All Posts By इटहरी खबर संवाददाता

    Showing १,६४१-१,६५० of ३,०८७ items.
  • आजकाे माैसम : दिउसाे ४ प्रदेश र राती सातै प्रदेशमा मध्यम वर्षाकाे सम्भावना

    इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ ।बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आन्सिकदेखि साधारणतया बदली रहको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ । दिउँसो देशभर साधारणतया बदली रहने छ भने सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्ष

    • प्रकाशित मितिः भदौ १, २०८१
    • १६८ पटक पढिएको
  • साेलुखुम्बु थामे बाढी :एक जना बेपत्ता , सात जनाको उद्धार

    सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रको बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ । एक जना बेपत्ता भएको आशंका छ । दिउँसो अचानक आएको बाढीले १६ वटा घर बगाएको छ । त्यस्तै, एउटा विद्यालय, एउटा क्लिनिक र एउटा होटल पूर्ण रुपमा क्षति भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले जानकारी दिइन् । उनका अनुसार क्षतिको पूर्ण विवरण आइसकेको छैन । उनले भनिन्, ‘पानी परिरहेको र हिँडेर जानुपर्ने भएकाले उद्धार टोली पनि केहीबेर अघि मात्रै पुग्यो । सात जना मान्छेसहित पशुपंक्षीको उद्धार गरिएको छ । एक जना बाढीमै बेपत्ता भएको आशंका छ, कन्फर्म गर्दैछौ

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • १,२५८ पटक पढिएको
  • बाहुनडाँगीमा वर्षौदेखि मानव र हात्तीबीच लुकामारी : १५ वर्षमा ६७ जनाको मृत्यु, २१ हात्ती मारिए

    झापा । तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सिएका छैनन् । उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को उपाय नै थिएन ।‘भारततिरबाट हुल बाँधेर हात्ती गाउँ पसेपछि कुकुर भुक्न थाल्थे’, तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष समेत रहेको तिवारीले सुनाए, ‘हामी चाहिँ बाँसको भाटामा पाटा बेरेर बनाइएको पुल्ठो मट्टितेलमा चोबेर राँको बनाउँथ्यौं र सिठी फुकेर हात्तीको हुललाई पछाडिबाट धपाउँथ्यौं ।’ गाउँका मानिस रातभर अनिदो बसेर हात्ती धपाउन खटिन्थे । एउटा बस्तीमा हात्ती पसेको हल्ला फैलिएपछि अ

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • १,६४७ पटक पढिएको
  • सप्तरीमा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा शुक्रबार तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर बस्ने अन्दाजी ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय जयप्रकाश मेहताको  मृत्यु भएको प्रहरीले जनाएको छ ।महेशको घटनास्थलमा नै मृत्यु भएको छ भने दुर्घटनामा घाइते जयप्रकाशको कञ्चनरूप १२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • २५३ पटक पढिएको
  • सापटी पैसा फिर्ता नदिएपछि ६२ वर्षीया बृद्धाकाे हत्या

    लमजुङ  । लमजुङको बेंसीशहर नगरपालिका–११, चिती बजरखुट्टाका एक व्यक्तिले पैसा सापटी नदिएको झोकमा एक महिलाको हत्या गरेका छन् । बेंसीशहर नगरपालिका–११, चिती बजरखुट्टाका ४७ वर्षीय सुके भनेर चिनिने सुग्गरे सार्कीले पैसा सापटी माग्दा नदिएको झोंकमा चितीकै तिवारीडाँडा बगैंचाकी ६२ वर्षीया वृद्धा सान्नानी घर्तीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।जिल्ला प्रहरी कार्यालय लमजुङले आज (बिहीबार) सान्नानीको हत्या अभियोगमा पक्राउ परेका सुग्गरेलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार सुग्गरेले सान्नानीसँग ५० हजार रुपैयाँ सापटी मागेको र नदिएपछि खुर्पा (हँ

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • ३२६ पटक पढिएको
  • घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ , अब कति ?

    इटहरी । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको आज (बिहीबार) बसेको सञ्चालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।निगमले भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र मट्टितेल १५२ रुपैयाँ कायम भएको छ ।त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजेल तथा मट्टिते

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • २९६ पटक पढिएको
  • भारतीय प्रधानमन्त्री मोदीको ‘एक पेड माँ के नाम’ अभियान काठमाडौंमा पनि

    काठमाडौँ । आफ्ना आमाहरुको सम्मानमा मानिसहरुलाई वृक्षारोपण गर्न आग्रह गर्दै विश्व वातावरण दिवस २०२४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक पेड माँ के नाम’ अभियानको उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीको उक्त अभियानको नेपालमा पनि सुरुवात गरिएको छ । ७८ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपे ।   भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि गत २७ साउनमा दूतावास परिसरमै अर्को नीलो गुलमोहरको बिरुवा रोपेर यस अभियानप्रति आफ्नो प्रतिबद्धता जनाएका थिए ।वातावरण संरक्षण तथा वातावरणीय दिगोपन

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • २५० पटक पढिएको
  • नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति बन्द हुने

    काठमाडौं । नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा आज (शुक्रबार) राति प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गरिंदैछ । त्यसक्रममा आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आज सूचना जारी गरी उक्त जानकारी गराएको हो ।नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ । यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमा समेत मागेको छ । सेवासम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • २६९ पटक पढिएको
  • गट्ठाघर दुर्घटना : ज्यान गुमाउने स्कुटर चालक महिला नभई पुरुष भएको खुल्यो

    काठमाडौं । भक्तपुरको गट्ठाघरमा हिजो (बिहीबार) दिउँसो ट्रकको ठक्करबाट ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए । यसअघि दोलखाको मेलुङ गाउँपालिका–४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर दुर्घटनामा ज्यान गुमाउने आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो । तर उनले गलत जानकारी दिएको खुलेपछि प्रहरीले सनाखतको लागि थप प्रयास गरेको थियो । मृतक झण्डै ४०-४५ वर्षको पुरुष भएको परिसरले जानकार

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • ३२२ पटक पढिएको
  • परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत सिफारिस

    इटहरी । सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।पाकिस्तानका लागि पूर्व राजदूत समेत रहेकी लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको एक जना मन्त्रीले बताए । यसअघि बेल्जियम खाली राखेर अन्य देशमा मात्र राजदूत सिफारिस गरिएको थियो । बेल्जियमको ब्रसेल्समा युरोपेली आयोगको मुख्यालय रहेकाले यहाँको जिम्मेवारीलाई महत्वपूर्ण मानिन्छ । लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो मह

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • २२३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल