एजेन्सी । बेलायतका प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले चुनावमा आफ्नो हार स्वीकार गरेका छन्।उनले लेबर पार्टीका नेता कियर स्टार्मरलाई विजयका लागि बधाई दिएका छन्।उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन्। यसबाट धेरै कुरा सिक्न आवश्यक छ। हारको जिम्मेवारी लिन्छु।’

ऋषि सुनकले योर्कशायरको रिचमन्ड सिट भने कायम राखेका छन्।सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ। मैले कियर स्टार्मरलाई जितका लागि बधाई दिइसकेँ।’सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसद्‌मा ३६४ सिट जितेको थियो र बोरिस जोनसन प्रधानमन्त्री बनेका थिए।