All Posts By इटहरी खबर संवाददाता

    Showing ३११-३२० of ३,०८६ items.
  • प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् ।युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३३४ पटक पढिएको
  • बुढीगंगा–१ मा बाढी निकासको योजना विवादमा, स्थानीयको संघर्षको चेतावनी

    मोरङ  - बुढीगंगा गाउँपालिका–१ टंकीचोक क्षेत्रको बाढीको पानी खदरा खोलामार्फत सिंघिया नदीमा मिसाउन थालिएको निर्माण योजनाले विवाद चुलिएको छ। स्थानीय बासिन्दाले योजना बिना सरकारी प्रक्रिया र प्रभावित क्षेत्रका बासिन्दाको सल्लाह नगरी अगाडि बढाइएको भन्दै कडा विरोध जनाएका छन्।स्थानीयको विरोध र मागस्थानीयको भनाइ अनुसार, टंकीचोकदेखि पूर्वतर्फ बगेर निजी खेतमा जमेर बसेको बाढीको पानी ठूला उद्योग, जग्गाधनी, र व्यवसायीहरूको फाइदाका लागि ह्युम पाइप राखेर खोलामा मिसाउन लागिएको हो। यसले बुढीगंगा–१ को करैया बस्ती, विराटनगर महानगरपालिका, र कटहरी गाउँपालिकाका सयौं घरपरिवारलाई डुबान र कटानको जोखिममा पार्ने उन

    • प्रकाशित मितिः पुस २२, २०८१
    • ५०२ पटक पढिएको
  • स्वर्णलक्ष्मी सहकारी ठगी : रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो

    काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो।उनीहरूबाट जम्मा २ अर्ब ४१ करोड बिगो माग दाबी गरिएको छ। हरेकको हकमा छुट्टाछुट्टै दाबी लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सीताराम अर्यालले बताए।प्रतिवादी कायम गरिएकामध्ये रवि र उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। जीबी भन्ने गितेन्द्रबाबु राईसहित अधिकांश फरार छन्।काठमाडौँमा मुद्दा

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ३२४ पटक पढिएको
  • विराटनगरको पन्ध्रौँ अधिवेशन: ६ महिनामा आन्तरिक आय २३ करोड ३५ लाख मात्र

    विराटनगर । विराटनगर महानगरपालिकाको आन्तरिक आय कमजोर देखिएको छ।पछिल्लो ६ महिनामा आन्तरिक आम्दानी जम्मा २३ करोड ३५ लाख मात्र देखिएको छ। विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौँ अधिवेशनमा भएको छलफलमा अहिलेसम्मको आम्दानीको बारेमा छलफल भएको थियो। महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत् राखेर नगर सभाको पन्ध्रौँ अधिवेशन सम्पन्न भएको हो। अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो। तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षक मात्रै परिवर्तन गरेको छ।नगर सभा अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१-०८२ का लागि संशोधित आय

    • प्रकाशित मितिः पुस २१, २०८१
    • २८६ पटक पढिएको
  • फेरि पक्राउ परे युट्युबर मनोज मानव

    इटहरी । युट्युबर मनोज मानव भनेर चिनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार महतोलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरिएको हो। सिराहा घर भएका महतोलाई पुस १९ गते काठमाडौँमा पक्राउ गरिएको एसपी अधिकारीले बताए। यसअघि महतो गत वर्ष पनि विद्युतीय अपराध ऐनविपरीतको कसुर गरेको आरोपमा पक्राउ परी छुटेका थिए।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ४०३ पटक पढिएको
  • सिन्धुलीमा छोराको हत्या आरोपमा बुबा पक्राउ

    सिन्धुली । सिन्धुलीमा छोराको हत्या आरोपमा बुबा पक्राउ परेका छन् । ४९ वर्षीय छोरा लिलाबहादुर पुर्कोटी सार्कीको हत्या आरोपमा ७९ वर्षीय डोमान सिंह सार्की पक्राउ परेका हुन् ।हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडाका डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए । छोराको उपचारको क्रममा मृत्यु भएपछि बुबालाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएका छन् । उनको हेटौडा अस्पतालमा मृत्यु भएको हो । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ३३३ पटक पढिएको
  • कोसी प्रदेशविरुद्ध माओवादीको उग्र जातीयतावादी र राजावादीसँग मोर्चाबन्दी छ : एमाले

    काठमाडौं । सत्तारुढ नेकपा एमालेले कोसी प्रदेशविरुद्धमा माओवादीले उग्र जातीयतावादी र राजावादीसँग मोर्चाबन्दी गरिरहेको ठहर गरेको छ । च्यासलमा जारी एमाले केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रले कोसीमा पूर्व राजावादीहरूसँग बाक्लै उठबस गरिरहेको उल्लेख गरिएको छ ।‘असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म ‘देश समृद्ध बन्दै गरेको’, अर्थतन्त्र लयमा फर्किएको’ र ‘निराशाको मात्रै कुरा गर्न नहुने’ भाषण गरिरहेका ‘प्रचण्ड’ बाट सरकारबाट हटेको दुई साता नबित्दै संसदको रोष्ट्रमबाट नेपाल ‘बङ्गलादेश’ जस

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ३४७ पटक पढिएको
  • सिरहामा गाउँपालिका उपाध्यक्षले फोडिन् अध्यक्षको गाडी

    सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाका उपाध्यक्ष गीताकुमारी सिंहले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन् । कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष सिंहले पालिकाको सरकारी स्कोरपियो तोडफोड गरेकी हुन् । उनले गाडीलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्याएकी छन् ।गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका थिए । उपाध्यक्ष सिंहले गाडीलाई घरमा लिन बोलाउँदा नआएपछि गाउँपालिका अध्यक्षकै घरअगाडि रोकेर राखेको गाडी तोडफोड गरेको जनाइएको छ । अध्यक्षले गाडी धेरै प्रयोग गर्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा दिन आनाकानी गर्दा

    • प्रकाशित मितिः पुस २१, २०८१
    • २९४ पटक पढिएको
  • पोखरामा सहकारी पीडितलाई भेट्न गगनको ‘इन्कार’, पार्टी कार्यालय अगाडि झडप

    पोखरा । दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा पुगेका सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितहरुले भेट्न इन्कार गरेका छन् ।नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज (आइतबार) दिनभर राजनीतिक भेटघाटमा ब्यस्त महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवं हालका सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका सहकारी पीडितलाई भेट्न इन्कार गरेका हुन् । थापाले सहकारी पीीडतलाई भेट्न इन्कार गरेपछि नाराबाजी गरिएको थियो ।महामन्त्री थापाले भेट्न इन्कार गरेपछि सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठ थापालाई नभेटी फकिएका हुन् ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ३५९ पटक पढिएको
  • खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत , गर्भमा ६ महिनाको बच्चा

    खोटाङ । खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत भएकी छन् । जिल्लाको केपिलासगढी गाउँपालिकाकी मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि बलात्कार भएको खुलेको छ ।करिब ६ वर्षअघि मानसिक सन्तुलन गुमाएर उपचाररत महिलालाई गाउँकै ३९ वर्षका पुरुषले बलात्कार गरेको खुलेको हो । बलात्कृत भएको ६ महिनापछि मात्र थाहा भएको छ । महिला गर्भवती रहेको थाहा पाएपछि परिवारले प्रहरीमा जाहेरी दिएका छन् । परिवारले प्रहरीमा दिएको जाहेरीअनुसार ३९ वर्षका एककुमार राईले मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेको खुलेको छ ।हाल उक्त महिलाको ललितपुरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको सल्लाह

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ५३३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल