All Posts By इटहरी खबर संवाददाता

    Showing २,६५१-२,६६० of ३,०८७ items.
  • खुकुरी प्रहार गरी भाइले गरे दाइको हत्या ,भाइ पक्राउ

    काठमाडौँ । काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर २३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् ।प्रहरीका अनुसार घटना गत राती १२ बजेतिरको हो  यद्यपि प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर आएको हो । दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेको पाइएको छ । मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेका थिए ।धारिलो प्रहार प्रयोग गरे लगत्तै भाइले दाइको कोठाको बत्ती निभाएर

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • १०५ पटक पढिएको
  • त्रिविले मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तको समयसीमा तोक्यो

     काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहने क्याम्पसका लागि समयसीमा तोकेर निवेदन आव्हान गरेको छ ।विश्वविद्यालयले आज जारी गरेको सूचना अनुसार आपसमा गाभिई समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न समय सीमा तोकिएको हो ।विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयका अनुसार त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् । उसका अनुसार यसरी मर्ज हुँदा कुनै शुल्क लाग्ने छैन, मर्जको प्रक्रिया निःशुल्क हुनेछ ।जारी सूचना अनुसार य

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • १३७ पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो चरेससहित विदेशी नागरिक पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै सात किलो चरेससहित एक जर्मन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।आज (सोमबार) बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेस्टर्सलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।विमानस्थलका सुरक्षा प्रमुखका अनुसार पउलले सुटकेशमा फल्सबटम बनाएर चरेस लुकाई इस्तानबुल लैजाने योजनामा थिए । प्रहरीले शङ्का लागेर सुटकेस खोतल्दा ६ किलो ८ सय ६० ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले उनलाई बरामद लागू औषधसहित लागू औषध नियन्त्रण ब्युरोमा पठाएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • ९८ पटक पढिएको
  • ब्राजिल र अर्जेन्टिनालाई पछि पार्दै उरुग्वेले जित्यो यु–२० विश्वकप

    काठमाडौं । आयोजक एवं ६ पटकको च्याम्पियन अर्जेन्टिना अन्तिम १६ र ब्राजिल क्वारटरफाइनलबाट बाहिरिएको फिफा यु २० विश्वकको उपाधि उरुग्वले हात पारेको छ । सोमवार बिहान भएको फाइनलमा उरुग्वेले इटालीलाई पाखा लगाउँदै पहिलोपटक यु २० विश्वकपको उपाधि हात पारेको हो । खेलमा शुरूआतदेखि नै दबाब बढाएको उरुग्वले ८६औं मिनेटमा  गोल विजयी गोल गर्‍यो । रातो कार्ड खाएपछि दुई खेल गुमाएर फर्किएका लुसियानो रोड्रिग्वेजले विजयी गोल गरेका हुन् । पोस्टमा टिमको आक्रामण गरिरहँदा रिबाउन्ड बलमा चखालीपूर्ण हेडिङ गोल गर्दै रोड्रिगेजले उपाधि दिलाएका हुन् । प्रतियोगितामा आयोजक अर्जेन्टिना र ५ पटकको विजेता ब्राजिल

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • १८३ पटक पढिएको
  • पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

    काठमाडौं  । जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ ।यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् ।१. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ ।२. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् ।४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • १७१ पटक पढिएको
  • माइतीघर मण्डलामा विद्यालय कर्मचारीले गरे थाल ठटाएर विरोध प्रदर्शन

    काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले  आज (आइतबार) थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् ।नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको नेतृत्वमा विद्यालय कर्मचारीले नयाँ बानेश्वरदेखि माइतीघरसम्म थाल ठटाएर विरोध र्‍याली गरेका हुन् ।नेपाल सरकारले विभिन्न समयमा गरेको सहमति तथा सम्झौतालाई बेवास्ता गरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।सरकारले नीति तथा कार्यक्रममा विद्यालयका माग सम्बोधन गरे पनि बजेटमा नसमेटेको भन्दै उनीहरूले विरोध जनाएका हुन् । विभिन्न समयमा भएका सहमति र सम्झौतालाई सरकारले बजेटमा समेट्नुपर्ने उनीहरूको माग छ । 

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • १०५ पटक पढिएको
  • बबिनाको ‘माया आफै हुन्छ’ सार्वजनिक (भिडियोसहित)

    विराटनगर । गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ्ग तथा मास्टरिङ रहेको छ ।प्रेमभाव समेटिएको गीतको भिडियो भने स्टुडियो भर्सनमा सार्वजनिक गरिएको छ । भिडियोलाई सरोज रञ्जितकारले छायाँकन तथा सम्पादन गरेका हुन् । सुमधुर आवाजकी धनी गायिका बबिनाका यसअघि ‘कति मिठो भूल’, ‘तिम्रै लागि’ लगायतका गीतहरु सार्वजनिक भइरहेका छन् ।भिडियो:

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • १६५ पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

    काठमाडौं । लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रमा गोली चलेको हो। घुँडाभन्दा मुनि गोली प्रहार गरी लागु औषध कारोबारी पक्राउ गरिएको ब्यूरोका प्रवक्ताले जनाएका छन् । थप विवरण भने आउन बाँकी छ।

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • १०४ पटक पढिएको
  • देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

    काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार      दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोठली बस्ने ८२ वर्षीय मित्रलाल उपाध्याय आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।  यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ शुक्रपथस्थित घरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् । यसैगरी पर्वतको बिहादी गाउँपालिका–६ दलबिरेस्थित सेतिखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित दरौदी खोलाको किनारमा पनि गोरखा सिरानचोक गाउँपाल

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • १०४ पटक पढिएको
  • आज सुनचाँदीको मूल्य स्थिर

    काठमाडौ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  गत शुक्रबार भएकै कारोबारमा सुनचाँदी किनबेच भएको हो  । शुक्रबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको थियो ।आज (आइतबार) छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।  आज चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • १६० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल