All Posts By इटहरी खबर संवाददाता

    Showing २६१-२७० of ३,०८६ items.
  • रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

    इटहरी । काठमाडौस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए ।सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले उनी आज मात्र अदालतमा हाजिर भएका हुन् । उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आइतबार लामिछानेलाई काठमाडौँ ज

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ३८३ पटक पढिएको
  • पूर्वी चितवनका सिमसारमा यस पटक चराको ५५ प्रजाति भेटियाे

    चितवन । पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पंक्षीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।गत वर्ष नभेटिएका दुई प्रजातिका चरा समेत यस पटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन्। गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए । गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए ।यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट) बाट

    • प्रकाशित मितिः पुस २८, २०८१
    • १५३ पटक पढिएको
  • पथरी जेसीजको १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण

    पथरी शनिश्चरे-  पथरी जेसीज-२०२५ का लागि नवनिर्वाचित अध्यक्ष निर्मला भट्टराईले आफ्नो पदभार ग्रहण गर्नुभएको छ। शुक्रबार पथरी जेसीजको १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा उनले आफ्नो पद सम्हालेकी हुन्।गत मङ्सिर २९ गते सम्पन्न भएको निर्वाचनबाट पथरी जेसीजको वर्ष २०२४ की महासचिव भट्टराई  वर्ष -२०२५ का लागि  निर्विरोध निर्वाचित भएकी थिईन।प्रतिनिधि सभाका सांसद डा. सुनिल शर्मा को प्रमुख आतिथ्यता तथा कोशी प्रदेश सभाकी प्रमुख सचेतक तथा सांसद गीता तिम्सिना, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो,  संविधानसभाका सभासदद्वय चण्डी प्रसाद राई र लालबहादुर सुस्लिङ

    • प्रकाशित मितिः पुस २७, २०८१
    • ३०० पटक पढिएको
  • थपिएको म्याद पनि सकियो, सकिएन खाेटाङमा अस्पताल भवन निर्माण

    खोटाङ । तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दर-रामसागर-नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शैंयाको भवन बनाउन असफल भएको हो ।सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्ने गरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मंसिर २९ गते सकिएको छ । १५ शैंयामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शैंयामा स्तरोन्नति गर्ने सरकारको नीतिअनुस

    • प्रकाशित मितिः पुस २६, २०८१
    • ५०१ पटक पढिएको
  • तीन दिनयता सुनचाँदीको मूल्य लगातार वृद्धि, आज कति पुग्यो ?

    इटहरी । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । पछिल्लो तीन दिनयता सुनचाँदीकै भाउ लगातार बढिरहेको छ ।बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।

    • प्रकाशित मितिः पुस २६, २०८१
    • ३६९ पटक पढिएको
  • धनकुटामा पिकअप भ्यान दुर्घटना, चालक–सहचालककै मृत्यु

    धनकुटा । धनकुटाको पाख्रिबासमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका–३ स्थित पाख्रिबास–हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को १ ज २६३९ नम्बरको पिकअप ३ वटा सुँगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।मृत्यु हुनेमा चालक पाख्रिबास–९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिरहाको लहान–५ का २४ वर्षीय प्रमोद मल्लिक रहेका छन् । सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको र चालक तामाङलाई जिल्ला अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीए

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २९९ पटक पढिएको
  • झापाकाे टिमाई नदीमा पुल बनेपछि हट्यो कृषि उपज बिक्रीको पीर

    झापा । झापा बुद्धशान्ति गाउँपालिका–६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेको छ । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको बताइएको छ ।पाँच महिनामै निर्माण सम्पन्न भएको उक्त पुलको शिलान्यास नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश महामन्त्री शर्माले विसं २०८१ असार २४ गरेका थिए । उनले पुलको आज यहाँ शुभारम्भ गर्दै बुद्धशान्तिको वडा नं ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर बिक्री गर्न समेत पुलको निर्म

    • प्रकाशित मितिः पुस २६, २०८१
    • ३०१ पटक पढिएको
  • फुङलिङको तोक्मेमा धाननाच स्तम्भ

    ताप्लेजुङ । लिम्बू समुदायको संस्कृति संरक्षण गर्न ताप्लेजुङ सदरमुकाम फुङलिङमा तोक्मेमा धाननाच प्रतिमा (ताक्वाजङ याःसक्मादेन) निर्माण गरिएको छ । यो प्रतिमा किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण गरिएको हो । प्रतिमा निर्माणका संयोजक कीर्तिमान मादेनका अनुसार यसबाट लिम्बू समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण गरी जीवन्त राख्न योगदान पुर्‍याएको छ । धाननाच प्रतिमा लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई मूर्तरूप दिन खोजिएको छ ।प्रतिमामा दुई महिला र दुई पुरुषले धाननाच गर्दै गरेको दृश्यलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । मूर्तिकार पूर्ण वनेमको नेतृत्वमा चार जनाको टोलीले काँसको प्रयोग गरी

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २५७ पटक पढिएको
  • हात्तीको उपद्रोबाट हौरान र त्रसित छन राेतहटका स्थानीय

    रौतहट । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् । विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयले बताएका छन् । हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेका छन् । हात्तीले बढीजसो केराबारी नष्ट गरेको पाइएको छ।हात्तीको बथानले रौतहटको चन्द्रपुर–३ गैँडाटार र चन्द्रपुर ३ जुडिबेलामा लगाइएको केराखेतीमा क्षति

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २५३ पटक पढिएको
  • अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

    संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झण्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् ।जिल्ला प्रशासन कार्यालय संखुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ । त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँका दरले तोकेको थियो ।प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी

    • प्रकाशित मितिः पुस २६, २०८१
    • ३१५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल