All Posts By इटहरी खबर संवाददाता

    Showing ३२१-३३० of ३,०८६ items.
  • फिदिममा पाँच मुहान थपेर खानेपानी वितरण सहज बनाइयो

    पाँचथर ।  मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पु¥याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ । पाँच मुहानको पानी थपेपछि अब फिदिमका  उपभोक्ताले सहजै खानेपानी पाउन थालेका छन् । उपभोक्ता समितिले महभिरबाट दुई मुहानको पानी केही समयअघिदेखि वितरण गर्न थालेको हो । साढे पाँच किलोमिटर दूरीबाट रु एक करोड १६ लाखको लागतमा दुई नयाँ मुहानबाट पानी ल्याइएको हो । यस्तै नाम्दु खोलाका दुई नयाँ मुहानबाट साढे सात किमी पाइप लाइन विस्तार गरी खानेपानी ल्याइएको छ । यसैगरी सिस्ने खोलाको मुहानबाट साढे ६ किमी पाइप लाइनमार्फत नयाँ मुहान थप गरिएको छ । नया

    • प्रकाशित मितिः पुस २१, २०८१
    • २२९ पटक पढिएको
  • बानेश्वर जाँदै गरेको कार पुलबाट धाेबीखोलामा खस्यो, चालक सकुशल

    काठमाडौँ । काठमाडौँको धोबीखोलास्थित पुलबाट आज (आइतबार) बिहान कार खसेको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अनामनगरबाट बानेश्वर जाँदै गरेको बीएए ८७१४ नम्बरको कारण आज बिहान सवा ६ बजेतिर धाेबीखोलामा खसेको हो। कार खोलामा खसे पनि चालक ललितपुर महानगरपालिका-१ का ४६ वर्षीय विनितविक्रम सिजापति भने सकुशल रहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ४४० पटक पढिएको
  • रास्वपाले बनायो संविधान संशोधनबारे कार्यदल

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानमा  संसोधनबारे सुझाव दिन कार्यदल गठन गरेको छ।रास्वपाको शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्व ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गर्ने निर्णय गरेको हो।कार्यदलको सदस्यमा  कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले रहेका छन्।कार्यदलले ७ वटै प्रदेशमा साझेदार तथा संविधानविदसंग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने बताइएको छ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • १८५ पटक पढिएको
  • सर्वेन्द्र खनालले गरे एमाले छाडेकाे घाेषणा

    इटहरी । नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालले सत्तारुढ नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् । ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’खनालले २६ औं प्रहरी प्रमुखक

    • प्रकाशित मितिः पुस २१, २०८१
    • २१५ पटक पढिएको
  • सुनको भाउ १५ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

    इटहरी । तीन दिन लगागार ३९ सयले बढेको सुनको भाउ आज (आइतबार) भने तोलामा एक हजार पाँच सयले घटेको छ । शुक्रवारको तुलनामा एक हजार पाँच सय रुपैयाँले घटेर आज तोलाको एक लाख ५२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै चाँदी आज शुक्रवारको जस्तै तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशतले बढेको छ । यो वार्षिक वृद्धि सन् २०१० यताको सबैभन्दा धेरै रहेको लगानीसम्बन्धी अन्तराष्ट्रिय सञ्चारमाध्ययम इन्भेस्टिङ डटकमले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव अनुसार नै मुल्य समायोजन हुने नेपाली बजारमा पनि २०२४ मा

    • प्रकाशित मितिः पुस २१, २०८१
    • २८३ पटक पढिएको
  • प्रतिकूल मौसमले हवाई उडान प्रभावित

    काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुनसकेको छैन।काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ ।आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उड

    • प्रकाशित मितिः पुस २१, २०८१
    • २८० पटक पढिएको
  • सर्लाहीमा मापसे गरेका वडाध्यक्ष सहितकाे टाेलीले प्रहरीकाे गाडीमा गरे ढुंगा मुढा : पाँच राउण्ड गोली चल्याे

    सर्लाही । मादक पदार्थ सेवन (मापसे) गरेका वडाध्यक्षसहित १५० जनाको समूहले प्रहरीको गाडीमा आक्रमण गरेपछि सर्लाहीमा गोली चलेको छ । सर्लाहीको रामनगर पाउँपालिका–५ का वडाध्यक्ष श्रीनन्दन प्रसाद यादवसहितको समूहले बैजनाथमा प्रहरीमाथि आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । गए राति भएको उक्त घटनामा पाँच राउण्ड गोली चलेको छ ।मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए । इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख, प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।सो क्रममा वडाध्यक्ष यादव पन

    • प्रकाशित मितिः पुस २१, २०८१
    • २५८ पटक पढिएको
  • टंकीसिनवारी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न

    विराटनगर - मोरङको बुढीगंगा गाउँपालिका–१, स्थित टंकीसिनवारी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भलाकाजी राईले गरेका थिए। प्रमुख अतिथिका रूपमा बुढीगंगा गाउँपालिका वडा नं. १ का अध्यक्ष सोमराज काफ्ले, विशिष्ट अतिथिका रूपमा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदार, विभिन्न सल्लाहकार, संचालक समिति सदस्यहरू, लेखा समिति र उपसमितिका सदस्यहरू, जेष्ठ शेयर सदस्यहरू, र अन्य शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा लेखा समितिका संयोजक दिप के.सी.ले आर्थिक वर्ष २०८०/८१ को लेखा प्रतिव

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ५९८ पटक पढिएको
  • आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय

    इटहरी । राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४ र १५ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको नेता राजाराम बर्तौलाले जानकारी दिए ।  बैठकले राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन, तराई मधेस उत्थान अभियान सम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन परिमार्जनसहित पारित गरेको उनले बताए ।  बैठकले भ्रष्टाचारको विरुद्ध र सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनालगायतको माग राखेर चैत महिनादेखि जनसंघर्ष सुरु गर्ने निर्णय पनि गरेको छ।  &n

    • प्रकाशित मितिः पुस २०, २०८१
    • २९७ पटक पढिएको
  • रास्वपाको निष्कर्ष : सभापति लामिछानेलाई नै अफ्ठ्यारो पार्ने गरी सहकारी अध्यादेश ल्याइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई नै अप्ठ्यारो पार्ने गरी ल्याइएको निष्कर्ष निकालेको छ । आज (शनिबार) बाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले यस्तो ठहर गरेको हो । सहकारीसम्बन्धी अध्यादेश र संविधान संशोधनबारे कसरी धारणा राख्ने भन्नेबारे पनि छलफल भएको छ ।बैठकपछि सञ्चारकर्मीसँग सांसद गणेश कार्कीले भने, ‘समस्या समाधान गर्न भन्दा रास्वपा सभापतिलाई अफ्ठ्यारो पार्ने गरी मात्रै दफा छिराइएको छ । संविधान संशोधनका बारेमा पनि कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।सहकारीको समस्या समाधान गरेर पीडितल

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ३०७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल