All Posts By इटहरी खबर संवाददाता

    Showing १,८५१-१,८६० of ३,०८७ items.
  • आफ्नै कारण ‘अप्ठ्यारो’ मा उपसभामुख रानामगर , भन्छिन – मलाई बदनाम गर्न खोजियो

    काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासलाई लेखेको एउटा पत्रका कारण अहिले उपसभामुख इन्दिरा रानामगर विवादमा परेकी छन् । उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाई दिन लेखेको पत्रले उनलाई विवादमा तानेको हो ।सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य ६ जना जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाता मिति मिलाइ दिन दूतावासलाई पत्र लेखेकी थिइन् । उनले पत्रमा आफूसहित सबैका लागि उक्त कार्यक्रम महत्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको समे

    • प्रकाशित मितिः साउन ४, २०८१
    • २७४ पटक पढिएको
  • बन्दीपुरमा चितुवाकाे आक्रमणबाट बालकको मृत्यु

    तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेका बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । बिहीबार साँझ घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।अध्यक्ष थापाले भने, ‘साँझको बेला घर नजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ, थाहा पाउने बित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।’ मृतक बालकको शव अस्पतालमा राखिएको छ । सो वडाका अध्यक्ष ध्रुवप्रसाद लामिछानेले साँझका बेला घरबाहिर ननिस्कन तथा बालबालिकालाई एक्लै नछाड्न आग्रह गरे ।

    • प्रकाशित मितिः साउन ४, २०८१
    • २३२ पटक पढिएको
  • देभभर मनसुनी वायुको प्रभाव, काेशी सहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

    इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका केही भेगमा भारी वर्षा भइरहेको छ ।  विभागले आज (शुक्रबार) दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।  साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भ

    • प्रकाशित मितिः साउन ४, २०८१
    • २७२ पटक पढिएको
  • अशोकराज सिग्देल प्रधानसेनापति बन्ने निश्चित

    इटहरी । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति बन्ने निश्चित भएको छ । यसअघि उनको उमेरसम्बन्धी विवादले संसय पैदा भएको थियो । सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरेर सेनाले पहिलो पटक रथी सिग्देलको उमेर विवादबारे प्रस्टीकरण दिदै कुनै विवाद नरहेको जनाएसँगै उनी प्रधानसेनापति बन्ने निश्चित भएको हो । रथी सिग्देलको २०४० सालमा रुपन्देहीबाट जारी भएको नागरिकता र २०५८ सालमा जाजरकोटबाट जारी भएको पहिलो प्रतिलिपिमा उल्लेख भएका सबै विवरण एउटै भएको सेनाको दाबी छ ।नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल यही भदौ २४ गते सकिँदैछ । त्यसपछि रथी सिग्देल प्रधान सेनापति बन्दै छन् ।सि

    • प्रकाशित मितिः साउन ४, २०८१
    • ४३८ पटक पढिएको
  • आज २०८१ साउन ४ गते शुक्रबार : हलेशी महादेवकाे दर्शन गर्दै हेर्नुहाेस राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - मायाप्रीति र सामीप्य बढ्ने तथा मित्रता र प्रेमको बन्धन कसिने वेला हो । कुनै भोज/पार्टीमा अतिथिका रूपमा सत्कार पाउन सकिन्छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूणर् समर्थन रहनेछ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ लक्ष्मीनारायणाभ

    • प्रकाशित मितिः साउन ३, २०८१
    • ५४२ पटक पढिएको
  • अल्ट्रा ट्रेल दौडमा चम्कँदै नेपाली नारीहरु

    काठमाडौं । उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँस–दाउरालगायतका दैनिकीमै बित्यो ।पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु आफैले मेसो पाएनन् । गाउँघरका अप्ठ्यारा बाटोमा हिँड्न सिकेका उनीहरुका पाइला यतिबेला विश्वका विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा दौडिरहेका छन् ।कति लहैलहैमा त कतिपय रहरले दौडिन सुरु गरेका उनीहरु अहिले यसैमा करिअर खोजिरहेका छन् । त्यति मात्रै होइन, दौडिएरै नेपाल र नेपालीको नाम विश्वमा चम्काइरहेका छन् । धावकका रुपमा करिअर बनाउँदै गरेका उनीहरुलाई थप प्रतिष्पर्धी बनाउन र अन्तर्राष्ट्रियस्तरमा अवसर दिलाउने सहयोगी भूम

    • प्रकाशित मितिः साउन ३, २०८१
    • १८८ पटक पढिएको
  • अर्थमन्त्रीले उद्योगीहरुलाई भने–ओली चौंथो पटक प्रधानमन्त्रीको फोटो टाँस्न आउनु भएको होइन

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भई दिन निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई) आज अर्थमन्त्रालयमा भएको छलफलमा उहाँले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसमा केन्द्रित भई सरकारले काम गर्ने बताए ।‘प्रधानमन्त्री चौंथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टाँस्न आउनु भएको होइन । समस्या देखेर त्यो समाधानका लागि सरकार आएका हौं’, अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ ।’ उनले समस्या मात्र नभइ स

    • प्रकाशित मितिः साउन ३, २०८१
    • १२० पटक पढिएको
  • बीआरआईमा नेपालले सम्झौता गरिसकेकाे छ, अब पछि हट्न मिल्दैन : नेता भट्टराई

    काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता राजन भट्टराईले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा आनाकानी गर्न नहुने बताएका छन् । आज (बिहीबार) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बीआरआईबारे काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले नेपालले सम्झौता गरिसकेकाले पछाडि हट्न नसकिने बताए । एमालेको विदेश विभाग प्रमुख समेत रहेका भट्टराईले भने, ‘बीआरआईमा हामीले सम्झौता गरिसकेका छौं । सहमति भइसकेको विषयमा अब म काम गर्दिनँ भन्न मिल्छ ? नजिकको छिमेकी, राइजिङ पावर । त्यो अवस्थामा हामी सहमति गरिसकेको कुराबाट पछाडि हट्न हामी कदापी सक्दैनौ

    • प्रकाशित मितिः साउन ३, २०८१
    • १२७ पटक पढिएको
  • नेपाल एयरलाइन्सले तिर्यो ४३ करोडभन्दा बढी ऋण

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदको किस्ता वापतको ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिकगरी असार मसान्तसम्मको रकम भुक्तानी गरेको हो ।निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । निगमको पछिल्लो व्यवस्थापन सम्हालेयता २०८१ असारसम्म पाँच अर्ब ७९ करोड ७६ लाख ४२ हजार दुईसय ४९ किस्ता रकम भुक्तानी गरिएको विज्ञप्तिमा जनाइएको छ ।निगमले कोरोना महामारीका कारण निगमको व्यापारमा प्रतिकूल असर परे

    • प्रकाशित मितिः साउन ३, २०८१
    • २२४ पटक पढिएको
  • ग्रीनवूड मार्सेलीमा अनुबन्ध

    एजेन्सी । मासन ग्रीनवूड फ्रेन्च क्लब मार्सेलीमा अनुबन्ध भएका छन् । म्यानचेस्टर युनाइटेडका फरवार्डले मार्सेलीसँग २०२९ सम्मका लागि सम्झौता गरेका हुन् । ग्रीनवूडलाई मार्सेलीले ३० मिलियन युरोमा किनेको बताइएको छ ।२२ बर्षीय ग्रीनवुड यौन दुर्व्यबहारको आरोपमा पक्राउ परेकोमा अदालतले सफाई दिएपछि फुटबलमा फर्किएका थिए । तर म्यानचेस्टर युनाइटेडका फ्यानहरुले उनको विरोध गरेपछि उनलाई गत सिजन लोनमा स्पेनिस क्लब गेटाफेबाट खेलेका थिए ।  गेटाफेमा उनले उत्कृष्ट प्रदर्शन गर्दै ३६ खेलमा १० गोल समेत गरेका थिए ।

    • प्रकाशित मितिः साउन ३, २०८१
    • २३५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल