All Posts By इटहरी खबर संवाददाता

    Showing १,९८१-१,९९० of ३,०८७ items.
  • कल्कीको सफलतापछि प्रभासको सलार-२ को छिट्टै छायांकन हुने

    एजेन्सी। हालै प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ रिलिज भएको छ । यो चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । अब प्रभासको बहुप्रतिक्षित चलचित्र ‘सालार २’ को छायांकन छिट्टै सुरु हुने भएको छ । पान इन्डिया स्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ मा आफ्नो दमदार भूमिकाका कारण चर्चामा छन् । फिल्मलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । फिल्म ‘कल्की २८९८ एडी' ले अहिलेसम्म राम्रो कमाई गरिरहेको छ । ‘कल्की २८९८ एडी’ को मज्जा लिइरहेका प्रभासका फ्यानहरुका लागि खुसीको खबर छ । अभिनेताको फिल्म ‘सलार २’ को छायांकन छिट्टै सुरु हुँदैछ । सन् २०२३ मा रिलिज भएको ‘सालार पार्ट १’ को अपार सफलतापछि निर्देश

    • प्रकाशित मितिः असार २१, २०८१
    • २७६ पटक पढिएको
  • बेलायत चुनाव: प्रधानमन्त्री सुनकद्वारा हार स्वीकार, स्टार्मरलाई दिए बधाई

    एजेन्सी । बेलायतका प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले चुनावमा आफ्नो हार स्वीकार गरेका छन्।उनले लेबर पार्टीका नेता कियर स्टार्मरलाई विजयका लागि बधाई दिएका छन्।उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन्। यसबाट धेरै कुरा सिक्न आवश्यक छ। हारको जिम्मेवारी लिन्छु।’ऋषि सुनकले योर्कशायरको रिचमन्ड सिट भने कायम राखेका छन्।सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ। मैले कियर स्टार्मरलाई जितका लागि बधाई दिइसकेँ।’सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसद्‌मा ३६४ सिट जितेको थियो र बोरिस जोनसन प्रधानमन्त्री बनेका थिए।

    • प्रकाशित मितिः असार २१, २०८१
    • २५८ पटक पढिएको
  • सुनसरीमा आँपको उत्पादन घट्दा मुल्य बढ्याे , व्यवसायिक खेति हराउदै गएकाेमा चिन्ता

    इटहर्री । सुनसरीमा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा  मूल्य बढेको छ। हुरी बतास र कीराले क्षति पुर्याएको कारण गत वर्षको तुलनामा यस वर्ष आँपको उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए। उनले भने, ‘कीराको जोखिम र हुरी बतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो।’ आँपको उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ। गतवर्ष सुनसरीमा आँप खुद्रा प्रतिकेजी रु ५५ सम्ममा बिक्री हुँदै आएको आँप यस वर्ष प्रतिकेजी रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ। गत वर्ष प्रतिकिलो रु ५० भन्दा कममै आँप बिक्री भएको उनले बताए। केन्द्रका अनुसार जिल्लामा य

    • प्रकाशित मितिः असार २१, २०८१
    • २७४ पटक पढिएको
  • युरोकप : क्वार्टर फाइनलका खेल आजबाट, जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै

    एजेन्सी । जारी युरोकपमा आज (शुक्रबार) देखि क्वार्टर फाइनलका खेलहरु सुरु हुँदैछन् । आज क्वार्टर फाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुँदैछ ।स्पेनले राउण्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वार्टर फाइनलमा पुगेको हो । त्यसैगरी, जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो । यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै, ९ खेल ब

    • प्रकाशित मितिः असार २१, २०८१
    • २६४ पटक पढिएको
  • पाँचथरमा झाँक्री हेर्न आएका युवामाथि सामुहिक कुटपिट गरि हत्या

    पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१४ मा सामुहिक कुटपिटबाट गम्भीर घाइते एक युवकको ज्यान गएको छ । स्थानीय धनकुमार राईको घरमा बिहीबार आयोजित चिन्ता बस्ने (धामीझाँकी) नचाउने कार्यक्रम हेर्न आएका युवाहरूबीच कुटाकुट हुँदा घाइते भएका फिदिम–१४ निवासी ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो ।बिहीबार साँझ साढे नौं बजे धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका बखत दिनेशसहित २८ वर्षका पर्शुराम राई, २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर विकलाई त्यहाँ आएका २० जनाको समूहले कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते राईलाई उपचारका लागि तत्काल पाँचथर अस्पताल अस्पतालमा ल्याइएको

    • प्रकाशित मितिः असार २१, २०८१
    • ३४४ पटक पढिएको
  • विद्यार्थीको संख्या २, शिक्षक पनि २

    बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ। हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन्। उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन्। कक्षा २ मा भने विद्यार्थी नै छैनन्।स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेका प्रधानाध्यापक गोविन्द अधिकारीले बताए। विसं २०८० सालमा तीनजना विद्यार्थी थिए। ०८१ सालको नयाँ शैक्षिकसत्रमा दुईजना मात्रै विद्यार्थी विद्यालयमा भर्ना भएका हुन्। विसं २०४६ मा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद

    • प्रकाशित मितिः असार २१, २०८१
    • २४९ पटक पढिएको
  • विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?

    एजेन्सी । थुप्रै मानिसलाई कुनै न कुनै किसिमको डर हुन्छ। डरका कारण अनेक हुन सक्छन्। पछिल्लो अध्ययनले मानिसहरू विवाहसँग पनि डराउने तथ्य खुलेको छ। विवाहसँग डराउने मानिसहरू दुलहाको भेषमा रहेका पुरुष हुन् अथवा रातो लुगा लगाएको दुलही, उनीहरूलाई देख्नासाथ त्रसित् हुने गर्दछन्।यो पनि एक प्रकारको मानसिक रोग भित्र पर्दछ। यस प्रकारको रोगलाई मनोचिकित्सकीय भाषामा ‘विवाह फोबिया’ वा ‘गामोफोबिया’ भनिन्छ। कतिपयले यही रोगका कारण बलिउड अभिनेता सलमान खानले ५८ वर्षको उमेर बितिसक्दा पनि विवाह नगरेको दाबी पनि गर्छन्।सलमान खानका पिता सलिम खानको एउटा भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। भिडिओमा सलिमले सलम

    • प्रकाशित मितिः असार २१, २०८१
    • ३७४ पटक पढिएको
  • गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न देशभरका प्रजिअलाई निर्देशन

    काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय तहहरूसँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक

    • प्रकाशित मितिः असार २१, २०८१
    • १५८ पटक पढिएको
  • देशका धेरै ठाउँमा रातिदेखि नै भारी वर्षा, ३० जिल्लामा ‘रेडअलर्ट’

    इटहरी । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।​जलसतह बढ्दो क्रममा रहेको भन्दै नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । यस्तै, रात दाङमा मध्यम वर्षा भएको छ । कोइलाबास वर्षामाप

    • प्रकाशित मितिः असार २१, २०८१
    • ३४५ पटक पढिएको
  • खुकुरीले घाँटी रेटेर आफ्नै आमाको हत्या

    तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्मामा बिहीबार आफ्नै छोराले आमाको हत्या गरेका छन् । बिहीबार अपरान्ह ४ बजे २३ वर्षीय दिपक नेपालीले आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेका हुन् ।सामान्य घरायसी विवाद हुँदा माइलो छोरा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । खकुरी प्रहारपछि आमा तीलमायाको घटनास्थलमै मृत्य भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा दिपकलाई ईलाका प्रहरी कार्यालय बसन्तपुरले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः असार २०, २०८१
    • ३०६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल