इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती र गण्डकी प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा
इटहरी । गायक प्रकाश तिमल्सिनाको निधन भएको छ । तिमल्सिनाको शनिबार साँझ निधन भएको संगीतकार वसन्त सापकोटाले जानकारी दिएका छन् ।घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्याएको र अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन् । २०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए । ३ वर्षको उमेरमा बाढीले बगाउँदा धेरै तल माझीले जालमा पारेर उनलाई निकालेको र पछि हजुरआमाले पा
भोजपुर । भोजपुरको इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ । यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन कष्टकर भएको हो ।बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए । बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको बताए । बढीबाट पाँच करोड बराबरको क्षति भएको उनको अनुमान छ । गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने तीनवटै सडकका
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज (आइतबार) देखि शुरू हुँदैछ । ललितपुरको सानागाउँस्थित थसी ब्यांक्वेटमा मध्याह्न १२ बजेदेखि बैठक शुरू हुने जनाइएको छ ।चार दिनसम्म चल्ने उक्त बैठकको पहिलो दिन केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुनेछ । त्यस्तै बैठकका कार्यसूचीहरू प्रस्तुत गरिनुका साथै पार्टीको राजनीतिक एवम् संगठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरू प्रस्तुत हुनेछ । बैठकको दोस्रो र तेस्रो दिन वर्तमान भू–राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका, नेप
इटहरी । भारतीय विदेश सचिव विक्रम मिस्री आज (आइतबार) नेपाल आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी सोमबारसम्म नेपालमा रहने छन् ।भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । ‘विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बागलुङ । बाढी पहिरोका कारण बाग्लुङकाे बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । हालैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुःखेसो पोखे । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उन
झापा । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट एक शिक्षिकाको ज्यान गएको छ । हल्दीबारी–३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारका क्रममा बी एन्ड सी अस्पताल, बिर्तामोडमा निधन भएको हो ।ती महिला ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकी थिइन् । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बी एन्ड सी अस्पताल लगिएको थियो । पारिवारिक स्रोतका अनुसारको उपचारका क्रममा वी एन्ड सीमै शुक्रबार निधन भएको हो ।
विराटनगर । विराटनगरको सिटी हस्पिटलमा सर्पले टोकेको एक जना बालिकाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।मोरङको रतुवामाइ नगरपालिका – ४ झुकिर्याकी ६ वर्षीया इसिका कुमारी मुखियाको उपचारको क्रममा शुक्रबार साझमा मृत्युभएपछि अस्पताल तनावग्रस्त बनेको हो ।मृतकका आफन्तहरुले हस्पिटल प्रशासन र उपचारमा संलग्न चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै अहिले अस्पतालमा नाराबाजी सुरु गरेका छन् । उनीहरुले हस्पिटल र उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको दायारामा ल्याउनुपर्ने माग राखेका छन् ।बिहीबार राती ९ बजे घरमा खाना खाने क्रममा इसिकालाई सर्पले डसेको थियो । त्यसपछि परिवारका सदस्यले उनलाई तत्काल उपचारको
काठमाडौं । अमेरिका पठाई दिने भन्दै ठूलो रकम ठगेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची घर भएकी २१ वर्षीया लक्ष्मी माझी छिन् ।अर्घाखाँचीको पाणीनी गाउँपालिका–७ घर भएर अहिले तारकेश्वर नगरपालिकामा बस्ने माझीले अमेरिका पठाउँछु भनेर ५४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।अमेरिकामा मासिक दुई लाख तलव हुने जागिर मिलाई दिन्छु भनेर पीडितहसँग रकम उठाएपछि उनी फरार भएकी थिइन् । आरोपीलाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिए । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
काठमाडौँ । पशुपति परिसरमा आयोजित कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन् । संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइले आज प्रवचन दिएका हुन् । मानव सेवा फाउण्डेशनले पशुपतिमा कोटीहोम आयोजना गरेको हो ।महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गरेका थिए । प्रवचनका क्रममा आचार्य कृष्णले भने, ‘संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको अनुभूत गरेको