All Posts By इटहरी खबर संवाददाता

    Showing २,८८१-२,८९० of ३,०८७ items.
  • चलचित्र ‘महापुरुष’को ‘बा’ गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । बाबुको मुख हेर्ने दिनको अवसरमा फिल्म ‘महापुरुष’ले नयाँ गीत ‘बा’ सार्वजनिक गरिएको छ । बाबु र सन्तानबीचको सम्बन्धको महत्व दर्शाउने गीत मर्मस्पर्शी लाग्छ ।रिदम कँडेलको स्वर तथा संगीत रहेको गीतलाई नवराज पराजुलीले लेखेका हुन् । गीतमा हरिवंश आचार्य र नवनायक अरुण क्षेत्रीलाई देख्न सकिनेछ । कात्तिक ११ गते रिलिज हुने तयारीमा रहेको फिल्ममा महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल लगायतको अभिनय छ । म्याक्स दिपेश खत्रीले निर्माण गरेको फिल्म प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • १२८ पटक पढिएको
  • श्रीलंकाका बालबालिका भोकमरीको जोखिममा

    काठमाडौं । आर्थिक संकटका कारण  श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा रहेको राष्ट्रसंघले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ । विदेशी सञ्चित मुद्राको अभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ । नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए । ‘बालबालिका भोकभोकै बेडमा गएका छन्, उनीहरूको बाँकी खाना कहाँबाट आउँछ भन्नेमा अनिश्चित

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • १३२ पटक पढिएको
  • आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन

    काठमाडौं । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्।भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हो, पिता। त्यसैले आज कुशे औंसी, बुवाको मुख हेर्ने दिनको अवसरमा हरेकले आफ्ना पिता प्रति सम्मान दर्शाउन बुवाको मुख हेर्ने र कोशेली दिने परम्परा छ।  यस्तै बुवा नहुनेले पिताको सम्झनामा तस्बिर हेरेर वा विभिन्न मन्दिर शक्तिपीठ, देवालय लगायतका पवित्र तिर्थस्थ

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • ११३ पटक पढिएको
  • प्रदेश एकसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशका केही स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको भइरहेको छ । आज बिहान लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हरी केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदे

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • ६३ पटक पढिएको
  • २०७९ भाद्र ११ गते शनिबारको राशिफल

    मेष । गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । वृष । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । मिथुन ।  सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । कर्कट । दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । सिंह । रम

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • १३५ पटक पढिएको
  • पूर्वेली कान्छीसँग साथीको लभ परे पछि....

    मानिसको जीवनमा कुनै पल यस्तो आउँछ कि त्यति बेला उसले गरेका एउटै क्रियाकलाप जीवन भरी नबिर्सने एउटा क्षण बनी दिन्छ । हो यस्तै एउटा क्षण मेरो जीवनको आज पनि मलाइ उति नै याद आइरहन्छ र आज पनि उति नै रमाइलो लाग्छ त्यो क्षण सम्झिदा । कुरा करिब ११/१२ वर्ष अगाडीको हो । म त्यति बेला त्यस्तै १५/१६ वर्षको थिए । त्यति बेला भर्खर फेसबुक चलाउने चलन आएको थियो । नक्कली फेसबुक आइडी बनाएर साथि भाइहरुलाई झुक्याउने चलन मौलाउँदै गरेको थियो । जस्तै पूर्वेली ठिटो, बाबाको प्यारी छोरी म, पूर्वेली कान्छी आदि नाममा फेसबुक आइडी बनाएर साथीभाइहरूलाई झुक्याउने गरिन्थ्यो ।  अहिलेको जस्तो प्रोफाइल हेरेर प्रमाणित गरेर

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • १,८६४ पटक पढिएको
  • आइफोन-१४ भदौ २३ गते सार्वजनिक हुने

    काठमाडौँ । विश्वको चर्चित मोबाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौमा सार्वजनिक गर्ने भएको छ ।एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतीक्षा गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • १८२ पटक पढिएको
  • भोजपुरका रम्तेलले गरे आफ्नै घाटी रेटेर आत्महत्या

    सुनसरी । भोजपुरको सानोदुम्बा ५ घर भई धरान १३ बस्दै आएका ४१ वर्षीय राम बहादुर रम्तेलले घाँटी रेटेर आत्महत्या गरेका छन्।  बिहीबार बेलुका रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते अवस्थामा ईलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • ६८ पटक पढिएको
  • महिनावारीको दुखाइबाट छुटकारा पाउन के गर्ने ?

    महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ। घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू यस्ता छन्।   १. धेरै पानी पिउनेमहिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट दुखाई झन् बढ्न सक्छ। समयसमयमा पानि पिइरहने हो भने रक्तश्राव कम गर्न मदत गर्छ र यसले निम्त्याउने केही दुखाइलाई कम गर्न सक्छ। साथै, तातो पानी पिउनाले शरीरभरि रगतको प्रवाह बढाउन सक्छ र मांसपेशीहरूलाई आराम दिन्छ। २. हर्बल चिया खानेहर्बल चियामा एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन् जसले गर्भाशयमा मांसपेशीको ऐंठनलाई कम गर्न मदत गर्छ। महिनावारीको स

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • १३० पटक पढिएको
  • देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

    काठमाडौं । शुक्रबार देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा शाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातमा भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • ६४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल