इटहरी । कोसी प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सरकारले सिफारिस गरेको छ। कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिबेशन आगामी माघ ७ गते आह्वान गर्नका लाथि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले मन्त्रीपरिषद् बैठकले हिउँदे अधिवेशकोलागि बैठक आह्वान गर्न सिफारिस गरेको जानकारी दिए।


















