All Posts By इटहरी खबर संवाददाता

    Showing ३४१-३५० of ३,०८६ items.
  • प्रधानमन्त्री ओली आज साेलुखुम्बु पुग्दै : कारण यस्ताे

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) सोलुखुम्बुको सुर्के जाँदैछन् । उनी बिहान ११ बजेको समयमा बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टरमा दुई जना मन्त्रीसहित त्यता जान लागेको उनको सचिवालयले जनाएको छ ।एन ए ०३८ कल साइन भएको सेनाको हेलिकोप्टरमा प्रधानमन्त्रीसँगै रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि रहने जनाइएको छ । प्रधानमन्त्री ओलीको दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम छ ।

    • प्रकाशित मितिः पुस २०, २०८१
    • २१३ पटक पढिएको
  • पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

    इटहरी । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार राति करिब १० बजे उनको निधन भएको हो। अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ ह्यान्ड्स अस्पताल, चावहिल पुर्‍याएका थिए । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।उनको मृत्युको कारण खुलिसकेको छैन । तर, केही दिनयता उनी बिरामी रहेको उनीसँगै कार्यरत पत्रकार दीपेन्द्र सापकोटाले जानकारी दिए । अस्पतालमा नियमित जाँच गर्दै उनी कार्यालय जाने गरेका थिए । नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ ।करिब ३३ वर्षीय पुडासैनी अविवाहित थिए । हाल नेपाल भ्युजमा उपसम्पादकको रुपम

    • प्रकाशित मितिः पुस २०, २०८१
    • २४१ पटक पढिएको
  • राज्यमन्त्री चौधरीको सांसद पद विवादमा पुस २४ गते फैसला

    इटहरी । सर्वोच्च अदालतको संवैधानिक इजलासले पर्यटन राज्यमन्त्री एवं कैलाली क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरीको योग्यता विवादमा यही पुस २४ गते फैसला सुनाउने भएको छ।यसअघि गत बुधबारका लागि निर्णय सुनाउने दिन तोकिएकामा उक्त दिन न्यायाधीशहरू संवैधानिक इजलासकै अन्य मुद्दामा व्यस्त भएकाले फैसला सुनाउन पुस २४ को नयाँ तिथि तोकिएको हो।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यस विवादमा गत मंसिर १९ गते नै सुनुवाइ सम्पन्न गरिसकेको छ।नागरिक उन्मुक्ति पार्टीका सांसद एवं पर्यटन राज्यमन्त्री चौधरी प्रतिनिधि सभा सदस्यको उम

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २९० पटक पढिएको
  • पूर्वी नाकाबाट भित्रिने पर्यटककाे संख्या बढ्यो

    झापा । स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या बढेको छ ।अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार सन् २०२४ मा ६ हजार एक सय एक जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ मा तीन हजार एक सय २५ जना तेस्रो मुलुकका पर्यटक सो नाका भएर नेपाल आएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा पर्यटकको आगमन दुई हजार नौ सय ७६ जनाले बढोत्तरी भएको छ ।कोरोना महामारीपछि भारतले कुनै कारण नखुलाई काँकडभिट्टाको सीमावर्ती भारतीय नाका पानीट्याङ्कीबाट तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिएको थिएन । भारतीय अ

    • प्रकाशित मितिः पुस १९, २०८१
    • ४३७ पटक पढिएको
  • गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा जुटदै स्थानीय सरकार

    भोजपुर । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारको रु ३० लाख र गाउँपालिकाको रु ४० लाख गरी रु ७० लाख लागतमा मन्दिर र मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको हो ।आफ्नो वडाका धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै वडाध्यक्ष रामु थापाले तीनधारे र भुल्के मुहानलाई जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत संरक्षण गरिएको बताए ।सुक्खा क्षेत्रका प्राकृतिक मुहानहरुको संरक्षणका लागि ‘रिचार्ज’ पोखरीसमेत निर्माण गरिएका उनले जानकारी दिए । गुप्तेश्वर

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २,१९३ पटक पढिएको
  • तराई–मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

    धनुषा । धनुषालगायत मधेशका जिल्लामा बाक्दो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ्न थालेको छ ।चिसोबाट बच्न न्यायो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।विशेष गरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सक चन्देश्वर महासेठको सुझाव छ । ‘यसका साथै बाथ तथा गेठियाका रोग लागेका विरामीलाई चिसोका कारण थप समस्या बढ्ने जोखिम हुन्छ । चिसोबाट जोगिन बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरिर ढाकिने गरी न्यानो लुगा लगाउन आवश्यक छ’, महासेठले भने ।प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २५२ पटक पढिएको
  • बैंकरलाई उद्योगमन्त्रीको प्रश्न : जनता दुब्लाउँदै जाने, बैंक मोटाउँदै जाने यसकाे रहस्य के हो ?

    इटहरी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अर्थतन्त्रमा सुस्तता आउनुमा बैंक तथा वित्तीय संस्थादेखि निजी क्षेत्रसम्म उत्तिकै जिम्मेवार भएको बताएका छन् । बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ साधारणसभामा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।साधारणसभामा उनले जनता दुब्लाउने र बैंक मोटाउने अवस्था भएको दाबी गरेका छन् । ‘हिजो चर्को ब्याजदर उठाएका बैंकहरूले आज त्यो पैसा कहाँ लगे ?’, उनको प्रश्न छ, ‘बढ्दा पनि बैंक समस्यामा, घट्दा पनि बैंक नै समस्यामा भन्ने हुन्छ र ?’ जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने अवस्था हुन नहुने उनले बताए।मन्त्री भण्डारीले भने, ‘आजको दिनमा बैंकहर

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २४४ पटक पढिएको
  • भक्तपुरमा अचानक कुकुरले बाटो काट्दा स्कुटर दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

    भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा स्कुटर दुर्घटनामा परी घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।सोमबार सानोठिमीबाट मगरगाउँ जाँदै गरेको बा.प्र.०२–०२८ प ६६१० नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चालक सानोठिमी धुन्चेपाखा बस्ने ३१ वर्षीय निश्चलप्रकाश राजभण्डारी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको थियो ।थप उपचारका लागि बिहीबार नर्भिक अस्पता

    • प्रकाशित मितिः पुस १९, २०८१
    • ४६० पटक पढिएको
  • पक्राउ पुर्जी जारी भएपछि सार्वजनिक लेखा समितिका सभापतिले हटाए स्वकीय सचिव

    इटहरी । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अनिलकुमार पोखरेललाई स्वकीय सचिव पदबाट हटाएका छन् । आज (शुक्रबार) सभापति पोखरेलले संघीय संसद् सचिवालयलाई पत्र लेखेर स्वकीय सचिव अनिलकुमारलाई हटाएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।स्वकीय सचिव पदबाट हटाइएका अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटीका सदस्य पनि हुन्।अनिलकुमार पोखरेलविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले जाहेरी लिन समेत मानेको थिएन । स्वकीय सचिव अनिलकुमारले बौआलाल चौधरीको छोरीको नाम एमबीबीएस इन्ट्रान्समा निकालिदिने आश्वासन दिई ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप लागेको छ ।बौआलाल चौधरीको छोरीको नाम एमबीबीएस

    • प्रकाशित मितिः पुस १९, २०८१
    • ३६१ पटक पढिएको
  • कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पालाई भव्य स्वागत

    काठमाडौं । कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । अक्सिजनको सहायता विना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गरी स्वदेश फर्किएका शेर्पालाई शुक्रबार त्रिभुवन बिमानस्थलमा भव्य स्वागत गरिएको हो ।शेर्पाले सात वटै महादेशका उच्च शिखर आरोहण समेत गरेका छन् । स्वदेश आएपछि उनले सात वटै महादेशका अग्लो हिमाल चढ्ने आफ्नो सपना साकार भएकाले खुसी महसुस भएको बताएका छन् । उनले हिमाल आरोहणसम्बन्धी विश्वका पुरस्कारहरु नेपालमा भित्र्यााउन पाए थप खुसी महसुस हुने उल्लेख गरे । शेर्पालाई नगर परिक्रमा गराइएको थियो ।

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २४१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल