All Posts By इटहरी खबर संवाददाता

    Showing १,८८१-१,८९० of ३,०८७ items.
  • आर्थिक अनुशासन र अराजकता अन्त्य गर्न राज्यलाई सहयोग गरौं : लेखा समिति

    इटहरी । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिका सदस्यमा राजेन्द्रकुमार केसी, योगेशकुमार भट्टराई, अमनलाल मोदी र मनिष झा छन् । समितिको वर्तमान कार्यकाल सुरू भएयता ६६ वटा विभिन्न विषयमा उजुरी परेका छन् । उजुरीमध्ये टेरामक्स प्रविधि, लुम्बिनी विकास कोष, एनसेल शेयर खरिद बिक्री र बीमा कम्पनीको प्रिमियम शेयर जारीलगायतका विषयमा भने छलफल भइसकेको छ । अन्य उजुरीका सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायमा जवाफ माग गरिएकामा केहीको जवाफ प्राप्त भए पनि कतिपयको जव

    • प्रकाशित मितिः साउन १, २०८१
    • २०१ पटक पढिएको
  • १६ महिनामै फुट्यो वैद्यको पार्टी, धर्मेन्द्र समूहद्वारा एकता असफल भएको घोषणा

    इटहरी ।मोहन वैद्य किरण र धर्मेन्द्र बाँस्तोलाको पार्टी एकता भएको दुई वर्षमै फेरि फुटेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोलाले आज (मंगलबार) वक्तव्य जारी गर्दै पार्टी फुटेको घोषणा गरेका छन् ।माओवादी फुटेर मोहन वैद्य हुँदै विप्लव नेतृत्वको माओवादीमा पुगेका बाँस्तोलाले आफ्नै नेतृत्वमा नेकपा जनमत गठन गरेका थिए । २०७९ साउन २० गते उनी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीच एकता भएको थियो ।बाँस्तोलाले वैद्य नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने निष्कर्ष निकालेका छन् । वैज्ञानिक समाजवादकै कार्यदिशा मानेर जाने निर्णय गरे पनि बहसको

    • प्रकाशित मितिः साउन १, २०८१
    • १९९ पटक पढिएको
  • बस दुर्घनामा बेपत्ता खोज्न गण्डक ब्यारेजसम्म ३०१ सशस्त्र प्रहरी परिचालन

    चितवन । गत शुक्रबार चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूलीमा हराइरहेका दुईवटा बसका यात्रुको खोजीका लागि सशस्त्र प्रहरीले जनशक्ति थप गरेको छ।मंगलबार सशस्त्र प्रहरीले ३०१ जना सुरक्षा फौज घटनास्थलदेखि करीब १ सय ३२ किलोमिटरको दुरीमा रहेको गण्डक ब्यारेजसम्म परिचालन गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।दुर्घटनास्थल सिमलताल वरिपरिका स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जना परिचालन गरिएको छ।उक्त फौजले २ वटा मोटर बोट र ७ वटा र्‍याफ्ट बोटसहित खोजी गरिरहेको छ।त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं

    • प्रकाशित मितिः साउन १, २०८१
    • २३९ पटक पढिएको
  • पाउँदीमा दुई करोड ५० लाख खर्चेर १०८ फिट अग्लो महादेवको मूर्ति निर्माण

    लमजुङ । लमजुङस्थित सुन्दरबजार नगरपालिका–७ पाउँदीमा १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण सम्पन्न भएको छ । कर्मदा नदीका शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि यतिका अग्लो महोदवको मूर्ति निर्माण गरेको हो ।समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलले महादेव मूर्तिसहित सो परिसरमा भगवान गणेश, विष्णु, शिवको बहान साँडे (बसाह)को मूर्ति समेत निर्माण गरिएको बताए । काठमाडौँ र पोखराबाट कालीगढ ल्याएर मूर्ति निर्माण गरिएको उनको भनाइ छ । त्यसका लागि रु दुई करोड ५० लाख खर्च भएको उनले जानकारी दिए । मूर्तिमा रङरोगन सम्पन्न भएको छ । सोही प

    • प्रकाशित मितिः साउन १, २०८१
    • २३० पटक पढिएको
  • अहिलेको सरकारले सिंगो देशमा आशा जगाएको छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र सुशासनका निम्ति आफू प्रधानमन्त्री बनेको बताएका छन् ।आज (मंगलबार) बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको बधाई तथा शुभकामना कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।उनले भने, ‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्विकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुनुका लागि होइन । प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ ।  मैले आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति अलपत्र बालबालिकाका निम्ति होस्, अपाङ्गत

    • प्रकाशित मितिः साउन १, २०८१
    • १२२ पटक पढिएको
  • महानगरले झण्डै १० लाखमा खरिद गरेकाे मोटरबोटको सफल परीक्षण

    विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ ।बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेको थियो । वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारमा सहज हुने मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँका अनुसार इन्जिन जडान नगरिकन पनि बोटलाई सञ्चालनमा ल्याउन सकिन्छ । विराटनगरको पूर्वमा सिघिया र पश्चिममा केसलिया नदी भएका कारण स्थानीयले हरेक वर्ष बाढी र ड

    • प्रकाशित मितिः साउन १, २०८१
    • १०९ पटक पढिएको
  • पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

    काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् ।साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ ।  पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका  लागि घुइँचो लागेको जानकारी दिए ।उनले भने, ‘साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ ।’ आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको

    • प्रकाशित मितिः साउन १, २०८१
    • ३७१ पटक पढिएको
  • बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, अर्का एक घाइते

    बर्दिया । बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको सोमबार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोही वडामा पर्ने सुजनपुरका २५ वर्षीय विश्राम थारु हात्तीको आक्रमणबाट घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।घाइते थारुको हात भाँचिएको छ। उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको हो ।

    • प्रकाशित मितिः साउन १, २०८१
    • २२३ पटक पढिएको
  • देशभर मनसुनी वायुको प्रभाव : काेशीमा हल्का देखि मध्यम वर्षा : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रही मधेस, बागमती, गण्डकी  प्रदेशका केही र  कोशी प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (मंगलबार) दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेस, कर्णाली  र  सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक–दुई  स्थ

    • प्रकाशित मितिः साउन १, २०८१
    • ३९७ पटक पढिएको
  • आठबिसकोटमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक जना बेपत्ता

    रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।  सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका–१२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो ।घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबी केसीले जानकारी दिएका छन् । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख केसीले बताए । घटनामा परेर डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् । बाढीले घर बगाउँदा घाइते सात जनालाई आठविसकोटस्थित नगर अस्पतालमा ल्याएर उपचार सुरु भएक

    • प्रकाशित मितिः साउन १, २०८१
    • २५६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल