All Posts By इटहरी खबर संवाददाता

    Showing १७१-१८० of ३,०९७ items.
  • संविधान संशोधन कांग्रेस र एमालेको मात्रै एजेन्डा होइन : नेता शेखर कोइराला

    विराटनगर – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधान संशोधन नेपाली कांग्रेस वा नेकपा (एमाले) को मात्रै एजेन्डा नभई राष्ट्रिय मुद्दा भएको बताएका छन्।नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन र नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले बिहीबार विराटनगरमा आयोजना गरेको "संविधान संशोधन: आवश्यकता र चुनौती" विषयक अन्तरक्रियामा बोल्दै उनले संविधान संशोधनको आवश्यकता, प्रक्रिया र चुनौतिबारे गम्भीर छलफल हुनुपर्ने बताए। संविधान संशोधन सबै नेपाली नागरिकको साझा विषय भएकाले यसलाई कुनै एक पार्टीको एजेन्डा बनाएर अघि बढ्न नसकिने उनको भनाइ थियो।संविधान संशोधनको बहस सबैको सहभागितामा हुनुपर्छसंविधान सं

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ८६४ पटक पढिएको
  • ताप्लेजुङका ६ राजनीतिक दलद्वारा वार्ता र संवादमार्फत समाधान खोज्न आग्रह

    ताप्लेजुङ – ताप्लेजुङका प्रमुख छ राजनीतिक दलहरूले पाथीभरा मुक्कुमलुङ क्षेत्रमा उत्पन्न असहज परिस्थितिको समाधानका लागि वार्ता र संवादमार्फत सहमति खोज्न आह्वान गरेका छन्।नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (लिम्बूवान) ले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष, राज्य पक्ष, र केवलकार निर्माण पक्षबीच संवाद गरी समस्या समाधान गर्न आग्रह गरेका हुन्।संयुक्त विज्ञप्तिमा ताप्लेजुङ जिल्लामा लगानीमैत्री वातावरण निर्माण गर्न सबै पक्षलाई अनुरोध गरिएको छ। साथै, माघ १२ गते पाथीभरा क्षेत्रमा

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ४४७ पटक पढिएको
  • सुनसरीमा साइन्स, स्पेस र रोबोटिक्स क्याम्प सुरु, मुख्यमन्त्री कार्कीबाट उद्घाटन

    सुनसरी – विज्ञान, अन्तरिक्ष र रोबोटिक्समा रुचि राख्ने विद्यार्थी तथा अनुसन्धानकर्ताहरूका लागि लक्षित Science, Space & Robotics (SSR) Camp आजदेखि सुनसरीको बर्जु–५, शान्तिवनस्थित एभरेष्ट साइन्स सेन्टर नेपालमा सुरु भएको छ। उक्त शिविरको उद्घाटन सम्माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीज्यूले गर्नुभएको छ।तीन दिनसम्म सञ्चालन हुने यो शिविरमा विज्ञान, प्रविधि, अन्तरिक्ष अनुसन्धान र रोबोटिक्ससम्बन्धी विभिन्न कार्यशाला, प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रमहरू समावेश गरिएका छन्। आयोजक एभरेष्ट साइन्स सेन्टर नेपाल परिवारका अनुसार शिविरमा विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा प्रविधिमा रुचि राख्नेहरू सहभ

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ४०४ पटक पढिएको
  • पाथीभरा केबलकार विवाद: सांसद भट्टराईद्वारा वार्ता मार्फत समाधानको आह्वान

    सुनसरी - ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विषयमा भएको विवाद वार्ता र संवादमार्फत समाधान गर्न सांसद योगेश भट्टराईले आह्वान गर्नुभएको छ।‘नो केबलकार समूह’ ले वार्ताका लागि निर्माण कार्य रोक्नुपर्ने, सशस्त्र प्रहरी फिर्ता गर्नुपर्ने, र पक्राउ परेका कार्यकर्ताहरूलाई विना शर्त रिहा गर्नुपर्ने माग राखेको छ। कोशी प्रदेश सरकारको वार्ता समितिले पहल गरे पनि आन्दोलनकारीहरूले मेची राजमार्ग र तमोर कोरिडोर दोस्रो दिन पनि बन्द राखेका छन्।

    • प्रकाशित मितिः माघ १६, २०८१
    • ४४३ पटक पढिएको
  • च्याम्पियन्स लिगमा आज १८ खेल, लिभरपुल शीर्षस्थानमा

    एजेन्सी -युरोपेली च्याम्पियन्स लिगमा आज राति १८ खेल हुँदैछन्।लिभरपुल २१ अङ्कसहित शीर्षस्थानमा छ, जबकि बार्सिलोना, आर्सनल, रियल मड्रिड, पीएसजीजस्ता टोली नकआउट चरणका लागि संघर्षरत छन्। सबै खेल नेपाली समयअनुसार राति १:४५ बजे सुरू हुनेछन्।

