All Posts By इटहरी खबर संवाददाता

    Showing १,९०१-१,९१० of ३,०८७ items.
  • त्रीशुलीमा बेपत्ता दुई बस र यात्रु खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

    इटहरी । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा शुक्रवार पहिरोसँगै त्रिशूली नदीमा खसेको दुई बस र ५७ जना यात्रुको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीमा चार दिनदेखि बेपत्ता दुई बस र त्यसमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले भने, ‘हामीले नेपालमा उपलब्ध सबै प्र

    • प्रकाशित मितिः असार ३१, २०८१
    • ३९९ पटक पढिएको
  • त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको आज पनि खोजी

    चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान साढे तीन बजे त्रिशूली नदीमा खसेका दुई वटा बसको अझै पत्तो लागेको छैन । शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी थालिएको हो ।  खोजी कार्यको लागि नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरी गरि पाँच सय बढी सुरक्षाकर्मी खटिएका छन् । आजदेखि घटनास्थल र तलतिर सबै सम्भावित स्थानहरूसँगै देवघाटमा समेत खोजी कार्य जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।आज दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सु

    • प्रकाशित मितिः असार ३०, २०८१
    • ४१२ पटक पढिएको
  • बबई नदीमाथिको झोलुंगे पुलमा रातभर फस्यो गोरू, १५ घण्टापछि बल्लतल्ल उद्धार

    दाङ । दाङको दंशीशरणा गाउँपालिका वडा नम्बर १ स्थित बबई नदीमाथि झोलुंगे पुलमा फसेको एउटा गोरूको १५ घण्टापछि बल्लतल्ल उद्धार भएको छ। शुक्रबार साँझ ७ बजेदेखि पुलमा फसेको उक्त गोरूलाई शनिबार बिहान १० बजेमात्रै तुल्सीपुरबाटबाट सशस्त्र प्रहरीको टोली पुगेर सकुशल उद्धार गरेको हो। खेतमा दिनभर जोतेर घर फर्कने क्रममा गोरू पुलमा फसेपछि स्थानीय, वडा कार्यालय र प्रहरीसमेतको सहयोगमा शुक्रबार राति ९ बजेसम्म पुलबाट निकाल्न नसक्दा शनिबार सशस्त्र प्रहरी बलको टोली नै पुगेको थियो। बिहान ७ बजेमात्रै सुरु भएको उद्धार कार्यमा गोरूलाई मेसिनले पुलको थोरै भाग काटेर डोरी लगायतक

    • प्रकाशित मितिः असार ३०, २०८१
    • २९५ पटक पढिएको
  • गोली लागेर घाइते भएपछि ट्रम्पले लेखे- ‘गड ब्लेस अमेरिका’

    एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई गोली लाग्नासाथ सक्रिय भएकामा अमेरिकी गुप्तचर तथा सुरक्षा निकायलाई धन्यवाद दिएका छन्। पेन्सलभेनिया राज्यमा आयोजित कार्यक्रममा स्टेजमा बोल्ने क्रममा ट्रम्पलाई अचानक गोली प्रहार भएको हो। उनले गोली आफ्नो दाहिने कानको माथि लागेको र धेरै रगत बगेको उल्लेख गरेका छन्। गोलीकाण्डपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई एक गोली लाग्यो, जुन मेरो दाहिने कानको माथिल्ला भागमा लाग्यो। मलाई तुरुन्त थाहा भयो कि केही गडबड भइरहेको छ, किनकि मैले गोलीको आवाज सुनेँ, अनि गोलीले छाला छेडेको महसुस भयो। धेरै रगत बग्यो..।’उनले आफ्न

    • प्रकाशित मितिः असार ३०, २०८१
    • १९१ पटक पढिएको
  • युरोकपको फाइनल आज : स्पेन र इङ्ल्याण्ड भिड्दै

    एजेन्सी । आज (आइतबार) राति युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२; ४५ बजेदेखि सुरु हुनेछ ।सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २–१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो । तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दैछ भने इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दैछ ।२०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो । स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले

    • प्रकाशित मितिः असार ३०, २०८१
    • २४९ पटक पढिएको
  • सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

    बारा । कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता छिन् ।रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा थिइन् । जागीरे भए पनि उनी सन्तुष्ट थिइनन्, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उनी परीक्षाका लागि काठमाडौं जाँदै थिइन् । तर काठमाडौं नपुग्दै त्रिशूलीमै बेपत्ता भइन् । योसँगै उनको परिवारको सपना समेत त्यही अस्ताएको छ ।सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौं गएकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बता

    • प्रकाशित मितिः असार ३०, २०८१
    • १८३ पटक पढिएको
  • सिमलताल पहिरो : नवलपुरमा भेटियो सर्लाहीका रमितको शव, अर्का एकको पहिचान बाँकी

     काठमाडौँ । पूर्वी नवलपरासीको गैंडाकोटस्थित नारायणी नदी किनारमा भेटिएका दुईमध्ये एक पुरुषको शव चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता गणपति डिलक्सका यात्रु भएको पुष्टि भएको छ ।  एक शव सर्लाही बरहथवा नगरपालिका–३ बस्ने वर्ष १९ का रमितकुशर माझीको भएको खुलेको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनका बुवा रविन्द्र कुशर माझीले छोराको शव पहिचान गरेका हुन् । उनी काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्सका यात्रु हुन् । गैँडाकोटमै फेला परेको अर्को शवको सनाखत हुन बाँकी रहेक

    • प्रकाशित मितिः असार ३०, २०८१
    • ६,४०५ पटक पढिएको
  • अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

    एजेन्सी । पेन्सिलभेनियामा चुनावी  र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति ट्रम्पको चुनावी  र्‍याली चलिरहेका बेला गोली चलेको हो । घटनामा  र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । पूर्व राष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले पत्रकारहरूसँगको कुराकानीमा ट्रम

    • प्रकाशित मितिः असार ३०, २०८१
    • २२६ पटक पढिएको
  • ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, सोमबार शपथ

    इटहरी । देशले आज (आइतबार) नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  ४५ औं प्रधानमन्त्री नियुक्त गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।राष्ट्रपति पौडेलले आज साँझ ५ बजेसम्म नेपालको संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन् । त्यसपछि प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयको तयारी छ । शुक्रबार रा

    • प्रकाशित मितिः असार ३०, २०८१
    • १९८ पटक पढिएको
  • त्रिशूलीमा खसेको यात्रुसहितको बसको खोजी स्थगित

    इटहरी:- चितवनको नारायणजगढ-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता पारेको दुई बस र यात्रुको खोजी कार्य आजलाई स्थगित गरिएको छ। भोलि आइतवारपुन: खोजतलास थालिने चितवन प्रहरीले जनाएको छ। चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले आजसम्म दुई  शव मात्रै नदीबाट निकालिएको जानकारी दिँदै अर्को एउटा शव भने सनाखत हुन नसकेको बताए। बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव हाम फालेर ज्यान जोगाएका थिए।प्रहरीले बेपत्ता बस र यात्रुको खोजीका लागि विपद् उद्धारका सम्पूर्ण शक्ति प्रयोग भइरहेको बताएको छ। आज सशस्त्र प्रहरीको

    • प्रकाशित मितिः असार २९, २०८१
    • ५७४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल