुक्रबार) मुद्दा अदालत लगेको हो । आज मुद्दाको फाइल अदालतमा लगेको र आइतबार दर्ता हुने सरकारी वकिल कार्यालय स्रोतले जानकारी दियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केदारनाथलगायत नौं जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । विभागले केदारनाथ, उनकी पत्नी गीता, उनले सम्पत्ति लुकाउन प्रयोग गरेका व्यक्ति र व

    • प्रकाशित मितिः भदौ १, २०८१
    • ३११ पटक पढिएको
  • थामे बाढी : उद्धार र राहतका लागि गाउँपालिकाले गुहार्‍यो सरकार

    खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेको थामेमा आजदेखि भीषण बाढी आएपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो । ‘दूधकोशीको शीरमा रहेको ताल फुटेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ’, जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत शिवकुमार राईले शुक्रबार साँझ जारी गरेको सूचनामा भनिएको छ, ‘दूधकोशी किनारमा बसोबास गर्ने र अन्य कार्य गर्ने नागरिक सतर्क रहन अनुरोध छ ।’ बाढीले सोलुखुम्बुस्थित खोला किनारमा रहेको थामे गाउँको दर्जन बढी घर, विद्यालय भवन तथा स्व

    • प्रकाशित मितिः भदौ १, २०८१
    • २१७ पटक पढिएको
  • भारतले धौलीगंगा बाँध खोल्दै, सतर्क रहन आग्रह

    काठमााडाैं । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज (शनिबार) खोलिने भएको छ । बाँध खोलेपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर आग्रह गरेको छ ।प्रशासनकाअनुसार परियोजनाको बाँधको सिल्ट सफाइ गर्नका लागि आज बाँधका ढोका खोल्ने जानकारी आएको छ । आज बिहान ८ बजेदेखि भोलि बेलुकासम्म बाँध सफा गर्न ढोका खोल्न लागिएकाले महाकाली नदीको जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।

    • प्रकाशित मितिः भदौ १, २०८१
    • १५३ पटक पढिएको
  • रक्षक नै भक्षक बनेपछि: भक्तपुरकाे प्रहरी बिटभित्रै हवलदारले गरे किशोरीमाथि बलात्कार

    भक्तपुर । प्रहरी बिटभित्रै उक १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । भक्तपुरको कमलविनायक बिटमा कार्यरत प्रहरी हवल्दार नवराज श्रेष्ठले बिटभित्रै बालिकालाई बलात्कार गरेको अभियोग लागेको हो । हवल्दार श्रेष्ठलाई जिल्ला अदालत, भक्तपुरले गत साता पुर्पक्षका लागि थुनामा पठाएको छ । ग्त असार २९ गते कमलविनायकस्थित कमलपोखरी क्षेत्रमा रातको समयमा युवकसँग गफ गरेर बसिरहेकी किशोरीलाई पक्राउ गरी बिटमा ल्याएर बलात्कार गरेको अभियोग हवल्दार श्रेष्ठमाथि लागेको छ ।सुरुमा दुई प्रहरी गएर रातिसम्म किन बाहिर बसेको भनेर किशोरी र अर्का युवकलाई घर जान भनेर सम्झाएका थिए । त्यसको केहीपछि हवल्दार श्रेष्ठ एक्लै सो स्थ

    • प्रकाशित मितिः भदौ १, २०८१
    • २९४ पटक पढिएको
  • पहिरोले खाेटाङमा बगायो दर्जनबढी कृषककाे धानबालीसहितको खेत

    खोटाङ ।  पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित भएका छन् । गत साउन १६ र १७ गतेको वर्षापछि पहिरोले खाल्लेमा धानबालीसहित खेत बगाएको थियो ।  पहिरोले स्थानीय कोपिला बस्नेत र डम्बर केसीको धानसहितको १५/१५ रोपनी खेत पुरेको छ । बर्सेनी १८ मुरी धान फल्ने खेत बगाएपछि गरिखाने खेत बाँकी नरहेको पीडित बस्नेतले बताए । उनको खेतको सिरानदेखि पहिरो गएको छ । ‘पहिरोले तीन भागमध्ये दुई भाग खेत बगाइसकेको छ । खेत बग्ने क्रम जारी छ’, उनले भने, ‘६ जनाको परिवार यही धानबालीले टार्दै आएकी थिएँ । पहिरोले खेत नै बगाएपछि कसरी परिवार चलाउने भन्ने पीर लागे

    • प्रकाशित मितिः भदौ १, २०८१
    • २४० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल