एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई गोली लाग्नासाथ सक्रिय भएकामा अमेरिकी गुप्तचर तथा सुरक्षा निकायलाई धन्यवाद दिएका छन्। पेन्सलभेनिया राज्यमा आयोजित कार्यक्रममा स्टेजमा बोल्ने क्रममा ट्रम्पलाई अचानक गोली प्रहार भएको हो। 

उनले गोली आफ्नो दाहिने कानको माथि लागेको र धेरै रगत बगेको उल्लेख गरेका छन्। गोलीकाण्डपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई एक गोली लाग्यो, जुन मेरो दाहिने कानको माथिल्ला भागमा लाग्यो।

मलाई तुरुन्त थाहा भयो कि केही गडबड भइरहेको छ, किनकि मैले गोलीको आवाज सुनेँ, अनि गोलीले छाला छेडेको महसुस भयो। धेरै रगत बग्यो..।’उनले आफ्नो र्‍यालीमा गोली लागेर मारिएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।