All Posts By इटहरी खबर संवाददाता

    Showing २१-३० of ३,०९७ items.
  • काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनका अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेले व्यवसायी सुरक्षा कोष स्थापना, संघलाई पूर्ण डिजिटल बनाउनेदेखि घरबहाल करको दीर्घकालीन समाधान खोज्नेसम्मका प्रतिबद्धतासहित १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका छन्।सङ्कल्प पत्र सार्वजनिक गर्दै काफ्लेले उद्योग वाणिज्य संघ कुनै पद वा चुनाव जित्ने माध्यम नभई इटहरीका हजारौं उद्योगी–व्यवसायीको साझा संस्था भएको उल्लेख गरेका छन्। संस्थालाई व्यवसायीको वास्तविक अभिभावक बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले नेतृत्वको मूल्य भाषणले होइन, परिणामले मापन हुने बताएका छन्।पछिल्ला वर्षहरूमा आर्थिक मन्दी, घट्दो कारोबार, बढ्दो

    • प्रकाशित मितिः असार २३, २०८३
    • १९७ पटक पढिएको
  • सुनसरीका धार्मिक स्थललाई एउटै सर्किट बनाएर प्रचार गर्न आवश्यक

    इटहरी- कोशी प्रदेश सरकारले भ्रमण वर्ष मनाइरहेको छ। पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम भइरहेका छन्। तर, प्रदेशकै प्रमुख धार्मिक गन्तव्य रहेको सुनसरीका पौराणिक तीर्थस्थल भने अझै पनि अपेक्षित प्राथमिकतामा पर्न सकेका छैनन्।धरानको बुढासुब्बा, पिण्डेश्वर र दन्तकाली मन्दिरमा वर्षभर हजारौँ श्रद्धालु पुग्ने गरे पनि तीर्थ पर्यटनलाई व्यवस्थित रूपमा विकास गर्ने योजना, एकीकृत प्रचार र आधुनिक पूर्वाधारको अभावले धार्मिक पर्यटनको ठूलो सम्भावना उपयोग हुन नसकेको पर्यटन व्यवसायीहरू बताउँछन्।धार्मिक पर्यटनका जानकारहरूका अनुसार यी तीनवटै मन्दिर फरक–फरक धार्मिक विश्वास र ऐतिहासिक पृष्ठभूमिसँग जोडिएका छन्। बुढासुब्

    • प्रकाशित मितिः असार २१, २०८३
    • २२८ पटक पढिएको
  • भैँसी चराउने मैदानबाट पूर्वकै व्यस्त पर्यटन गन्तव्य बन्यो अन्तु पोखरी

    इटहरी। चार दशकअघि स्थानीयले भैँसी चराउने र पानी खुवाउने ठाउँका रूपमा चिनिएको इलामको अन्तु पोखरी आज पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य बनेको छ।विसं २०४० सम्म सुनसान चरन क्षेत्र रहेको अन्तु पोखरीमा अहिले दैनिक आठ सयदेखि दुई हजारसम्म पर्यटक पुग्ने गरेका छन्। डुङ्गा सयर, सूर्योदय अवलोकन, होमस्टे, कटेज, चियाबारीको दृश्य र प्राकृतिक वातावरणका कारण अन्तु आन्तरिक तथा भारतीय पर्यटकको रोजाइमा परेको हो। होटल, होमस्टे र डुङ्गा सयरले स्थानीयको आम्दानी र रोजगारी दुवै बढाएको छ, अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले भने।उनका अनुसार स्थानीयको पहलबाट सुरु भएको संरक्षण अभियानलाई पछिल्ला वर

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३०२ पटक पढिएको
  • बुवाको विरासतबाट छोराको नेतृत्वसम्म

