All Posts By इटहरी खबर संवाददाता

    Showing २,९८१-२,९९० of ३,०८७ items.
  • फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीतमा पूजा र आकाशको रोमान्टिक अवतार (भिडियोसहित)

    काठमाडौं । सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ को गीत सार्वजनिक भएको छ। सोमबार ‘हराएँ हराएँ’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा ताराप्रकाश लिम्बु र अनु चौधरीको स्वर रहेको छ भने भिडिओमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मालाई देख्न सकिन्छ। रोमान्टिक गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।अनन्द अधिकारीको शब्द रहेको गीतमा गायक लिम्बुको संगीत छ भने सहास शाक्यको संगीत संयोजन रहेको छ। त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको फिल्ममा पूजा र आकाशसँगै सोनम तोप्देन, सरोज खनाल, धिरन शाक्य, गौरी मल्ललगायत कलाकारको अभिनय देख्न सकिन्छ। कभर गायक सोनम तोप्देनले य

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • १३१ पटक पढिएको
  • बर्दिया राष्ट्रिय निकुञ्जबाट हतियारसहित एक शिकारी पक्राउ

    काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट नेपाली सेनाले विभिन्न हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।  निकुञ्जमा वन्यजन्तु अनुगमनको लागि राखिएको स्वचालित क्यामेरामा विभिन्न मितिमा गैर कानूनी रुपमा हतियारसहित केही व्यक्तिहरु प्रवेश गरेको तस्बिरहरु फेला परेपश्चात निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले निकुञ्‍ज आसपासका ईलाकाहरुमा निगरानी तथा खोजतलास गरेको थियो। खोजतलासको क्रममा तस्बिरमा कैद भएका व्यक्तिका बारेमा प्राप्त जानकारीका आधारमा नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले ती व्यक्तिको घरमा खोजतलास गरी

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • ६५ पटक पढिएको
  • सुडानमा भीषण वर्षाका कारण ५२ जनाको मृत्यु

    काठमाडौं । सुडानमा भीषण वर्षाका कारण आइतबार रातिसम्म कम्तीमा ५२ जनाको मृत्यु भएको बताइएको छ।उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ। सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा भएको छ। यहाँको दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ। यस क्षेत्रका पाँच हजार भन्दा बढी घरमा क्षति पुगेको छ।दुई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ।  

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • १२५ पटक पढिएको
  • अभियान लघुवित्तको आईपीओ बाँडफाँट

    काठमाडौं । अभियान लघुवित्तको आईपीओ आज (सोमबार) बाँडफाँट भएको छ । यसमा गोला प्रथामार्फत कुल ९१ हजार ३७५ जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा १९ लाख ८० हजार ९७० जनाले आवेदन दिएकोमा २ हजार ३७६ जनाको आवेदन रद्द भएको बिक्री मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । अभियानले साउन १८ गतेदेखि २२ गतेसम्म कुल ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ४८ हजार ७५० कित्ता सामुहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । लगानीकर्ताले म

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • १०४ पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं । सुनको मूल्य आज (सोमबार) प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ । आइतबार उक्त सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । उक्त सुन आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँ गिरावट आएको छ । आइतबार १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • ९८ पटक पढिएको
  • रुपन्देहीमा गोली चल्दा एक जना घाइते

    काठमाडौं । रुपन्देहीको ओमसतिया ४ बसन्तपुरस्थित भैरहवा-परासी बाइपास सडकमा गोली चल्दा एक जना घाइते भएका छन्।ओमसतिया गाँउपालिका ४ बशन्तपुरस्थित भैरहवा-परासी बाइपास सडकमा आइतबार राति करिब ११ बजे तीर गोली लाग्दा बेलहियाका ३१ वर्षीय विकास गुरुङ घाइते भएका छन्।उनको बायाँ कोखामा गोली लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए। गुरुङको अहिले युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।गुरुङले भैरहवा भन्सारमा पर्यटकका गाडीहरु छुटाउने लगायतका काम गर्दै आएको थिए। सिद्धार्थनगर नगरपालिका बेलहियामा जेठी श्रीमती बस्ने भएपनि कान्छी श्रीमतीसँग परास

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • ६७ पटक पढिएको
  • तरुण दलद्वारा राष्ट्रपति भण्डारीको राजीनामा माग

    काठमाडौँ । नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ । राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएको भन्दै तरूण दलले राजीनामा मागेको हो । तरुण दलका अध्यक्ष विद्वान गुरूङले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने भन्दै राजीनामा नदिएमा महाअभियोगबाट पदच्यूत गर्न आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • ११५ पटक पढिएको
  • इक्वेडरमा विस्फोट हुँदा ५ जनाको मृत्यु, १६ जना घाइते

    काठमाडौं । क्विटो–इक्वेडरको बन्दरगाह सहर ग्वायाकिलमा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । एक पत्रकार सम्मेलनको क्रममा इक्वेडरका गृहमन्त्री प्याट्रिसियो क्यारिलोले उक्त आक्रमण ‘कुकाराचा’ र ‘जुनियर’ उपनामले चिनिने दुई स्थानीयलाई लक्षित गरिएको बताए । उनीहरु टिग्युरिओनेस अपराधिक समूहमा आबद्ध रहेको बताए । देशको दोस्रो ठूलो शहर ग्वायाकिलमामा विस्फोटले आठ घर र दुईवटा कारहरू ध्वस्त पारेको छ । उक्त क्षेत्रमा राष्ट्रपति गुइलेर्मो लासोले आपत्काल घोषणा गरेका छन् ।  संगठित अपराधले देशलाई नियन्त्रण गर्न नदिने उनले प्रतिबद्धता जनाएका छन् । तटीय सहरमा ३० द

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • ११७ पटक पढिएको
  • अब ह्वाट्सएप प्रोफाइलमा पनि अवतार राख्न सकिने

    काठमाडौं । ह्वाट्सएप प्रयोगकर्ताले अब आफ्नो प्रोफाइलमा ‘अवतार’ बनाउनसक्ने भएका छन् ।फेसबुकको प्रोफाइल तथा कभर फोटोमा अवतार राख्ने सुविधा दिएको मेटाले सोही फिचर अब ह्वाट्सएपमा पनि उपलब्ध गराउने भएको हो । ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने संस्था वाबेटाइन्फोका अनुसार फेसबुक र इन्स्टाग्राममा जस्तै आवश्यकता अनुसार परिमार्जन गरी आफ्नो अवतार बनाएर ह्वाट्सएपको प्रोफाइलमा राख्न सकिने छ ।यसका साथै उक्त अवतारको ब्याकग्राउण्डमा कस्तो रंग राख्ने भन्ने विषयमा पनि प्रयोगकर्ता आफैँले छनोट गर्न सक्नेछन् ।यो फिचर कहिलेबाट प्रयोगकर्तामाझ उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी उपलब्ध छैन । यसअ

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • १८४ पटक पढिएको
  • मोरङमा बेपत्ता भएका बालक मृत फेला

    विराटनगर । डेरा बसेको घरबाट बेपत्ता भएका एक बालक मोरङको बूढीगंगा गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेका छन्। बूढीगंगा गाउँपालिका–३ गोकुवा चोकस्थित खाल्डोमा डुबेको अवस्थामा ६ वर्षीय अंकित रामको शव सोमबार बिहान फेला परेको हो।  भारत देवरिया घर भएका बालकका अभिभावक गोकुवा चोकमा डेरा बस्दै आएका थिए। डेरा बसेको घरबाट उनी आइतबार साँझदेखि बेपत्ता भएका थिए। डेरानजिक नदीजन्य पदार्थ स्टक गरेको ठाउँमा जेसीबीले बनाएको खाल्डोमा जमेको पानीमा शव फेला परेको प्रहरीले जनाएको छ। बालक बेपत्ता भएपछि आफन्त र अभिभावकले प्रहरीको सहयोगमा रातभर खोजी गरेका थिए। शव पोस्टमार्टमका लागि

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • ६९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल