इटहरी । पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको हो ।इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार चितवनको इच्छाकामना-३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ ।पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन । सडक सञ्चालन गर्न केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् । पहिरोले दुवैतर्फका सवारीसाधन रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् ।
इटहरी । बंगलादेशले नेपाल समक्ष जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज (सोमबार) भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बंगलादेश निर्धारित ओभरको ३ बल बाँकी छँदै अलआउट हुँदै १०६ रन बनायो ।शुरुदेखि नै दबाबमा रहेको बंगलादेशका कुनै पनि खेलाडीले २० रन समेत कटाउन सकेनन् । ओपनर ब्याट्सम्यान तान्जिद हसन शून्य रनमै आउट हुँदा शाकिब अल हसनले १७ रन जोडे । महमुदुल्लाह र रिसज होसेनले समान १३÷१३ रन बनाउँदा जाकिर अलि र तास्किन अहमदले समान १२÷१२ रन बनाए ।कप्तान नजमुल होसेन सान्टो ४ रनमा आउट हुँदा लिटन दास १० र तोहिद हृदोय ९ रनमा आउट भए । बंगलादेश
इटहरी । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गए रातिदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी, बाग्मती र कोशी प्रदेशको केही ठाउँमा वर्षा भइरहेको हो ।पूर्वको कोशीमा भित्रिएको मनसुन हिजो बेलुकादेखि बल्ल मधेस प्रदेशको पूर्वी भागमा पुगेकोले अन्य ठाउँमा अहिले भइरहेको वर्षा प्रि–मनसुनकै प्रभाव रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भइरहेको वर्षा केहीबेरमा रोकिने र आज बेलुका फेरि पानी पर्ने सम्भावना रहेको उनले बताएका छन् ।हाल देशको पूर्वी भ–ूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय व
इटहरी । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको आठौं विकेट लिएका छन् । वेष्ट इण्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा आज (सोमबार) बिहान भएको खेलमा नेपालका पूर्व कप्तान सन्दीप लामिछानेले बंगलादेशका जाकिर अलीको विकेट लिएका हुन् ।१५.२ ओभरमा बंगलादेशका अलिलाई आउट गराएसँगै टी २० अन्तराष्ट्रिय खेलमा लामिछानेले १०० विकेट पु¥याएका हुन् । १३.२ ओभरमा लामिछानेले तन्जिम हसन साकिब आउट गराए । उनी ५ बलमा ३ रन बनाएर बाहिरिए । १३.१ ओभरमा बंगलादेशले रिम्भु अपिल गरेपछि लामिछानेले विकेट नलिएको रेफ्रिले जानकारी गराएका थिए ।त्यसअघि ११.४ ओभरमा हसनलाई आउट गराएर नेपाललाई रोहितकुमार
इटहरी । सात प्रदेशले आगामी आर्थिक वर्षका लागि २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएका छन् । असार १ गते प्रदेश सभामा सातै प्रदेशले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेका हुन् ।सात प्रदेशमध्ये बागमतीले सबैभन्दा ठुलो र कर्णालीले सबैभन्दा सानो आकारको बजेट ल्याएका छन् । बागमतीले आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ भने कर्णाली प्रदेशले बागमतीको आधाभन्दा कम अर्थात् ३१ अर्ब ४१ करोडको बजेट ल्याएको छ ।आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले बागमती प्रदेश सभामा आगामी आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् भन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) इ–मेलसहित रद्द गरेको छ । प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगरेपछि ७ वटा सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको जानकारी दिएको छ ।यी सात सेवा प्रदायकले ‘दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरणवापतको दस्तुर बुझाएर अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले,’ लाइसेन्स खारेज भएको प्राधिकरणले जनाएको छ ।लाइसेन्स रद्द हुने सेवा प्रदायक कम्पनीहरूमा श्री वशिष्ठ केबल नेट प्रालि, श्री इन्फो नेट टेक्नोलोजी प्रालि, श्री सिम्पल इन्टेलिजेन्ट सिस्टम
काठमाडाैं । एक साताअघि कर्णाली नदीको पुलको लठ्ठा चुडिँदा फसेका खच्चडको उद्धारमा संलग्न दुईजना प्रहरी जवान पुरस्कृत भएका छन्। साहसिक कार्य गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी चौकी कालेकाँडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामसिंह फराल र प्रहरी हवलदार गंगाराम चौधरीलाई नगदसहित सम्मान गरेको हो।उच्च अनुशासनमा रही अदम्य साहसका साथ खच्चडको उद्धार गरेकाले उनीहरुलाई नगदसहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए। सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले उनीहरुलाई प्रहरी अभिलेखमा जनिने गरेर पु
काठमाडौं । गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मर्मत–सम्भार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । ‘नियमित मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही असार ३१ गतेदेखि आगामी असोज १० गतेसम्म केबुलकार बन्द गर्न लागिएको हो,’ शेरचनले भने ।सेवा बन्द गरेर केबुलकारको डिजिटल प्रणाली स्तरोन्नति र मुख्य केबुल तार (लट्ठा) समेत फेर्ने तयारी भएको उनले जानकारी दिए । मनकामना केबुलकार प्रालिले एक महिना अगाडि नै सूचना निकालेर यात्रुलाई सेवा बन्द हुने विषयमा जानकारी गराएको हो । नेपालमा पहिलो
एजेन्सी । युरोकप–२०२४ को समूह ‘बी’ मा रहेका दुई ठूला टिम इटाली र स्पेनले शनिबार शानदार विजयी शुरुवात गरेका छन् । डिफेन्डिङ च्याम्पियन इटालीले प्रतियोगिताकै इतिहासमा सबैभन्दा चाँडै गोल खाए पनि उपाधि रक्षा गर्ने क्रममा पुनरागमन गर्दै अल्बानियालाई २–१ ले पराजित गर्न सफल भएको छ ।अल्बानियाका नेडिम बज्रामीले २३ औं सेकेण्डमा गोलको खाता खोल्दै इटालीलाई स्तब्ध पारेका थिए । तर खेलको ११ औं मिनेटमा इटलीका लागि अलेसान्ड्रो बास्टोनीले बराबरी गोल फर्काए । त्यसपछि खेल पूर्णतः इटालीको पक्षमा रह्यो र निकोलो बारेलाले विजयी गोल गरे ।स्पेनको जित भने सहज रह्यो । स्पेनले क्रोएसियालाई ३–० ले हराएको छ । स्पेनका त
महोत्तरी । हिन्दूधर्मका अनुयायी आज गंगा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गंगालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ ।गंगा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर आफू नुहाएको जलाशयलाई गङ्गा रूप मानेर पूजाअर्चना गरिन्छ । यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने) १० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वा