    • प्रकाशित मितिः माघ १६, २०८१
    • ५०७ पटक पढिएको
  • रातो बाँदर र बँदेल कृषि हानिकारक वन्यजन्तु घोषित

    मोरङ -वन मन्त्रालयले रातो बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ। माघ १० गतेदेखि लागू हुने गरी एक वर्षका लागि यी जनावरलाई हानिकारक सूचीमा राखिएको छ। यो घोषणासँगै खेतबारीमा यस्ता जनावरले नोक्सानी गर्दा लखेट्दा वा मार्दा किसानले कानुनी कारबाही भोग्नुपर्ने छैन।मन्त्रालयका अनुसार, यसअघि पनि बँदेललाई २०८० मंसिर ७ गते एक वर्षका लागि कृषि हानिकारक जनावर घोषणा गरिएको थियो। किसानहरूको व्यापक गुनासोका आधारमा रातो बाँदरलाई पनि यस सूचीमा समावेश गरिएको हो।रातो बाँदर र बँदेलका कारण खेतीबालीमा व्यापक क्षति हुने गरेको किसानहरूको गुनासो छ। यस निर्णयले कृषि क्षेत्रमा राहत पुग्ने विश्वास मन्त्राल

    • प्रकाशित मितिः माघ १५, २०८१
    • ४८७ पटक पढिएको
  • पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनबारे असमञ्जस: राष्ट्रिय राजनीतिमा सक्रिय रहे पनि दलको राजनीतिमा फर्किने निर्णय नभएको स्पष्टोक्ति

    विराटनगर - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू तत्कालै दलको सक्रिय राजनीतिमा फर्किने वा नफर्किनेबारे कुनै ठोस निर्णयमा नपुगेको स्पष्ट पारेकी छिन्। सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व राष्ट्रपति भण्डारीले नेकपा एमालेमा पुन: सक्रिय हुन लागेको विषयमा उठेका चर्चा र अड्कलबारे आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।“म एमालेबाट राष्ट्रपति बनेको थिएँ। यदि म राजनीतिमा फर्किन्छु भने एमालेमै फर्किन्छु। तर दलको राजनीतिमा फर्किने निर्णय मैले लिएकी छैन,” उनले भनिन्। भण्डारीले नेकपा एमालेको सदस्यता लिनका लागि कुनै निवेदन नदिएको र यस विषयमा दलका नेताहरूसँग कुनै छलफल नभएको पनि स्पष्ट गरिन्।पूर्व

    • प्रकाशित मितिः माघ १४, २०८१
    • ४५५ पटक पढिएको
  • ताप्लेजुङ पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र प्रहरीबीच झडप, २६ जना घाइते

    मोरङ -ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच झडप हुँदा २६ जना घाइते भएका छन्। झडपमा ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका हुन्।आन्दोलनकारीको दाबीअनुसार प्रहरीले चलाएको गोली लागेर ४ जना घाइते भएका छन्, जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। एक जना अश्रुग्यासको असरले घाइते भएका छन्।शनिबार दिउँसो र साँझ गरी दुईपटक झडप भएको थियो। दिउँसोको झडपमा प्रहरीले अश्रुग्यास प्रहार गरेको भए पनि साँझ स्थिति नियन्त्रणबाहिर जाँदा गोली चलाएको प्रहरीको भनाइ छ।घाइतेहरूको अवस्थाप्रहरीको गोली लागेर तेह्रथुमका यामबहादुर लिम्बू, पाँचथरका मंगल लावती, सगुन लावती र ताप्लेजुङका धर्म पाल

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ६०९ पटक पढिएको
  • विराट एक्स्पो २०२५ सुरु, औद्योगिक विकासलाई टेवा दिने अपेक्षा

    विराटनगर – विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा विराट एक्स्पो २०२५ सुरु भएको छ। विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा आयोजना गरिएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ। संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्स्पोको उद्घाटन गर्दै यसले देशको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे।उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पूर्वमा दक्ष जनशक्तिको अभाव र उच्च राजस्व दरका कारण विदेशी लगानी रोकिएको र उद्योगहरू प्रतिस्पर्धामा पछि परेको बताए। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बढी आयात हुने वस्तुहरूमा भन्सार दर वृद्धि गरि स्वदेशी उद्योगला

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ५६७ पटक पढिएको
  • माओवादीप्रति जनता खुसी: प्रचण्ड

    दाङ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनताका समस्या बुझ्न गाउँ-गाउँ पुग्दै जनताले माओवादीप्रति सकारात्मक धारणा राखेको बताएका छन्। दाङको घोराहीमा आयोजित पत्रकार भेटमा प्रचण्डले सरकार आगामी चुनावसम्म टिकेमा माओवादीलाई फाइदा हुने र पार्टी एक्लैले चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरे। पार्टीभित्रका त्रुटि सच्याएर अघि बढ्ने उनको प्रतिबद्धता छ।

    • प्रकाशित मितिः माघ १२, २०८१
    • ५५८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल