All Posts By इटहरी खबर संवाददाता

    Showing २,२६१-२,२७० of ३,०८७ items.
  • एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा विजयी

    विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । सोमबार दिउँसोबाट सुरु भएको गणना भर्खरै सकिएको हो । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धि विनोद प्रसाद ढकालले ४३९ मत प्राप्त गरे ।  यस्तै २६ मत भने बदर भएको छ ।  खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन भने ढकाल केन्द्रीय कमिटी सदस्य हुन् ।   प्रदेशको नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान भएको थियो । एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईका

    • प्रकाशित मितिः असोज १६, २०८०
    • ४४६ पटक पढिएको
  • तोलामा १३ सयले घट्यो सुनको मूल्य

    काठमाडौं ।आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँ कायम थियो ।यस्तै, आज चाँदीको मूल्यमा समेत उच्च अंकको गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ । हिजो सोमबार च

    • प्रकाशित मितिः असोज १६, २०८०
    • ५०१ पटक पढिएको
  • रानीको ‘सेल्फी खिचौँला’ विना र निक्सको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । अमेरिकामा रहेर पनि नेपाली गीतसङ्गीत निरन्तर सार्वजनिक गर्ने रानी शाक्यको नयाँ गीत ‘सेल्फी खिचौँला’ सार्वजनिक गरिएको छ । रानी शाक्य र किरण भुजेलको स्वर रहेको गीतमा हरि उप्रेतीको शब्द, नागेन्द्र श्रेष्ठको सङ्गीत छ ।गीतको भिडियोमा सरोज प्रजा, विना राउत र निक्स शर्माको अभिनय छ । तीन जनाले माया गर्दै सेल्फी खिच्ने कुरा गीतमा गरेका छन् । प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो भिडियोमा उत्तम हुमागाँइको छायाङ्कन, सन्तोष राजबहाकको कोरियोग्राफी, राकेश दाहालको सम्पादन छ । गीत रोमान्टिक डान्सिङ नम्बरमा तयार पारिएको छ । 

    • प्रकाशित मितिः असोज १६, २०८०
    • ४३८ पटक पढिएको
  • इन्द्रजात्रा हेर्न गएका १७ वर्षीय किशोरको हत्या

    काठमाडौँ । काठमाडौँको न्यूरोड मखन गल्ली स्थित सानो पशुपतिमा जात्रा हेर्न गएका किशोरको हत्या भएको छ । इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको हत्या भएको हो । गएराति जात्रामा झगडा हुँदा क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो ।धारिलो हतियार प्रहारबाट कार्की गम्भीर घाइते भएका  थिए । उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । शुरुमा ट्रमा सेन्टरमा भर्ना गरिएको र त्यहाँबाट उनलाई शिक्षण अस्पतालमा रिफर गरिएको थियो ।हत्यामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरिएको  प्रह

    • प्रकाशित मितिः असोज १६, २०८०
    • १६९ पटक पढिएको
  • ‘ओलीतन्त्र’ विरुद्ध उभिए एमाले कार्यकर्ता

    काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशनमा आन्तरिक लोकतन्त्रको खोजी भएको छ । एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनपछि पार्टीभित्र प्रतिस्पर्धा गर्ने सम्भावना निकै न्यून बनेको थियो । १०औं महाधिवेशनपछि बनेका जिल्ला कमिटी प्रदेश संरचनाको नेतृत्वमा मनोनयनको विधि अपनाएर आन्तरिक प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा अनेरास्ववियुबाहेक प्रायः सबै जनवर्गीय संगठनको नेतृत्व छनोट गर्दा पनि सर्वसम्मतको बाटो अपनाए

    • प्रकाशित मितिः असोज १६, २०८०
    • १६२ पटक पढिएको
  • अख्तियारको धरापमा उच्च पदस्थ

