इटहरी। उद्योग वाणिज्य संघ इटहरीले एक दिने लेखा तथा कर सम्बन्धी तालिमको आयोजना गरेको छ। यो तालिम उद्योगी तथा व्यवसायीहरूलाई कर सम्बन्धी जानकारी दिनको लागि आयोजित गरिएको हो। आन्तरिक राजस्व कार्यालय इटहरीको समन्वयमा र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको सहजीकरणमा भएको यो तालिममा इटहरी क्षेत्रका ७० जना उद्योगी तथा व्यवसायीहरूको सहभागिता थियो।तालिमको उद्देश्य उद्योगी तथा व्यवसायीहरूलाई भोलिका दिनमा कर र लेखासम्बन्धी अज्ञानता नहोस् भन्ने थियो। विशेषगरी, भ्याटसँग सम्बन्धित विवरणहरू नबुझ्दा व्यवसायहरूलाई ठूलो जरिवाना नहोस् भन्ने कुरामा तालिम केन्द्रित थियो। तालिममा सहभागी व्यवसायीहरू आफैं कर कार्यालयमा
एजेन्सी । हिंसाको आगोमा जलिरहेको बंगलादेशमा फिल्म निर्माता सलिम खान र उनका छोरा शान्तो खानलाई भीडले घेरेर कुटीकुटी मारेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सलिम भारतमा बंगाली सिनेमासँग पनि जोडिएका थिए। उनले टलिउड (पश्चिम बंगाल सिनेमा) का ठूला फिल्मस्टारमध्येका एक अभिनेता देवसँग फिल्म ‘कमान्डो’ बनाएका थिए, जुन कहिल्यै रिलिज भएन। बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको जीवनीबाट प्रेरित बंगलादेशी फिल्म ‘तुंगीपारर मियाँ भाइ’ पनि सलीमले निर्देशन गरेका थिए।ज्यान जोगाउन गोलीसमेत चलाएरिपोर्टका अनुसार सोमबार ५ अगस्टमा सलिम र शान्तो घरबाट भाग्न खोजिरहेका थिए। त्यही बेला फराक्का
काठमाडाैं । नेपालले काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह गरेको छ। परराष्ट्रसचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन्।नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको धारणा राखिन्।मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल(ओमान सम्बन्धका सबै पक्षमा छलफल भएको थियो। बैठकमा दुवै पक्षले सन् १९७७ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी सहकार्य र साझेदारी हुँदै आएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, आर्थिक सहय
जाजरकोट । जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। जिप दुर्घटनामा गम्भीर घाइते भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउने क्रममाभेरी नगरपालिका–६ का ८० वर्षीय कलिमान खत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।बुधबार दिउँसो ३ बजे खंलगाबाट भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो।दुर्घटनामा जिप चालक भेरी नगरपालिका–६ गंगटियाका ३४ वर्षीय मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा भेरी नगरपालिका–६ बस्ने २८ वर्षीय सपना वि.क, ३५ वर्षीय भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्ष
एजेन्सी । पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समूहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन् ।पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छन् । विनेशले लेखेकी छन्, ‘आमा, कुस्तीले मलाई जित्यो, म हारें । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन । अलविदा कुस्ती २००१–२०२४’ उनले अगाडि लेखेकी छन्, ‘म तपाईहरु सबैको सधै ऋणी रहनेछु । क्षमा ।’उनलाई बुधबार ५० केजी समूहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नु अघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल अयोग्य घोषित गरिएको थियो ।&nbs
ढाका । बंगलादेशको सर्वोच्च अदालत बार एशोसिएसन (एससीबीए) का अध्यक्ष एएम महबूब उद्दिन खोकनले भारतलाई शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बंगलादेशमा सुपुर्दगी गर्न आग्रह गरेका छन् ।एससीबीए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोष जनतामाथि दमन गरी सयौंको मृत्युका लागि उनीहरू जिम्मेवार रहेको र दुवै जनालाई बंगलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए ।बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का संयुक्त महासचिव समेत रहेका खोकनले बंगलादेशमा संकटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्
इटहरी ।अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । अहिले (बिहीबार) बिहान कोशी, मधेस र बागमती प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको जनाइएको छ ।कोशी र बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र च
काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।
इटहरी । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकाहरुको सुविधाको लागि बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ। ग्रेड वृद्धि परीक्षामा २ लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ।बोर्डले गएको असार १३ गते सार्वजनिक गरेको एसईईको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए। नियमित परीक्षाको नत
बेलायत । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारतबाट बेलायत (लण्डन) जाने अनुमान चलिरहेका बेला बेलायतले पनि हसिनालाई अर्को झट्का दिएको छ । बेलायतले हसिनालाई शरण दिन नसकिने जनाएको हो । बेलायत आएर शरण वा शरणार्थीको हैसियत माग्नेलाई त्यहाँको कानुनले यात्राको अनुमति नदिने बेलायतको गृह मन्त्रालयले बताएको छ । सोमबार सरकार विरोधी उग्र प्रदर्शनबीच राजीनामा दिएकी हसिना अहिले भारतको दिल्लीमा आश्रय लिइरहेकी छिन् ।शरण माग्न चाहनेले उ सबैभन्दा पहिला पुगेको देशमै शरणका लागि आवेदन दिनु पर्ने बेलायत सरकारले भनेको छ । ‘आवश्यकता परेकालाई शरण दिएको बेलायतको रेकर्ड छ । तर, शरण खोज्दै आउने वा अस्थायी