एजेन्सी । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो आवासीय क्षेत्रमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहेका छन्।पालिसेड्सको आगो रोक्न हवाई टोलीले आकाशबाट पानी छर्किरहेका छन्। प्यालिसेड्सको आगो १,००० एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र ब्रेन्टवुड तर्फ सर्दै छ।
पानी अभावका कारण जनतामा बढ्दो आक्रोश देखेर अधिकारीहरू रक्षात्मक बनेका छन्।अहिलेसम्म आगलागीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ।रातमा हावा तीव्र हुन सक्ने सम्भावना छ, जसले गर्दा आगो अझ फैलिनसक्छ।
बीबीसीका अनुसार अमेरिकाको नेसनल वेदर सर्भिसले शनिबार र आइतबार हावा फेरि तीव्र हुन सक्ने चेतावनी दिएको छ। क्यालिफोर्नियाका सात छिमेकी राज्य र केन्द्रीय सरकारले आगलागी नियन्त्रण गर्न सहयोग पठाएका छन्। छिमेकी देश क्यानडा र मेक्सिकोले पनि सहयोग गरेका छन्।


















