विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । 

सोमबार दिउँसोबाट सुरु भएको गणना भर्खरै सकिएको हो । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।

खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धि विनोद प्रसाद ढकालले ४३९ मत प्राप्त गरे ।  यस्तै २६ मत भने बदर भएको छ ।  खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन भने ढकाल केन्द्रीय कमिटी सदस्य हुन् ।   

प्रदेशको नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान भएको थियो । एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार उपाध्यक्षमा टिकाराम चेम्जोङ, सचिवमा राजकुमार भण्डारी र उपसचिवमा देवान राई र जलबर्षा राजवंशी निर्वाचित भएका छन् । उपाध्यक्ष चेम्जोङ भने निर्विरोध निर्वाचित भएका थिए । सचिवमा निर्वाचित भण्डारी अध्यक्षमा निर्वाचित खतिवडा समूहका उमेद्वार हुन् ।