काठमाडौं । नारयणगढ–मुग्लिन सडकअन्तर्गत सिमललात पहिरोमा परी दुई वटा बस र त्यसका यात्रुहरू त्रिशूलीमा बेपता भएको आज सोमबार एक महिना पूरा भएको छ ।असार २८ गते बिहान साढे तीन बजेतिर दुईवटा यात्रु बस सडकदेखि तल त्रिशूली नदीमा खसेका थिए । केही यात्रुको शव भेटिए पनि बस र ठूलो संख्याका यात्रुको अवस्था अज्ञात छ । दुईमध्ये एउटा बसका तीन जना यात्रुले आफैं पौडेर ज्यान जोगाएका थिए । दुईवटै बस र बाँकी यात्रु त्रिशूलीमा बगेर बेपत्ता भएका थिए । खोजीका क्रममा नारायणी नदीको तट र त्रिवेणी अनि त्योभन्दा पनि तल भारतीय क्षेत्रमा २५ वटा शव भेटिए ।दुर्घटनास्थलभन्दा १०७ किलोमिटर तल पनि शव भेटिएका थिए । भेटिएकामध्य
इलाम । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि असार मसान्तसम्म एक लाख १७ हजार सात सय ४० आन्तरिक र २३ हजार सात सय ७७ जना विदेशी पर्यटक इलाम भित्रिएको केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए । सबैभन्दा कम भदौमा नौ सय १८ र सबैभन्दा बढी पुसमा ३६ हजार एक सय २३ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिए । पर्यटन स
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले पार्टीको आर्थिक दृष्टिकोण फेरि एक पटक परिभाषित गर्ने बेला आएको बताएका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमितिमा आफ्नो भनाइ राख्ने क्रममा चौधरीले देशलाई चलायमान बनाउनका लागि पनि कांग्रेसले आफ्नो आर्थिक दृष्टिकोण परिमार्जित गर्नुपर्ने बताएका हुन् । उनले पार्टीका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले उतिबेला भनेको कुरालाई आधार बनाएर नेता चौधरीले अब कांग्रेसले नै दृष्टिकोण नबदलेसम्म मुलुकको आर्थिक सुधार नहुने बताए । उनले भने, ‘बीपी कोइरालाले भन्नु भएको उत्पादन बिनाको वितरणले समाजवाद ल्याउन सक्द
झापा । प्रहरीले दमकबाट इटालियन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा दमक नगरपालिका-८ का ३६ वर्षीय सञ्जीव गजमेर रहेका छन्। दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकखण्डबाट उनलाई पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सोमबार बिहान ३:५५ बजे गजमेर सवार को३८प ५६४९ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गरेको थियो।स्कुटरको अगाडि चाबी लगाउने भागनेर सामान राख्ने खाली ठाउँमा स्पेशल मेड इन इटाली अटोमसिएल लेखिएको खैरो रंगको कभरसहितको पेस्तोल फेला परेको थियो।गजमेरको पाइन्टको पछाडिको गोजीबाट सो पेस्तोलमा लाग्ने दु
इटहरी । श्रीमतीको हत्या गर्ने एक प्रौढ पक्राउ परेका छन् । आफ्नै श्रीमती ४१ वर्षीया पबित्रा फुयाल नेपालको हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका(१० बागझोडा बस्ने ५८ वर्षीय लक्ष्मण नेपाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घरायसी विवादको क्रममा लक्ष्मणले एक्कासी खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी पबित्राको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले प्रकाशित गरेको बुलेटिन अनुसार अझै तीन दिनसम्म वर्षाको सम्भावना रहेको जनाइएको छ ।महाशाखाका मौसमविद् मिनकु
इटहरी । आज साउन महिनाको अन्तिम सोमबार सुनसरीकाे धरानस्थित पिण्डेस्वाेर धाममा जल चढाउने भक्तजनहरूकाे घुइचाे लागेकाे छ । धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा चतराको कौशिकी नदीबाट जल ल्याएर चढाउने भक्तजनहरुको घुइचाे लागेकाे हाे । सप्तकोशी नदीको संगमस्थलबाट ल्याएको जल चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएकाे छ ।मन्दिरमा पूर्वी क्षेत्रका अधिकांश जिल्लाका भक्तजन, पश्चिमका बैतडी, दाङ, बाजुरा, रौतहत, अछाम, डडेलधुराका साथै छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङलगायत स्थानबाट भक्तजन आउने गरेका छन्।यसै बिच झापाकाे झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जलेश्वर धाममा हजारौ
इटहरी । मोरङको सुन्दरहरैँचा स्थित युवा कवि सिजन श्रेष्ठको कविता संग्रह 'हावामा अल्झिएको स्वर' लोकार्पण गरिएको छ । सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा सुन्दरहरैैचाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले उक्त कृतिको लोकार्पण गरेका थिए।सङ्खुवासभाको वानामा जन्मिएका कवि श्रेष्ठ हाल सुन्दरहरैँचा नगरपालिकामा कार्यरत छन्। संग्रहमा ५३ वटा कविताहरू समावेश छन्, जसको समीक्षा डा. दीपकप्रसाद न्यौपाने र डा. अस्मिता विष्टले गरेका थिए। समीक्षकहरूले संग्रहमा रहेका कविताहरूको उत्कृष्टता र विषयवस्तुको गहिराइको प्रशंसा गरेका छन्। ती कविताहरूमा प्रकृति प्रेम, माया पिरती, गरिबी, र परदेश
एजेन्सी । नेपाली म्याराथन धाविक सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक–२०२४ मा आज (आइतबार) महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यस ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् ।सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । १० दिनअघि पेरिस पुगेकी सन्तोषीले त्यहाँको वातावरणमा घुलमिल नै अभ्यास समेत गरेकी थिइन् । राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यसहित पेरिस पुगेकी सन्तोषीले म्याराथनको कोर्स देखेर सुरुमा केही हच्किए पनि पुरुष म्याराथनमा इथियोपियाका तोला तामिरले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेपछि उत्साह बढेको बताए
एजेन्सी । बंगलादेशको प्रहरी प्रधान कार्यालयले सबै प्रहरीलाई काममा फर्किन निर्देशन दिएको छ । बिद्यार्थी आन्दोलनका कारण शान्ति सुरक्षा जोखिममा परेपछि प्रहरी चौकी छाडेर हिडेका प्रहरीलाई काममा फर्किन र शान्ति सुुरक्षा कायम गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।प्रहरी चौकीका गतिविधि सुचारु गर्न र शान्ति सुरक्षा कायम गर्नका साथै प्रत्येक प्रहरी चौकी क्षेत्रमा नागरिक सुरक्षा समिति गठन गर्न प्रहरी प्रधान कार्यालयबाट निर्देशन दिइएको ढाका ट्रिब्युनले जानकारी दिएको छ । उसका अनुसार यस्तो निर्देशन सबै जिल्लाका प्रहरी उपरीक्षक र प्रहरी चौकीका अधिकृत (ओसी) लाई दिइएको हो ।प्रहरी प्रधान क