All Posts By इटहरी खबर संवाददाता

    Showing ४६१-४७० of ३,०८६ items.
  • किन देखिन छाडे कलात्मक झिँगटीले छाएका घरहरु ?

    ताप्लेजुङ । ताप्लेजुङमा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए । पछिल्लो समय झिँगटीले छाएका घर देखिन छाडेका छन् ।सिदिङवा गाउँपालिका–४ साब्लाखुका जुमप्रकाश गौतम अहिले ९० वर्ष पुगे । गाउँमा दक्ष झिँगटीको छाना लगाउने कालिगड उनले गाउँका धेरै घरमा झिँगटी बनाउने र घरमा छानो लगाउने काम गर्थे । अहिले उनका सहकर्मी कालिगड सबैको निधन भइसक्यो । गाउँमा झिँगटीको छाना लगाउने उनी मात्र छन् । तर उनी अहिले अन्यको सहारामा बाँच्नुपरेको छ । गाउँमा उनले नै बनाएको झिँगटीको घर समेत चुइन थालेका छन् । धेरैले त भ

    • प्रकाशित मितिः पुस ९, २०८१
    • ३३२ पटक पढिएको
  • पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव

    पोखरा । पोखरामा आज (मंगलबार) बाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव (हट एयर बेलुन फेस्टिभल) सुरु हुँदैछ । पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वास साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक महोत्सव आयोजना गरेको हो ।नौं दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पोखराको आकासमा उडाइने छ । महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्याण्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिए

    • प्रकाशित मितिः पुस ९, २०८१
    • २८९ पटक पढिएको
  • निलम्बित सांसद रवि लामिछानेको थुनछेक बहस आजबाट

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछानेको थुनछेक बहस आज (मंगलबार) बाट हुने भएको छ । थुनछेक बहसका लागि हिजो अदालतमा लगिए पनि पालो नआएका कारण आज मात्र उनको बयान हुने भएको हो । हिजो उनी संघीय संसदको सांसद पदबाट निलम्बन भएका थिए ।कास्की अदालतको इजलासले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्

    • प्रकाशित मितिः पुस ९, २०८१
    • २५२ पटक पढिएको
  • हुम्लामा हिमपहिरोको खतरा, सतर्क रहन आग्रह

    हुम्ला । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गए रातिदेखि हिमपात सुरु भएको हो ।प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए ।यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री ’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको

    • प्रकाशित मितिः पुस ९, २०८१
    • ३०८ पटक पढिएको
  • ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    ललितपुर । ललितपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक पनि गम्भीर घाइते भएका छन् । सोमबार साँझ गोदावरी नगरपालिका ३ मोतीचौरमा लुम्बिनी प्रदेश ०१–००२ प ६६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६० वर्षीय लुरु सिलवालको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते सिलवालको गएराति बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक १७ वर्षीय इसान बस्नेत पनि गम्भीर घाइते भएका छन् । ललितपुरकै चापागाइँ घर भई बाडेगाउँ बस्नेतको ललितपुरमै रहेको केयरएण्डकेयर अस्पतालमा उपचार भइरहेको

    • प्रकाशित मितिः पुस ९, २०८१
    • २७९ पटक पढिएको
  • विराटनगरका वडाअध्यक्ष हिरालाल कामत बैंकिङ कसुरको मुद्दामा पक्राउ

    मोरङ - विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हिरालाल कामत बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन्। मोरङ प्रहरीले सोमबार साँझ उनलाई पक्राउ गरेको हो।मोरङ जिल्ला अदालतले मंसिर २५ गते पक्राउ पूर्जी जारी गरेपछि कामतलाई सोमबार साँझ ४ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए।कामतले जहदा गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष गुरुदयानन्द ठाकुरलाई दिएको पाँच लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीविरुद्ध कार्तिक महिनामा मुद्दा दर्ता भएको थियो। यसै मुद्दाको आधारमा ठाकुरले जाहेरी दिएका थिए।हिरालाल कामत जसपाबाट निर्वाचित वडाअध्यक्ष हुन् भने उजुरी दिने

    • प्रकाशित मितिः पुस ८, २०८१
    • ४०७ पटक पढिएको
  • नेपाली कांग्रेसमा विचलन रहेको डा. शेखर कोईरालाको स्वीकारोक्ति

    विराटनगर - नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीभित्र गम्भीर विचलन रहेको स्वीकार गरेका छन्। सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा सम्बोधन गर्दै डा. कोईरालाले वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्र सुधारको आवश्यकता औँल्याए।कार्यक्रममा बोल्दै उनले पार्टीभित्र ४०/६० को भागबण्डामा आफू लागेको आरोपको खण्डन गरे। उनले भने, “सभापतिजीले सबै नेताहरूको कुरा नसुन्ने अवस्था आएपछि चुप लागेर बस्न सकिँदैन। अहिले पार्टीभित्र वास्तवमै विचलन छ। यो स्वीकार गर्नुपर्छ।”डा. कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाले नेताहर

    • प्रकाशित मितिः पुस ८, २०८१
    • ३५८ पटक पढिएको
  • रवि लामिछानेको सांसद पद निलम्बन नगर्न रास्वपाको आग्रह

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् । आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि प्रहरीले लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सभामुखलाई पत्र लेखेको थियो ।पत्रपछि सभामुखले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरिरहेका बेला रास्वपाका नेताहरू सिंहदरबार पुगेका हुन् । रास्वपा प्रमुख सचेतक सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले सभामुखलाई भेटेर निलम्बन नगर्न माग गरेका हुन् । २०७९ मा पहिलो पटक निर्वाचित भएपछि नागरिकता प्र

    • प्रकाशित मितिः पुस ८, २०८१
    • १३६ पटक पढिएको
  • डीपी अर्याल रास्वपाको कार्यवाहक सभापति

    इटहरी । डोलप्रसाद अर्याल (डीपी) अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।‘उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ रास्वपाका एक पदाधिकारीले भने, ‘सभापति लामिछानेको सिफारिसमा अर्याललाई सचिवालय बैठकले कार्यवाहक सभापति तोकेको हो ।’ रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो ।यही अभियोगमा सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । लामिछाने हिर

    • प्रकाशित मितिः पुस ८, २०८१
    • १४७ पटक पढिएको
  • कांग्रेसभित्र सभापतिबाटै गुट फस्टाउने काम भयो : शेखर कोइराला

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र सभापतिबाटै गुट फस्टाउने काम भएको आरोप लगाएका छन् । कृष्णप्रसाद भट्टराईको १०१ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।नेता कोइरालाले भने, ‘अहिलेको आदरणीय सभापति देउवा किसुनजीको अनुयायी हो । गुटलाई फस्टाइ दिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँदोरहेछ । अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ । त्यो राजनीतिक परिस्थिति किसुनजीहरू भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ । बीपी, गणेशमान र अरु नेताहरू भएको भए के गर्नु हुन्थ्यो ।’आफूलाई भागबण्ड

    • प्रकाशित मितिः पुस ८, २०८१
    • १८६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल