काठमाडौँ । काठमाडौँको पशुपतिनाथ नजिकैको झाडीमा एक युवती मृत भेटिएकी छन् । शंखरापुर नगरपालिका–५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार शुक्रबार मृत फेला परेकी हुन् ।काठमाडौँ महानगरपालिका ८ तिलगंगाबाट पशुपति जाने बाटो नजिकै रहेको जंगलको झाडीमा मृत अवस्थामा फेला परेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
झापा । झापामा यस वर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताए । उनका अनुसार अधिंकाश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन् ।भद्रपुर नगरपालिकाले परम्परागत बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत यसवर्ष कोदो खेतीका लागि दुई सय ५१ कठ्ठा क्षेत्रफलमा प्रति कठ्ठा रु एक हजारका दरले प्रोत्साहनस्वरुप किसानलाई अनुदान दिएको नगरपालिकाको कृषि शाखाका अधिकृत सुमन विम
काठमाडौं । हैदराबादको सन्ध्या थिएटरमा ४ डिसेम्बरमा भएको भागदौडमा महिलाको मृत्युको घटनामा संलग्न रहेको आरोपमा तेलुगु फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । अल्लु अर्जुन अभिनित ’पुष्पा २ः द रुल’ को प्रिमियर शोका क्रममा घटना भएको थियो । अनियन्त्रित भीडका कारण भागदौड मच्चिएपछि ३५ वर्षीय रेवतीको मृत्यु भएको र उनका ९ वर्षीय छोरा श्री तेजा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।चक्कडपल्ली प्रहरी चौकीको टोलीले अल्लु अर्जुनलाई शुक्रबार बिहान जुबिली हिल्सस्थित उनको निवासबाट नियन्त्रणमा लिएको हो । उनलाई प्रहरी चौकीमा लगेर घटनाबारे सोधपुछ गरिने प्रहरी स्रोतले जानकारी दिएको छ । पी
म्याग्दी । चैत–वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिए जस्तै मंसिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ ।जलवायु परिवर्तनका कारण माटोमा अम्लियपना बढ्दै जाँदा लालुपातेलगायतका अन्य मौसमी फूलहरू हराउँदै जान थालेका स्थानीयले बताएका छन् । तापक्रम वृद्धिको असरका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा धेरै असामयिक परिवर्तन देखिन थालेका वन र वातावरणको क्षेत्रमा काम गर्दै आएका पुष्पराज अधिकारीले बताए । उनका अनुसार फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको हो ।तीन–चार वर्षअघिसम
इटहरी । नेताहरुको कार्य विभाजनमा कुरा नमिलेपछि स्थगित भएको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने नेताहरुले बताएका छन् । आजको बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन टुंग्याउने दाबी गरिएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको कार्य विभिाजनका प्रस्तावमा छलफल गरेर निर्णय गर्ने बैठकको तयारी छ। गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको छैन । नेताहरूलाई पद पुर्याउन २४ सदस्यीय स्थायी कमिटीलाई ४१ सदस्यीय बनाउने गृहकार्य भएको छ ।पार
इटहरी । गृह मन्त्रालयले नेपाल प्रहरीका १० डीआइजीको सरुवा र आठ जनाको पदस्थापन गरेको छ । सरुवा तथा पदस्थापनमा चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।कोशी प्रदेशमा डीआइजी राजन अधिकारी, लुम्बिनीमा दानबहादुर कार्की, गण्डकीमा भोलाबहादुर रावल तथा सुदुरपश्चिममा गणेश चन्दलाई पठाइएको छ । यसअघि कोशीमा चन्द्रकुबेर खापुङ, लुम्बिनीमा कुबेर कडायत, गण्डकीमा दुर्गा सिंह र सुदुरपश्चिममा रबिन्द्र केसी कार्यरत थिए ।त्यस्तै, बिशेष ब्यूरोको प्रमुखमा डिआइजी शिद्धिबिक्रम शाहलाई खटाइएको छ । भर्खरै बढुवा भएका डीआइजीले कमाण्ड पाउँदा सिनियर डिआइजी डा.मनोज केसीलाई भने महत्वपूर्ण जिम्मेवारी दिइएको छैन । एक साताअघि मात्र ब
काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।संसदीय सुनुवाइ समितिले आज एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरेको छ । समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । हिजो बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य ब्यस्तताका कारण बस्न नसके पछि आज बस्न लागेको हो।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने माओवादी केन्द्रका प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए । हिजो गृह जिल्ला चितवन र धादिङका बिभिन्न कार्यक्रममा अध्यक्ष प्रचण्ड ब्यस्त भएपछि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको थियो । बैठकमा विशेष गरी चार विषयमा छलफल हुनेछ। यी बाहेक समसामयिक राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उपाध्यक्ष सापकोटाले बताए ।
इटहरी । चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । लारा आज (शुक्रबार) बिहान नेपाल आइपुगेका हुन्। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लारा नेपाल आएको जनाएको छ । वेष्ट इण्डिजका क्रिकेटर लाराको नाममा टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ ।५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् । आज बिहान आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न उनी नेपाल आएका हुन् ।क्यानका अनुसार लाराले एनपीएलका केही खेल हेर्नेछन् । लाराले बुधब
इटहरी । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई पुनः पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका हुन् । प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए ।