काठमाडाैं । गए रातिदेखिको वर्षाका कारणा खोटाङको ऐसेलुखर्क, दूधकोसी रबुवाबजार, ओखलढुंगा, मानेभन्ज्याङलगायत क्षेत्रका नदीमा पानीको बहाव बढेको छ।थप वर्षा हुनसक्ने सम्भावना रहेकाले दूधकोसी नदी र यसका सहायक नदीमा तथा टाप खोला, रावा खोला, मौलुङ खोला र अन्य स–साना खोलामा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सङ्खुवासभाको खाँदबारी, अरुण तुर्केघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र उक्त क्षेत्र भएर बहने अरुण नदी र यसका सहायक नदी तथा सभा खोला, हिन्वा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने विभागले जनाएको छ। नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो
काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवहरूको सरुवा गरेको छ । अवधि पूरा गरेका, फाजिलमा रहेका, काजमा खटिएका, मन्त्रीका सचिवालयमा माग भएका आधारमा उपसचिवहरुको सरुवा गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोदकुमार दाहाल विद्युतीय सुशासन आयोग पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विजय शर्मा महिला, बालबालिका मन्त्रालयमा सरुवा भएका छन् ।राष्ट्रिय महिला आयोगका माधवराज मरासिनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेका छन् । ऊर्जा मन्त्रालयका उपसचिव हेमराज भुसाललाई राष्ट्रिय महिला आयोगमा पठाइएको छ । महिला, बालबालि
एजेन्सी । यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गए राति भएको खेलमा इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै मड्रिडले उपाधि जितेको हो ।रियलका लागि केलियन एमबाप्पेले डेब्यू गोल गरे । डेब्यु खेलमा उपाधि उचाल्दै उनले मड्रिडको यात्रा शुरू गरेका छन् । यस्तै अर्को गोल फेडरिक भेलभेर्डले गरे ।५८औं मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गऊल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो ।
काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताएका छन् । पाकिस्तानको ७८ औ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा उनले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताए । ‘शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्राविधिक क्षेत्रमा पाकिस्तान र नेपालबीचको साझेदारीले असल प्रतिफल दिएको छ । डाक्टर, इञ्जिनियर, पत्रकार, विमान चालकलगायत सात हजारभन्दा बढी पाकिस्तानमा दीक्षित नेपालीले यो देशको प्रगतिका निम्ति आ–आफ्नो क्षे
काठमाडौं । मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा सरु बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ । १४ वर्षीया एक बालिकालाई ‘तिमी दुःख पाएकी केटी रहेछौँ, हामीहरुले चाईनिज नागरिकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्यो भने तिम्रो भविष्य’ बन्छ भनि विभिन्न किसिमबाट ललाइ फकाइ मानव बेचविखन गरेको प्रहरीको भनाइ छ । विश्वास दिलाइ चाइनिज नागरिकबाट आर्थिक लाभ लिई साउन १३ गते विवाह गराइ कास्कीको पोखरा महानगरपालिका– ६ लेकसाईड स्थित स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्धक बनाइ राखेको अवस्थामा उद्दार गरिएको हो ।पीडितको आ
काभ्रेपलाञ्चोक । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन् । पाँचखालका नगर प्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजविनका लागि आग्रह गरेका हुन् । सुभाषको पछिल्लो अवस्थाबारे जानकारी लिई खोजतलास गर्न राजदूतसँग विशेष आग्रह गरिएको नगर प्रमुख खरेलले बताए । ‘राजदूतले तत्काल जनशक्ति परिचालन गरी खोजविन गर्न लगाउने आश्वासन दिनु भएको छ, हामी आशावादी भएका
एजेन्सी । बंगलादेशका पूर्वकानुन मन्त्री र पूर्व प्रधानमन्त्री शेख हसिनाका सल्लाहकारलाई १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । बंगलादेशका पूर्व कानुन मन्त्री अनीसुल हक र पूर्व प्रधानमन्त्री हसिनाका निजी उद्योग र लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ ।दुबैलाई ढाकाको न्यू मार्केट एरियाका एक व्यापारी शाहजहाँ अलीको हत्याको आरोपमा बुधवार चीफ मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो । अदालतले प्रहरीले मागे अनुसार १० दिनको पुलिस रिमाण्डमा पठाउन आदेश दिएको हो ।
इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज (बिहीबार) दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ मा गए राति गएको पहिरोले दुई वटा घर बगाएको छ । पहिरोले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुल समेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए । पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिरोले बगाएको हो । उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिरोले पुरेको वडाध्यक्ष शेर्पाले बताए । होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहेकी उनकी छोरी समेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ ।‘साँझदेखि नै पानी पर्न सुरू भएको थियो, राति करिब २ बजेपछि पहिरोले दुई घर बग्यो,
जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिका–१ स्थित मनुसमारामा खोलाले बगाएको एक बालिकाको उद्दार गर्न गएका एक वृद्धको डुबेर ज्यान गएको छ ।मृत्यु हुनेमा स्थानीय ६० वर्षीय गजेन्द्र साह रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुधबार स्थानीय अजय गिरीका १२ वर्षीया छोरी निशाकुमारी र १५ वर्षकी पिंकीकुमारीलाई खोलाले बगाएको थियो । घाँस काट्न जाने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।त्यस क्रममा उद्दार गर्नका लागि स्थानीय गजेन्द्र साह खोलामा पसेका थिए । तर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दिदी बहिनीमध्ये १५ वर्षकी पिंकीकुमारी पौडी खेलेर बाहिर निस्