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च पदस्थ कर्मचारीलाई धमाधम भ्रष्टाचार मुद्दा दर्ता गर्न थालेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पदमा बसेकाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुनासाथ स्वतः पदबाट निलम्बन हुने व्यवस्था छ । मुद्दाको छिनोफानो नहुँदासम्म निलम्बन कायमै रहन्छ ।‘नेसनल पेमेन्ट गेटवे’मा भ्रष्टाचार गरेको भन्दै सोमबार अख्तियारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका बहालवाला सचिव मधु मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक सफल श्रेष्ठसहित नौजनाविरुद्ध २३ करोड बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दर्ता ग

    • प्रकाशित मितिः असोज १६, २०८०
    • १४० पटक पढिएको
  • सोल्टी होटलमा पूर्वराजपरिवारको १९ अर्बको सम्पत्ति

    काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनात्मक तथा व्यवस्थापकीय अध्ययन समितिले पाँच तारे होटल सोल्टीको सेयर बेचेर जहाज खरिद गर्न सुझाव दिएपछि पुँजी बजारमा तरङ्ग आएको छ । जहाज नै खरिद गर्न पुग्ने गरी निगमको सेयर कति रहेछ भनेर तरङ्ग सिर्जना गरेको हो ।सोल्टी होटल लिमिटेडको वित्तीय विवरणअनुसार दोस्रो ठूलो लगानीकर्ता रहेको नेपाल वायुसेवा निगमलाई जहाज खरिद गर्न पुग्ने गरी सेयर रहेको बताइएको छ । तर, सोल्टीमा सबैभन्दा धेरै सम्पत्ति चाहिँ पूर्वराजा ज्ञानेन्द्रको परिवारको रहेको छ ।कम्पनीको वित्तीय विवरणअनुसार पूर्वराजा ज्ञानेन्द्रको परिवारको नाममा सोल्टी होटलमा रहेको सेयर मूल्य करिब १९ अर्ब रुपियाँको

    • प्रकाशित मितिः असोज १६, २०८०
    • १६१ पटक पढिएको
  • ग्यासमा कर दक्षिण एसियाकै उच्च

    काठमाडौँ । सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन तर मुलुकमा सरकारले ग्यासमा विभिन्न सात वटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ । नेपाल आयल निगमका अनुसार हाल प्रतिसिलिन्डरमा ३०९ रुपियाँ कर रहेको छ । छिमेकी मुलुक भारत सरकारले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रकम दिएर उपभोक्तालाई सहुलियत रूपमा ग्यास वितरण गरिरहेका बेला नेपाल सरकारले भने चर्को कर लिएर उपभोक्तालाई ग्यास महँगो परिरहेको छ । छिमेकी मुलुक भा

    • प्रकाशित मितिः असोज १६, २०८०
    • १२९ पटक पढिएको
  • पेट्रोलमा प्रतिलिटर दुई र खाना पकाउने ग्याँसमा २१५ रुपैयाँले वृद्धि

    काठमाडौ‌ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले स्वचालित मूल्य प्रणालीअनुसार शनिबार रातिदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो।जसमा पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो। त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ।निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, ने

    • प्रकाशित मितिः असोज १४, २०८०
    • ४८० पटक पढिएको
  • ३६ किलो चरेस सहित दुई जना पक्राउ

    काठमाडौँ । प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले ३६ किलो चरेस सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजय बस्ती घर भएका ३४ वर्षीय नेत्र बहादुर श्रेष्ठ र बझाङ सुर्गा गाउँपालिका–४ घर भएका साहिमान पुजारा रहेका छन् ।आरोपितहरूको साथबाट ३६ केजी ७१० ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । असोज ७ मा लागुऔषध नियन्त्रण ब्युरो र शाखा कार्यालय वीरगन्जबाट खटिएको टोलीले पर्सा स्थित गम्हरीयाचोकबाट नेत्र बहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो । उनको साथबाट ३२ केजी चरेस बरामद गरिएको छ । असोज ४ मा लागु ब्युरोले धनगढीबाट कैलाली गौरिगंगा नगरपालिका–४ राजपुर खलंगा बजारबा

    • प्रकाशित मितिः असोज ११, २०८०
    • १४९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल