पथरिशनिश्चरे - नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दल जुनियर डिभिजन ५० औं ब्याचको तालिम अन्तर्गत आयोजित विभिन्न प्रतियोगिताहरूमा रेडस्टार माध्यमिक विद्यालय सर्वोत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको छ।उक्त विद्यालयबाट एन.सी.सी. क्याडेटमा सहभागी रेडस्टार माविका छात्र छात्राहरूले पब्लिक स्पीकिङमा पहिलो, नृत्य प्रतियोगितामा दोस्रो र फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।यसैबीच, बिहीबार साँझ मोरङको याङ्सिलामा आयोजित साङ्गीतिक नृत्य प्रतियोगितामा झापाको भद्रपुरस्थित इस्ट पोइन्ट अंग्रेजी बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको हो।सोहि प्रतियोगितामा म
इटहरी । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन् । उनी संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोमा थिए । उनलाई छोरा निराजनको जिम्मा लगाएर छोडिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।प्रवक्ता बोगटीका अनुसार उनलाई आइतबार हाजिर जमानीका लागि बोलाइएको छ । त्यसपछि मात्रै उनलाई कति–कति दिनमा हाजिर गर्न आउनु पर्ने भन्नेबारे निर्णय हुने बताए । हिरासतमा रहेका प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु भनी सर्वोच्चले बिहीबार आदेश गरेको थियो । त्यस बमोजिम नै उनलाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थि
पथरिशनिश्चरे-मोरङको पथरी शनिश्चरे वडा नं- १ ले आफ्ना वडाका जेष्ठ नागरिकहरुलाई सम्मान सहित साउण्ड सिस्टम वितरण गरेको छ । आज शुक्रबार नर्वदेश्वर शिवालय मन्दिरमा आयोजित एक कार्यक्रमकाबीच पथरिशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाेले उहाँहरूलाई सम्मानित गर्नुभएको हो।प्रमुख अतिथि मेयर तुम्वापाेले उक्त अवसरमा वडाका २ सय बढि जेष्ठ नागरिकहरूलाई रुद्राक्ष र टोपी ओढाएर सम्मान गर्नु भएको थियो। आर्थिक वर्ष २०८१/०८२मा जेष्ठ नागरिकहरुलाई साउण्ड सिस्टम वितरण तथा सम्मान शीर्षक अन्तर्गत कूल १ लाख रुपैयाँ विनियोजन गरिएको वडा अध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो।पथरिशनिश्चरे नग
बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ ।भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।
इटहरी डेस्क । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच शनिबार त्रिवि क्रिकेट मैदानमा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुनेछ ।प्रतियोगिताको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराएर फाइनल स्थान पक्का गरेको थियो । पहिलो प्लेअफमा सुदूरपश्चिमले जनकपुरमाथि आठ विकेट जित निकाली अन्तिम दुई स्थान सुरुमा पक्का गरेको थियो ।यी दुईलाई सुरुदेखि नै उत्कृष्ट टिम मानिँदै आएको थियो । त्यसैले फाइनल पूर्णतः रोमाञ्चक, सनसनीपूर्ण र प्रतिस्पर्धात्मक हुने अनुमान छ । उपाधि जित्ने टिमले १ करोड १० लाख रुपैयाँ हात
इटहरी । नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । स्थायी ठेगाना तनहुँ भएका ३६ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएको हो ।साउदी अरेबियाबाट बिहीबार फर्किएका एक युवामा शुक्रबार मङ्कीपक्स पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले ३६ वर्षीय नेपाली युवालाई मङ्कीपक्स पुष्टि भएको जानकारी दिए । यसअघि सन् २०२३ को जुनमा नेपालमा पहिलो पटक एक विदेशी महिलामा एमपक्स सङ्क्रमणको पुष्टि भएको थियो।सङ्क्रमण भएका ती पुरुषको काठमाण्डूको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ‘आइसोलेशन’मा राखी उपचार भइरहेको छ ।मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार काठ
इटहरी । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो।दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजि
इटहरी । हङकङविरुद्धको यू–१९ एक दिवसीय क्रिकेट श्रृंखला नेपालले ‘क्लिन स्वीप’ गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज (शुक्रबार) तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले श्रृंखलामा क्लिन स्वीप गरेको हो ।नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले पूरै ओभरमा ९ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । पहिलो खेलमा नेपाल ३ विकेट र दोस्रोमा २२६ रनले विजयी भएको थियो ।
पोखरा । सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।सरकारी वकिलको कार्यालयले आज पोखराको सूर्यदर्शन सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले जानकारी दिएका छन् । थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको हो । योसँगै कुल बिगो एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ ।थप अभियोग दर्ता भएका सहकारीका पूर्वअध्यक्ष गितेन्
साँचो प्रेम साहित्य र सिनेमामा मात्र सीमित हुँदै गएको यो स्वार्थी संसारमा सामाजिक सञ्जालमा छाइरहने एउटा उदाहरणीय दम्पतीले धेरैलाई भावुक बनाइरहेको थियो। जहाँ एउटी जवान पत्नीले रोगले थलिएका पतिलाई स्याहारसुसार गरिरहेकी हुन्थिन्।उनको निःस्वार्थ प्रेम, त्याग र समर्पण देख्दा जो कोहीका आँखा रसाउँथे सायद। सम्भवतः धेरैले मनमनै कामना गरिरहेका हुन्थे– हे भगवान्! उनका पतिलाई निको होस् र उनीहरू फेरि हाँसीखुसीका साथ मायाप्रेम साटासाट गर्न सकून्। तर निर्दयी नियतिले त्यो चाहनामा चट्याङ हानेको छ अर्थात् त्यो जोडीलाई सदाका लागि छुटाएको छ। त्यो जोडी हो– विवेक पंगेनी र सिर्जना सुवेदीको।बचाउने भगीरथ प्रयत्नक