    इटहरी-मानिसले छोराछोरीलाई सम्पत्ति मात्र होइन, संस्कार पनि हस्तान्तरण गर्छन् । कतिपय विरासत जग्गाजमिनमा सीमित हुन्छन्, कतिपय जिम्मेवारीमा । इटहरीका नवराज काफ्लेको जीवनमा भने बुवाले छोडेको सबैभन्दा ठूलो सम्पत्ति एउटा वाक्य बन्यो– ‘जागिर खाने होइन, जागिर दिने मान्छे बन्नु ।’त्यही वाक्यलाई जीवनको मार्गदर्शन बनाएर अघि बढेका नवराज आज उद्योग, होटल, कृषि र व्यापारमा सक्रिय छन् । अहिले उनी इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा पुग्ने तयारीमा छन् । काफ्लेले बुवाबाट पाएको उद्यमशीलताको विरासतलाई संस्थागत नेतृत्वसम्म पु¥याउने प्रयासका लागि आफ्नो उम्मेदवारी रहेको उदृत गरे । नवराजको जन्म वि.सं. २०३४ साल

    • प्रकाशित मितिः असार १९, २०८३
    • २७२ पटक पढिएको
  • आर्थिक मन्दीले थलियो निजी क्षेत्र, व्यवसायमैत्री नीति ल्याउन सरकारलाई इटहरीका उद्योगी–व्यवसायीको दबाब

    इटहरी - आर्थिक मन्दी, कमजोर बजार, उच्च बैंक ब्याजदर र नीतिगत अन्योलका कारण व्यवसाय सञ्चालन नै चुनौतीपूर्ण बन्दै गएको भन्दै इटहरीका उद्योगी–व्यवसायीहरूले सरकारलाई तत्काल व्यवसायमैत्री नीति ल्याउन दबाब दिएका छन्। निजी क्षेत्रको मनोबल खस्कँदै गएको उल्लेख गर्दै उनीहरूले लगानी, उत्पादन र रोजगारी जोगाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्।उद्योग वाणिज्य संघ इटहरीको २६औँ र २७औँ वार्षिक साधारणसभाका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरूले आर्थिक गतिविधि सुस्त बन्दै जाँदा उद्योग–व्यवसाय धराशायी हुने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।व्यवसायीहरूले अहिलेको आर्थिक अवस्थ

    • प्रकाशित मितिः असार १८, २०८३
    • २४० पटक पढिएको
  • नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

    ‎इटहरी -‎विश्वप्रसिद्ध घरेलु तथा उपभोक्ता विद्युतीय उपकरण निर्माता एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई मध्यनजर गर्दै ‘एलजी एसेन्सियल सिरिज’ अन्तर्गतका नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ।‎एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर प्रालिले नेपालका आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा इटहरीस्थित रमदा होटलमा आयोजित  कार्यक्रममा उक्त उत्पादन शृंखलाको औपचारिक सार्वजनिक गरेको हो।कम्पनीले सञ्चालन गरिरहेको ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको ‘एसेन्सियल सिरिज’ नेपाली घरपरिवारको दैनिक आवश्यकता, स्थानीय जीवनशैली, ऊर्जा–दक्षता, टिकाउपन तथा किफायती

    • प्रकाशित मितिः असार १५, २०८३
    • ३८१ पटक पढिएको
  • सुन्दरहरैँचामा “मातृत्व जोगाउने अभियान” सम्पन्न, ४६९ महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

    विराटचोक - महिलाको स्वास्थ्य संरक्षण तथा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन गरिएको आम नेपाली महिलाहरुले पाठेघरको मुखमा हुने क्यान्सर बाट भोग्नु परेको दुर्ग पीडालाई मलहम लगाउने सोच , संकल्प  ‘मातृत्व जोगाउने अभियान’ सफलतापूर्वक सम्पन्न भएको छ। कल्प इम्पावर वेमेन नेपालको पहल तथा नेपाल बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालित अभियानमा तीन दिनमा ४६९ जना महिलाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।असार ८ देखि १० गतेसम्म सञ्चालन गरिएको अभियानमा पाठेघरको मुखको क्यान्सरको VIA स्क्रिनिङ

    • प्रकाशित मितिः असार १४, २०८३
    • २८१ पटक पढिएको
  • भोजपुरको लुकेको स्वर्ग: १३९ मिटर अग्लो चिर्खुवा छाँगे झरना, जहाँ प्रकृति र आस्था एकैसाथ भेटिन्छन्

    भोजपुर। पूर्वी पहाडको प्राकृतिक सौन्दर्यले भरिपूर्ण भोजपुर जिल्लामा रहेका लुकेका पर्यटकीय गन्तव्यमध्ये चिर्खुवा छाँगे झरना पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएको छ। षडानन्द नगरपालिका–३ मा अवस्थित करिब १३९ मिटर उचाइबाट झर्ने यो झरना जिल्लाकै अग्लो झरनाका रूपमा परिचित छ।झरनासम्म पुग्न भोजपुर सदरमुकाम वा दिङ्लाबाट यात्रा सुरु गर्न सकिन्छ। एकुमा, सानो दिङ्ला र कुनालुङ हुँदै अन्तिम बस्ती साइमा गाउँसम्म कच्ची सडक पुगेको छ। त्यहाँबाट करिब २०–३० मिनेट जंगलको उकालो पैदल यात्रा गरेपछि झरनाको फेदीमा पुग्न सकिन्छ। वर्षायाममा सडक अत्यन्तै जोखिमपूर्ण हुने भएकाले मौसम र बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न

    • प्रकाशित मितिः असार १२, २०८३
    • १९७ पटक पढिएको
  • इटहरीमा विवादित बालुवा प्रशोधन केन्द्र : स्थानीयको विरोध, वडाको आपत्ति र कानुनी प्रक्रिया माथि प्रश्न

    इटहरी : इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको विरोधका बाबजुद बालुवा प्रशोधन केन्द्र सञ्चालन प्रक्रिया अघि बढाइएको विषय विवादित बनेको छ।स्थानीयवासीले वातावरणीय तथा स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै आपत्ति जनाइरहेका बेला आवश्यक कानुनी प्रक्रिया पूरा नगरी प्रशोधन केन्द्र सञ्चालनको अनुमति दिइएको भन्दै उनीहरूले विरोध जनाएका छन्।त्रिवेणी बुढासुब्बा मल्टिपर्पोज प्रालिले सञ्चालन गरिरहेको उक्त बालुवा प्रशोधन केन्द्रका विषयमा स्थानीयवासीले समुदायसँग पर्याप्त छलफल नगरिएको, वडा कार्यालयको सिफारिस तथा सहभागिता समेत नरहेको आरोप लगाएका छन्। यसले स्थानीय सरकार सञ्चालन प्रक्रिया र व

    • प्रकाशित मितिः असार ९, २०८३
    • ६२२ पटक पढिएको
  • धरान मेघा हिमालयन कलेजका ‘ए प्लस’ ल्याउने १३ विद्यार्थी सम्मानित

    धरान । सुनसरीको धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा–१२ को नतिजामा ‘ए प्लस’ ग्रेड प्राप्त गर्ने १३ जना विद्यार्थीलाई सम्मान गरेको छ ।सोमबार कलेजमा आयोजित एक कार्यक्रममा ‘ए प्लस’ प्राप्त गर्ने १३ जना विद्यार्थीमध्ये ९ जना विज्ञान संकाय, ३ जना व्यवस्थापन संकाय र १ जना होटल व्यवस्थापन संकायका रहेको कलेजले जनाएको छ । सम्मान कार्यक्रममा ‘ए प्लस’ प्राप्त गर्ने अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययन तथा इन्जिनियरिङ र चिकित्सा शिक्षाको तयारीका लागि विभिन्न स्थानमा रहेकाले उनीहरूका अभिभावक उपस्थित भएका थिए । अभिभावकहरूले आफ्ना छोराछोरीको तर्फबाट सम्मा

    • प्रकाशित मितिः असार ८, २०८३
    • ३०२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल