All Posts By इटहरी खबर संवाददाता

    Showing १,७०१-१,७१० of ३,०८७ items.
  • पेरिस ओलम्पिक : स्पेनले जित्यो पुरुष फुटबलमा स्वर्ण

    काठमाडौं । आयोजक फ्रान्सलाई हराउँदै स्पेनले पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको फाइनलमा फ्रान्सलाई ५–३ ले हराउँदै स्पेनले स्वर्ण जितेको हो । स्पेनको जितमा फर्मपन लोपेज र सर्जियो क्यामेलो समान दुई तथा एलेक्सन बेनाले एक गोल गरे । फ्रान्सका एन्जो मिलोट, म्याग्नेस अक्लिउचे र जीन –फिलिप माटेटाले गोल फर्काए । एन्जो मिलोटले ११औं मिनेटमै घरेलु टोलीलाई शुरूआती अग्रता दिलाएका थिए ।सात मिनेटपछि फर्मिन लोपेजले गोल गर्दै स्पेनलाई खेलमा फर्काए । त्यसपछि भने स्पेनले आफ्नो आक्रामक रूप प्रस्तुत गर्दै लगातार दुई गोल थप्यो । २५औं मिने

    • प्रकाशित मितिः साउन २६, २०८१
    • ४२६ पटक पढिएको
  • ब्राजिलमा विमान दुर्घटना, ६२ जनाकै मृत्यु

    एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यमा ६२ यात्रु सवार एक विमान दुर्घटना हुँदा सबै यात्रुको ज्यान गएको छ ।भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो ।तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएको हो । सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ ।दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ ।प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो । स

    • प्रकाशित मितिः साउन २६, २०८१
    • ४०९ पटक पढिएको
  • हसिनाका छोराले भने–पार्टी र कार्यकर्ताका लागि पनि म राजनीतिमा आउनु पर्ने देखियो

    एजेन्सी । भर्खरै बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी हसिना शेखकी छोरा सजीव वाजेदले आफू राजनीतिमा आउन तयार रहेको बताएका छन् । अवामी लिग पार्टीलाई बचाउन आफू राजनीतिमा आउन तयार रहेकोले बताएका छन् । यसअघि राजनीतिमा आउने कुनै इच्छा नरहेको बताउँदै आएका वजेदले टाइम्स अफ इण्डियासँग कुरा अवामी लिग पार्टी र यसमा कार्यरत नेता–कार्यकता जोगाउन राजनीतिमा प्रवेश गर्न तयार रहेको बताएका हुन् ।अमेरिकाको राजधानी वासिङटन डिसीमा रहेका उनले फोनमार्फत टाइम्स अफ इण्डियासँग कुरा गरेका थिए । ‘यदि राजनीतिमा मेरो आवश्यकता छ भने म पछि हट्दिनँ । आमा पनि यो कार्यकालपछि राजनीतिमा सक्रिय हुनु हुन्थेन

    • प्रकाशित मितिः साउन २५, २०८१
    • ३०५ पटक पढिएको
  • ओखलढुङ्गामा छोराहरूलाई यातना दिएको आरोपमा बाबु पक्राउ

    ओखलढुङ्गा । ओखलढुङ्गामा नाबालक छोराहरूलाई यातना दिएको आरोपमा बुबा पक्राउ परेका छन् । ओखलढुङ्गा खिजीदेम्वा गाउँपालिका–९ का फुरिङ्जी शेर्पा पक्राउ परेका हुन् । उनलाई दुई छोरालाई यातना दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।उनले छोरालाई रिस उठेको बेला तातो भाडाँमाथि राखिदिने, हातखुट्टा बाँधेर झुण्डाउने गरेको सूचना प्राप्त भएको थियो । सोही आधारमा उनलाई पक्राउ गरिएको ओखलढुङ्गा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।अहिले साना बालकहरुलाई यातना दिएको भिडियो अहिले सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भएको छ । ‘छोराहरूले रिस उठा

    • प्रकाशित मितिः साउन २५, २०८१
    • १७३ पटक पढिएको
  • पाँच करोड बराबरको ‘भेप’ बरामद, कसले पुर्‍यायो भन्सार नाकासम्म ?

    वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–६ मा रहेको रेलवे रोडबाट पर्सा प्रहरीले १५ हजार २ सय थान भेप बरामद गरेको हो ।यति ठूलो परिणाममा भेप बरामद गरेको यो पहिलो पटक भएको पर्सा प्रहरीले जनाएको छ । बरामद भेपको बजार मूल्य करिब चार करोड ८६ लाख २४ हजार ८०० रुपैयाँ रहेको पर्सा प्रहरीले जनाएको छ । गोदाममा अनाधिृकत रुपमा भेप भण्डरण गरिएको सूचना पाएपछि छापा मार्दा डाँफे ट्रान्सपोर्टबाट ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिएका छन् । बरामद हरेक कार्टुनमा २ सय थान भेप छ ।भन्सारबाट बरामद भएको थोरै थान भेपक

    • प्रकाशित मितिः साउन २५, २०८१
    • १९५ पटक पढिएको
  • कोसी प्रदेशमा आज सार्वजनिक बिदा

    इटहरी । कोसी प्रदेश सरकारले आज (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीका अनुसार प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको  छ। 

    • प्रकाशित मितिः साउन २५, २०८१
    • २६५ पटक पढिएको
  • रुस युद्धमा ३६ नेपालीको मृत्यु, पाँच जनाको मात्र अस्तुधातु नेपाल ल्याइयो

    काठमाडौं । रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ ।युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको परिवारका सदस्यबाट सहमति लिई उतै दाहसंस्कार गरी अस्तुधातु नेपाल ल्याएर परिवारलाई आज सम्पर्क-हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार रुसी सेनामा भर्ती भई समस्यामा परेका नेपाली नागरिकमध्ये सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि परिवारबाट निवेदन दिएको संख्या एक सय १८ जना रहेको छ । त्यस्तै घाइते वा अन्य कारणले

    • प्रकाशित मितिः साउन २५, २०८१
    • २४२ पटक पढिएको
  • बर्दियामा तीन बालबालिकालाई सर्पले डस्यो, दुईको मृत्यु, एकको उपचार हुँदै

    बर्दिया । बर्दियामा विषालु सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको ज्यान गएको छ । गुलरिया नगरपालिका–१ निवासी नौ महिने बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको हो । बर्दियाकै मधुवन नगरपालिकाकी ६ वर्षीया रिया चौधरी विषालु सर्पको टोकाइबाट घाइते भएकी छन् । घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको परिवारजनले बताएका छन् ।११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्याउँदा चिकित्सकले सर्पको टोकेको बताएका थिए । अस्पताल पुर्‍याउना साथ चिकित्सकले

    • प्रकाशित मितिः साउन २५, २०८१
    • ४७२ पटक पढिएको
  • आजकाे माैसम : सातै प्रदेशमा भारी बर्षाको सम्भावना

     इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण, सरदरकै स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले (शुक्रबार) बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम

    • प्रकाशित मितिः साउन २५, २०८१
    • ३१७ पटक पढिएको
  • आज नाग पञ्चमी, किन टाँसिन्छ घरको ढोकामा नागको तस्बिर ?

    इटहरी । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज (शुक्रबार) परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध

    • प्रकाशित मितिः साउन २५, २०८१
    • ३७७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल