All Posts By इटहरी खबर संवाददाता

    Showing १७१-१८० of ३,०८५ items.
  • ट्रम्पको प्रस्ताव: क्यानडा अमेरिकाको ५१ औं राज्य बन्न सक्छ

    एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न प्रस्ताव गरेका छन्। क्यानडासँगको व्यापार घाटा रोक्न यस्तो सुझाव राखिएको उनले बताए।ट्रम्पले भने, “हामीसँग २००–२५० बिलियन डलरको व्यापार घाटा छ, जसलाई स्वीकार गर्न सकिँदैन। यदि क्यानडा हाम्रो राज्य बन्यो भने व्यापार घाटा समाप्त हुनेछ र करमा ६०% कटौती हुनेछ।” उनले क्यानडाको तेल र ग्यासबिना पनि अमेरिका आत्मनिर्भर रहेको भन्दै क्यानडालाई दीर्घकालीन व्यापार साझेदारका रूपमा हेर्न गाह्रो भएको बताएका छन्।

    • प्रकाशित मितिः माघ ११, २०८१
    • ४८७ पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा सिद्धबाबा सुरुङ मार्ग ‘ब्रेक थ्रु

    सुनसरी - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पाल्पाको सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरेका छन्। एक हजार १२६ मिटर लामो यो सुरुङ सात अर्ब ३४ करोड रुपैयाँ लागतमा निर्माण हुँदैछ।२०७८ फागुनमा सुरु भएको परियोजना २०८३ चैत मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ। यस मार्गले लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाको आवतजावतलाई सहज बनाउने आशा गरिएको छ। प्रधानमन्त्री ओलीले पाल्पामा प्रशासकीय भवन उद्घाटनपछि रूपन्देहीको बुटवल-गोरुसिंगे सडक शिलान्याससमेत गर्ने कार्यक्रम छ।

    • प्रकाशित मितिः माघ ११, २०८१
    • २८५ पटक पढिएको
  • मोरङ चेम्बर अफ कमर्सद्वारा प्रमुख जिल्ला अधिकारी यादवलाई स्वागत तथा सम्मान ।

    मोरङ -मोरङ चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्र देव यादवलाई स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम मोरङ चेम्बर अफ कमर्सको सभाकक्षमा सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यादव थिए भने सभापतित्व मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा चेम्बरका अध्यक्ष पोखरेलले व्यापार व्यवसायको क्षेत्रमा देखा पर्ने समस्याहरू समाधान गर्न जिल्ला प्रशासनसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। अध्यक्ष पोखरेलले प्रमुख जिल्ला अधिकारी यादवको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त

    • प्रकाशित मितिः माघ १०, २०८१
    • ३७० पटक पढिएको
  • सुनचाँदीको भाउ घट्यो

    सुनसरी  - नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेर एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको भाउ एकैदिन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ६० हजार रुपैयाँ पुगेको थियो। यस्तै, चाँदीको भाउ पनि घटेर आज तोलाको एक हजार आठ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

    • प्रकाशित मितिः माघ १०, २०८१
    • ६०२ पटक पढिएको
  • शेखर कोइरालाद्वारा अध्यादेशको दुरुपयोगप्रति आपत्ति, संसदीय प्रणाली नै उपयुक्त भएको धारणा

    विराटनगर– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेशको दुरुपयोग भइरहेको भन्दै यसको विरोध गरेका छन्। विराटनगरस्थित आफ्नो निवासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले देश ठप्प हुने आपतकालीन अवस्थाबाहेक अन्य समयमा अध्यादेश ल्याउन नहुने बताए।“अध्यादेश भनेको संविधानमा रहेको एक आपतकालीन प्रावधान हो। यसलाई संसद्ले काम गर्न नसक्ने अवस्थामा मात्र प्रयोग गर्नुपर्छ। तर, अहिले यसको व्यापक दुरुपयोग भइरहेको छ,” कोइरालाले भने।उनले नेपाली कांग्रेस र नेकपा एमालेको बलियो बहुमत भएको सरकारको बेलामा पनि अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे। “जब संसद्मा बहुमत छ, दुई तिहाइ नचाहिँदा पनि ऐन पारित गर्न

