इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।हाल देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका
इटहरी । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ।‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए।अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पा
बायाँ भागतर्फ पसिना आउँदा जनतालाई दुख कष्ट हुने र दायाँ भागतर्फ पसिना आएमा राष्ट्र प्रमुखलाई अनिष्ट हुने जनविश्वासकाठमाडौं । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आएको छ । भीमेश्वर मन्दिरमा आउने ‘पसिना’ लाई मुलुकमा अनिष्ट अर्थात् विपत् आउन लागेको समयमा पूर्व सूचनाका रुपमा लिइन्छ ।दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार आज दिउँसो १ बजेर ४७ मिनेटबाट पसिना आउन सुरु भएर ३ बजेर ५१ मिनेटमा रोकिएको थियो । शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजन भेला भएका थिए । उनीहरूले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले
काठमाडौं । असार २८ गते चितवनको सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा दुईटा बस खसेर बेपत्ता भएका यात्रुमध्ये अहिलेसम्म २५ जनाको शव भेटिएको छ । शव भेटिएका २५ जनामध्ये हराइरहेको एञ्जल बसका मालिकसहित १७ जनाको सनाखत भएको छ । आठ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि भारतीय टोली पनि परिचालन भएको छ । भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली आजदेखि खोजतलासमा जुटेको हो ।खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले अब यथाशक्य छिटो खोजतलासको
काठमाडाैं । सरकारी जागिरमा आरक्षणको विरोधमा बंगलादेशमा भड्किएको विद्यार्थीको प्रदर्शन हिंसात्मक आन्दोलनमा रुपान्तरित हुँदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी स्वदेश फर्किन शुरु गरेका छन् । मेडिकल लगायत विषयमा अध्ययन गर्न बंगलादेश गएका नेपाली विद्यार्थी त्यहाँको पछिल्लो प्रदर्शनले वातावरण असुरक्षित बनेपछि नेपाल फर्किन लागेका थालेका हुन् । स्थलगत मार्ग हुँदै उनीहरू नेपाल आउन थालेका छन् ।स्थलमार्ग हुँदै नेपालको पूर्वी नाकामार्फत उनीहरू नेपाल फर्किन थालेको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले बंगलादेशबाट स्थलमार्ग हुँदै फर्किन लागेका विद्यार्थीलाई सह
मेष : प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। नयाँ व्यक्तिसँग मित्रता बढ्नेछ। लाभदायक र सुखद यात्रा हुने योग छ। मनोबल उच्च रहनेछ।भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।वृष : भाग्यले साथ दिनेछ। आफन्त, प्रेमी/प्रेमिका वा बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ। कसैलाई सन्तान लाभ हुन सक्छ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ। द
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना विचारलाई सम्मान गर्दै नयाँका आधारमा अघि बढ्नु पर्ने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले मुलुकको परिवर्तनमा पुराना विचारको योगदान रहेको उल्लेख गरे । त्यसलाई सम्मान गर्दै अब नयाँ विचारका आधारमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका हुन् ।उनले दुई–चार जना मिलेर नयाँ पार्टी खोल्दैमा वैकल्पिक शक्ति नहुने टिप्पणी गरेका छन् । नयाँ र सही विचारका आधारमा वैकल्पिक शक्तिलाई परिभाषित गर्नुपर्ने उनले बताए । सही विचार र नीति लिन नसके नयाँ भनिएका शक्ति विस्तारै हराउँदै ज
एजेन्सी । युक्रेनी भाषाको बचाउ गर्दै बारम्बार मुखर अभिव्यक्ति दिने एक पूर्व युक्रेनी राष्ट्रवादी सांसदको गृहनगर एलभिभमा एक बन्दुकधारीले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ । युक्रेनको अतिराष्ट्रवादी स्वोबोडा पार्टीकी सदस्य रहेकी ६० वर्षीया इरिना फारियनले केही समय संसदको सदस्यको रूपमा काम गरेकी थिइन् । रूसी भाषा बोलेर अधिकारी र सैनिकलाई चिढ्याएको कारण उनी विवादमा तानिएकी थिइन् । ‘गोली लागि सख्त घाइते भएकी फारियनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ’, एल्भिभका नगर प्रमुख एन्ड्री साडोभीले शुक्रबार अबेर टेलिग्राममा गरेको पोस्टमा उनको चोट र मृत्युबारे तादाम्यता नदेखिएको बताएका छन् ।&nb
काठमाडौं । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । संसदमा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक राखिएको छ । उक्त दिनको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्री ओलीले यही असार २ गते सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरिकेका छन् । नेपालको संविधानको धारा ७६ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त गरिएको
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडीस्थित भतेरी जङ्गलमा बस र तेल ट्याङ्कर ठोक्किँदा बसमा सवार १६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिएका छन् । शनिबार दिउँसो ३ः०० बजेको समयमा नारायणगढबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल बोकेको तेल ट्याङ्करको पछाडि ठोक्किँदा बसमा सवार १६ जना घाइते भएका हुन् ।घाइतेहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता रिजालले जानकारी दिए । दुवै सवारी साधन र ट्याङ्कर चालक वीरग