All Posts By इटहरी खबर संवाददाता

    Showing २,०७१-२,०८० of ३,०८७ items.
  • ओखलढुंगामा मध्यरात घरमाथी पहिरो खस्याे : श्रीमतीको मृत्यु, श्रीमान र छोरी घाइते

    ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–५ शेर्नामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परी एउटै परिवारका अन्य दुई जना घाइते भएका छन् । पहिरोमा परी मृत्यु हुनेमा ३५ वर्षीय देवकुमारी खत्री रहेको जिल्ल प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।गए राति २ बजेको समयमा झरेको पहिरोमा परेर घाइते भएका मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री रहेका छन् । उनीहरुलाई पहिरोबाट सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनीहरुलाई अहिले स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ ।

    • प्रकाशित मितिः असार १२, २०८१
    • २३१ पटक पढिएको
  • सीबीआईको मान्छे भन्दै भक्तपुरमा प्रहरीले नै लुटे २ करोड नगद : प्रहरी हवल्दारसहित चार जना पक्राउ

    काठमाडाैं । भक्तपुरको दधिकोटमा सीबीआईको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेको आरोप प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।२०८१ असार ११ गते मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै सिबिआईको प्रहरी हुँ भन्दै लुटपात गर्ने सिन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी–२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र सिन्धुपाल्चोकका ३८ वर्षीय कृष्णबहादुर बोहोरालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।उनीहरुले यही असार ४ गते दिउँसो १ बजे सूर्यविनायक नगरपालिका–४ दधिकोटका डिल्लीबहादुर राउतको घरम

    • प्रकाशित मितिः असार ११, २०८१
    • ३३२ पटक पढिएको
  • कलङ्की ट्रेड सेन्टरको सटर मिलाइ दिने भन्दै साढे १३ करोड ठगी, ६ जना पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी रु १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पङ्गेनी, काठमाडौँका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्

    • प्रकाशित मितिः असार ११, २०८१
    • १८२ पटक पढिएको
  • इलाममा ११ सय शिक्षकले त्यागे पार्टीको सदस्यता

    इलाम । पछिल्लो समय शिक्षकहरूले पार्टीको सदस्यता त्याग्न थालेका छन् । शिक्षा मन्त्रालयको निर्देशनअनुसार शिक्षकहरूले पार्टीको सदस्यता त्याग्न थालेका हुन् । इलामका एघार सय माथि शिक्षकले राजनीतिक दल त्यागेका छन् ।शिक्षा विकास तथा समन्वय इकाई इलाममा लिखित निवेदन दिएर उनीहरूले अबदेखि आफू कुनै पनि दलमा आबद्ध नगरेको घोषणा समेत गरेका हुन् । शिक्षा मन्त्रालयको निर्देशनअनुसार उनीहरूले आफू आबद्ध दल त्यागेको निवेदन दिएको इलामस्थित शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ । इलाममा दुई हजार दुई सय ८२ शिक्षक दरबन्दी रहेकामा दुई हजार दुई सय ५२ कार्यरत छन् ।

    • प्रकाशित मितिः असार ११, २०८१
    • ५२३ पटक पढिएको
  • कोशीका मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध परेको रिट खारेज, हिकमत सरकारले पायो निरन्तरता

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । रिट खारेज भएसँगै एमाले र माओवादीलगायतका दल सम्मिलित गठबन्धनको सरकारले निरन्तरता पाएको छ ।न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित पूर्ण इजलासले मंगलबार रिट खारेज गरिदिएको हो । कोशी प्रदेशमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि त्यसविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले २०८० वैशाख २७ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।संविधानको धारा १६८ उपधारा ५ बमोजिम यसअघि मुख्यमन्त्री बनेका केदारलाई समर्थन दिएका सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश

    • प्रकाशित मितिः असार ११, २०८१
    • ३६८ पटक पढिएको
  • काठमाडाैं र बिराटनगर सहित पाँच महानगरले ल्याए ५० अर्ब ७५ करोड बढीको बजेट

    इटहरी डेस्क । आगामी आर्थिक वर्षका लागि पाँच महानगरपालिकाले ५० अर्ब ७५ करोड सात लाख सात हजार बराबरको बजेट ल्याएका छन् । आज (सोमबार) पाँच महानगरपालिकाको नगर सभा बैठकमा महानगरपालिकाका उपप्रमुखहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट प्रस्तुत गरेका हुन् ।आगामी आर्थिक वर्षका लागि देशका ठूला स्थानीय तह अर्थात पाँच ठूला महानगरपालिकाले सोमवार ५० अर्ब बढीको बजेट विनियोजन गरेका छन् । बागमती प्रदेशका ३, कोशी प्रदेशको १ र गण्डकीको १ गरी पाँच महानगरले ५० अर्ब ७५ करोड ७ लाख ७ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षको लागि पाँच महानगरपालिकाले ५० अर्ब ७५ करोड ७ लाख ७ हजार बराबरको बज

    • प्रकाशित मितिः असार ११, २०८१
    • ३४२ पटक पढिएको
  • क्रिमियामा युक्रेनको आक्रमणपछि क्रेमलिनद्वारा अमेरिकालाई दियाे परिणाम भोग्नु पर्ने चेतावनी

    एजेन्सी । क्रिमियामा अमेरिकी मिसाइलबाट युक्रेनी आक्रमणमा चार जनाको मृत्यु भएको मस्कोले बताएपछि क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम’ भोग्नुपर्ने चेतावनी दिँदै अमेरिकी राजदूतलाई बोलाएको छ ।मस्कोले रुसी लक्ष्यहरूमा प्रहार गरिएको हतियारको आपूर्तिका लागि वासिङ्टन र किएभका पश्चिमी समर्थकहरूको आलोचना गरेको छ र उनीहरूलाई दुई वर्षको द्वन्द्वमा प्रत्यक्ष सहभागी भएको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सेवस्तोपोलमा आइतबारको आक्रमणलाई ‘बर्बर’ भन्दै वासिङ्टनमाथि ‘रुसी बालबालिकाको हत्या गरेको’ आरोप लगाए ।सेवस्तोपोलका गभर्नर मिखाइल रजभोझायेभले टेलिग्राममा मर्नेहरूमा दुई नाबाल

    • प्रकाशित मितिः असार ११, २०८१
    • २२४ पटक पढिएको
  • जीबी राईलाई नेपाल ल्याउन मलेसिया सरकारसँग निरन्तर संवादमा छौँ : गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी बचत रकम अपचलनमा संलग्न जीबी राई मलेसियामा रहेको र नेपाल ल्याउन त्यहाँका गृहमन्त्रीसँग दुई पटक संवाद भएको बताएका छन् ।उनले दुबै देशका राज्य संयन्त्र निरन्तर संवादमा रहेको दावी गरेका छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले मलेसिया सरकारले मागेबमोजिम कागजपत्र पठाउने काम भएको र जीबी राईको राहदानी खारेजीको प्रक्रिया अघि बढाउँदा राहदानी विभाग र अदालतले अवज्ञा गरिदिएको बताए ।‘उनी फरार भएको आठ महिनापछि म मन्त्रालयको नेतृत्वमा आएको हुँ, आकासमा भए पनि पातालमा भए पनि पक्राउ गर्छ

    • प्रकाशित मितिः असार ११, २०८१
    • १६५ पटक पढिएको
  • तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

    रामेछाप । तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सोमबार सम्पन्न उक्त प्रतियोगिताको ‘सिङ्गल’ विधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले तीन मिनेट तीन सेकेण्डमा डुङ्गालाई नदी वारपार गराई प्रथम हुन सफल भएका हुन् ।यसैगरी तीन मिनेट १२ सेकेण्डमा ओखलढुङ्गाका कमल माझी र कुशल माझीले द्वितीय, तीन मिनेट १६ सेकेण्डमा रामेछाप मसानटारका सुनिल माझी र उर्बे माझीले तृतीय र तीन मिनेट २४ सेकेण्डमा नदी वारपार गरी सिन्धुली खाङ्साङका पेशल माझी र डिल्ले माझीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । ‘डवल’ विधातर्फ दुई मिनेट ४४ सेकेण्डमा सुन

    • प्रकाशित मितिः असार ११, २०८१
    • २२९ पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची

    इटहरी । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ । त्यसअघि सांसदहरूले विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन् ।त्यसपछि अर्थमन्त्री वर्षमान पुनलेविनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री पुनले आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुलसम्बन्धि विधयेक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्

    • प्रकाशित मितिः असार ११, २०८१
    • १९२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल