इटहरी । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्री खड्काले आजै सिंहदरबार स्थित ऊर्जा मन्त्रालयमा पुगेर पदभार ग्रहण गरे । पदभार ग्रहण गर्दै मन्त्री खड्काले ‘ऊर्जा जलस्रोत तथा सिँचाइका क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि गर्नुपर्ने कार्य र सो को कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गरिएको प्रस्ताव’ मा हस्ताक्षर गरे । कार्यदलको संयोजकमा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल छन् । कार्यदलको सदस्यहरुमा
इटहरी । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली शपथग्रहण लगत्तै शहिद स्मारक पुगेका छन्। उनले शहिद स्मारक पुगेर नेपाली माल्यार्पण र नेपाली सेनाबाट सलामी लिए।ओलीसँगै उपप्रधानमन्त्री तथा मन्त्रीहरू पनि शहिद स्मारक पुगेका थिए।उनीहरू त्यहाँबाट फर्कएर सिंहदरबारतर्फ लागेका छन्।
काठमाडाैं । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीमा नियुक्त भएकोमा ओलीलाई बधाई दिएका हुन् ।मोदीले बधाई सन्देशमा भनेका छन्, ‘नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा बधाई छ । हाम्रा दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुमधुर बनाउन र हाम्रा जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई थप विस्तार गर्न नजिकबाट काम गर्न तत्पर छौं ।’राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसक
काठमाडौं । नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसाय गरेको आरोप लागेका दीपक खड्का मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्का ऊर्जामन्त्री बनेका हुन् ।संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का कांग्रेस सभापति शेरबहादुर देउवा समूहबाट मन्त्री बनेका हुन् । स्काउटको तीन रोपनी जग्गा भाडामा लिएकोमा खड्काले थप ९ रोपनी जग्गा हडपेका थिए । १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेका खड्कालाई उक्त जग्गा नेपाल स्काउटलाई फिर्ता गर्न पाटन उच्च अदालतले आदेश दिएपनि अझै कार्यान्वयन भएको छैन ।खड्का जलविद्युत् आयोजनाका प्रवर्द्धक पन
इटहरी । चौथो पटक प्रधानमन्त्रीको शपथ लिएका केपी शर्मा ओली नेतृत्वको सरकारमा १० नयाँ अनुहार समेटिएका छन् । प्रधानमन्त्री ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल धेरै पटक दोहोरिए पनि यस पटक मन्त्रीमा नयाँलाई पनि अवसर दिइएको छ ।२२ सदस्यीय मन्त्रिपरिषद्मा १२ पुराना हुँदा १० जनाले अवसर पाएका हुन् । यस पटक ओली नेतृत्वको सरकारमा एमालेले भन्दा कांग्रेसले धेरै नयाँ मन्त्री पठाएको छ । कांग्रेसले ६ जनालाई पहिलो पटक अवसर दिँदा एमालेले चार जना नयाँलाई मनत्री बनाएको छ ।कांग्रेसबाट परराष्ट्र आरजु राणा, पर्यटन बद्री पाण्डे, स्वास्थ्य प्रदीप पौडेल, कृषि रामनाथ अधिकारी, वन ऐनबहादुर शाही, युव
काठमाडाैं । पार्टीबाट हालै कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टीका विभिन्न नेताहरूविरुद्ध अनेक आरोप लगाउने शृंखला अझै चलिरहेको छ।शनिबार पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा ढकालले पार्टी सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेमाथि यसअघिका भन्दा संगीन आरोप लगाए।सभापति लामिछानेले प्रधानमन्त्रीका लागि आफू भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार रहेको र त्यसका लागि पहल गरिदिन आफूलाई अह्राएको ढकालले दाबी गरे। दोस्रोपटक गृहमन्त्री भएपछि रविले त्यसका लागि भारतीय राजदूतसँग एक होटेलमा पार्टीका नेताहरूसहित भेटेको उनको
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित लार्केखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । लार्केखोलामा गए राति (आइतबार) आएको भिषण बाढीले मेलम्ची भोताङ सडक, गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने झोलुङ्गे पुल तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको स्थानीय चिरन तामाङले जानकारी दिए ।बाढीले अहिलेसम्म मानवीय नभए पनि भौतिक क्षति धेरै गरेको छ जानकारी दिंदै तामाङले भने, ‘बाढीले चिनियाँ पुल, माझीरुम्टी, तीपेनी, खस्रेबालुवा, खाल्डेखोला, तीपेनीको ड्याम र हस्पिटल, याङरी बस्ती, सुनचौर र मइखर्क क्षेत्रमा बसोबास गर्ने स्थानीयमा त्रास बढेको छ ।’
एजेन्सी । स्पेनले युरोकप–२०२४ को उपाधि जितेको छ । बर्लिनमा गए राति भएको फाइनलमा इङ्ल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो ।दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता लिएको थियो । खेलको ४७ औ मिनेटमा स्पेनका लागि निको विलियम्सले गोल गरेका थिए । ७३ औं मिनेटमा इङ्ल्याण्डले बराबरी गोल गर्यो । मैदान प्रवेश गरेको तीन मिनेटमै कोल पालमरले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।तर, ८६ औं मिनेटमा स्पेनले विजयी गोल गर्यो । मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जीत दिलाए । स्पेनले सन् २०१२ पछि उपाधि उचालेको हो । स्पेनले पहिलोपल्ट सन् १९६४ मा युरो कप जितेको थियो ।स्पेनको यो
काठमाडौं । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । आइतबार प्रधानमन्त्री नियुक्त ओलीले आज शपथ लिन लागेका हुन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउने कार्यक्रम छ । पौडेलले बिहान ११ बजे शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको
एजेन्सी । स्पेनका खेलाडी लामिन यामलले युरोकप–२०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । स्पेनलाई चौंथो पटक युरोकपको उपाधि जिताउन उच्चकोटीको प्रदर्शन गरेका १७ वर्षीय युवा खेलाडी यामलले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन् ।युरो २०२४ मा उनले एक गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए । यस संस्करणको युरोमा उनी सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत हुन् । उनले प्रतियोगिताभर कूल ५०७ मिनेट खेलेका थिए । जसमा उनले प्रतियोगिताकै सर्वाधिक ३२ ड्रिबल गरेका थिए ।यामलले सेमिफाइनलमा फ्रान्सविरुद्ध उत्कृष्ट गोल गरेका थिए । एक गोलले पछि परेको अवस्थामा उनले स्पेनका लागि बराबरी गोल गर्दै खेलमा फर्काएक