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ५५५ पटक पढिएको
  • अमेरिकाले चिनियाँ सामानको आयातमा १० प्रतिशत कर बढाउने

    एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ देखि चिनियाँ सामानको आयातमा १० प्रतिशत शुल्क लगाउने तयारी गरेको जानकारी दिएका छन्। मेक्सिको र क्यानडाबाट फेन्टनिल औषधि आयात हुने विषयमा चिन्ता व्यक्त गर्दै उनले यो कदम चालेको बताएका छन्। ट्रम्पले यसअघि पनि छिमेकी मुलुकहरूलाई कडा आयात कर लगाउने चेतावनी दिएका थिए। नयाँ करले अमेरिकी उपभोक्ताका लागि चिनियाँ सामान महँगो हुने अनुमान गरिएको छ।

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ४२५ पटक पढिएको
  • बार्सिलोनाको रोमाञ्चक जित: बेनफिका विरुद्ध ५-४ गोलको थ्रिलर

    सुनसरी - बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको रोमाञ्चक खेलमा बेनफिका विरुद्ध ५-४ को उत्कृष्ट जित दर्ता गरेको छ। पहिलो हाफमा बेनफिकाले ३-१ को अग्रता लिए पनि बार्सिलोनाले दोस्रो हाफमा शानदार प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो।खेलको सुरुमा नै बेनफिकाले आक्रामक खेल देखाउँदै दुई गोल गर्दै बार्सिलोनालाई दबाबमा राखेको थियो। पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले एक गोल फर्काए पनि बेनफिकाले अर्को गोल थप्दै ३-१ को अग्रता बनायो।दोस्रो हाफमा बार्सिलोनाले आफ्नो शैलीमा फर्किँदै लगातार दुई गोल गर्दै खेल बराबरीमा ल्यायो। खेलको अन्त्यतिर दुवै टोलीले थप गोल गर्दै स्कोरलाई ४-४ मा पुर्‍याए। तर ९०+४ मिने

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ४३५ पटक पढिएको
  • कोशी एक्सिलेन्स अवार्ड २०८१: कोशी प्रदेशका उत्कृष्टता सम्मानित गरिँदै

    सुनसरी - इटहरीमा नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर ले फागुन ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ आयोजना गर्ने भएको छ।अध्यक्ष पवन अधिकारीका अनुसार शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, कृषि, खेलकुदलगायत १३ विधामा योगदान दिने व्यक्तिहरूलाई पारदर्शी रूपमा चयन गरेर सम्मान गरिनेछ।कार्यक्रम इटहरीको सोल्टी वेस्टेन्ड होटलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ। कार्यक्रम संयोजक विवेक रेग्मीले अवार्डले कोशी प्रदेशको व्यापार र पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ६०१ पटक पढिएको
  • एमालेबाट निष्कासित रावललाई १,०८६ जनाको समर्थन

    सुनसरी - नेकपा एमालेबाट निष्कासित भीम रावललाई १,०८६ जनाको समर्थन प्राप्त भएको छ। अनेम संघका कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका ८ प्रमुख, वडा कमिटीका २२ पदाधिकारी र ६३७ संगठित सदस्यहरूसहित अन्य पार्टीका ५ व्यक्तिले समर्थन जनाएका छन्। रावललाई एमालेले पुस १० गते पार्टी सदस्यताबाट निष्कासन गरेको थियो।

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ३७३ पटक पढिएको
  • सन्दीप लामिछाने एक खेलका लागि निलम्बित, क्यानले स्पष्टीकरण माग्यो

    इटहरी - जय ट्रफीका क्रममा अम्पायरबारे सामाजिक सञ्जालमा टिप्पणी गरेकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि कारवाही गरिएको छ। क्यानले नियम उल्लंघन भएको भन्दै उनलाई एक खेलका लागि निलम्बित गरेको छ।सन्दीपले क्यानले आयोजना गर्ने आगामी प्रतियोगिताको कुनै एक खेल खेल्न पाउने छैनन्। साथै, उनले उक्त घटनाबारे स्पष्टिकरण दिनुपर्नेछ।

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ४९१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल