काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र सुशासनका निम्ति आफू प्रधानमन्त्री बनेको बताएका छन् ।आज (मंगलबार) बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको बधाई तथा शुभकामना कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्विकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुनुका लागि होइन । प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ ।  मैले आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति अलपत्र बालबालिकाका निम्ति होस्, अपाङ्गता भएका व्यक्तिहरूका निम्ति होस् अथवा बेसहारा ज्येष्ठ नागरिकका निम्ति होस् ।’

‘सरकार समयसमयमा परिवर्तन भइरहन्छ । तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ ।  सिंगै देशलाई पनि जगाएको छ । म यति भन्न चाहन्छु–नेपाली जनतामा जुन विश्वास जागेको छ । आशा, भरोसा जागेको छ, सुशासनका लागि, विकासका लागि र जनताले पाउनुपर्ने सेवा, सुविधा सहज ढंगले पाओस्,’ ओलीले भने ।

नयाँ सरकार आएपछि सिंगै देशमा आशा-भरोसा जगाएको र त्यसलाई कायम हुनेगरी सरकारले पहिलो क्याबिनेटबाट नै आफ्नो कामलाई अघि बढाएको दाबी गरे । ‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुुनका लागि होइन । प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ ।  मैले आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषदलाई ठिक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति अलपत्र बालबालिकाका निम्ति होस्, अपांगता भएका व्यक्तिहरूका निम्ति होस् अथवा बेसहारा ज्येष्ठ नागरिकका निम्ति होस्,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भीरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको बताए । त्यस्तै उनले विभिन्न जिल्लामा भएको विपत्तिको घटनाबारे गृहमन्त्रीले गम्भीरतापूर्वक त्यसलाई अध्ययन गरिरहेको पनि बताए ।